मूल्यवृद्धि घटेपछि अमेरिकी केन्द्रीय बैंकले घटायो ब्याजदर
नेपालअखबार,काठमाडौँ । मूल्यवृद्धि निकै तल्लो स्तरमा झरेपछि अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा भारी कटौती गरेको छ । बुधबार अमेरिकी फेडेरल रिजर्भले ब्याजदर ५० आधार दरले घटाइदिएको हो ।
यो गिरावट सन् २०२० पछि पहिलोपटक गरिएको हो । यसलाई अमेरिकी अर्थतन्त्रका लागि यूटर्न मानिएको छ । आगामी दिनमा यो ब्याजदर अझै घट्ने प्रक्षेपण गरिएको छ ।
ब्याजदर कटौती हुनुअघि ब्याजदर ५.२५ देखि ५.५ प्रतिशतको बिचमा उक्लिएको थियो जुन दुई दशकदेखिकै सबैभन्दा धेरै हो ।
ब्याजदर बढेका कारण अमेरिकाको मूल्यवृद्धि दर निकै तल्लो स्तरमा झरेको थियो । गत महिना यो दर २.५ प्रतिशतको नजिकसम्म झरेको थियो । यसका कारण बेरोजगारीको स्तर समेत उच्च भएको थियो । नयाँ रोजगारी सिर्जना नहुँदा अमेरिकामा अगष्ट महिनामा बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । जहाँ करिब ७१ लाख अमेरिकीहरु बेरोजगार थिए । सेप्टेम्बरमा भने यो संख्या ६३ लाखमा झर...










