Saturday, July 11

अर्थ

नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछ : गभर्नर
अर्थ, प्रशासन, समाचार

नेपालले आफ्नै रु पे कार्ड ल्याउँदैछ : गभर्नर

नेपालअखबार,काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा ५ सय र १ हजार दरका नोट प्रतिबन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे पाँच करोड भारतीय रुपैयाँ अहिलेसम्म पनि बुझाउन नसकिएको बताएका छन् । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै गभर्नर अधिकारीले भारतीय पैसा नेपालको बैकिङ प्रणालीमा कारोबार गरेर भारतलाई बुझाउने व्यवस्था नभएकाले भारतीय पैसा बैकिङ कारोबारमा समस्या रहेको बताएका हुन् । उनले भारतले सन् २०१६ नोभेम्बर ८ मा भारतले ५ सय र १ हजार दरका नोट प्रतिबन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे ५ करोड रुपैयाँ अहिलेसम्म फिर्ता गर्न नसकेको बताए । उनले २०१३ सालमा नेपाल राष्ट्र बैंक भारतीय मुद्रा हटाउनको लागि स्थापना भएको बताए । भारतीय श्रमिकहरूलाई दिने भुक्तानीको लागि राष्ट्र बैंकले नेपालमा आवश्यक भएको भारतीय मुद्राहरू मौज्दात राख्ने गरेको उनले ज...
नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने
अर्थ, राजनीति, समाचार

नेपालमा भियतनामी लगानी बढाउन सरकारले सहजीकरण गर्ने

नेपालअखबार, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले भियतनामी लगानीकर्ताका लागि नेपाल आकर्षक गन्तव्य हुनसक्ने बताएका छन् । नेपालमा तीव्र आर्थिक विकासका लागि ठूलो परिमाणमा वैदेशिक लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले भियतनामी लगानीकर्ताका लागि सहजीकरण गर्न सरकार तयार रहेको बताए । नेपालका लागि भियतनामका गैरआवासीय राजदूत न्हुएन थान हाईसँग सोमबार भएको भेटमा श्रेष्ठले दुई मुलुकबीचको कूटनीतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आर्थिक क्षेत्रमा सहकार्य बढाउनुपर्नेमा जोड दिए । नेपालमा लगानी सम्मेलन जारी रहेको सन्दर्भ उल्लेख गर्दै श्रेष्ठले भियतनामसँग नेपालले पर्यटन, कृषि लगायतका क्षेत्रमा सहकार्य गर्न चाहेको बताए । सो अवसरमा राजदूत न्हुएन थान हाईले नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुग्नै लागेको उल्लेख गर्दै लगानी सहजीकरणमा आफूले सहयोग गर्ने प्रतिवद्ध...
तेस्रो लगानी सम्मेलन सुरू भयो
अर्थ, राजनीति, समाचार

तेस्रो लगानी सम्मेलन सुरू भयो

नेपालअखबार,काठमाडौं । काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु भएको छ । दुई दिनसम्म चल्ने यो सम्मेलन लगानीकर्ताका लागि महत्वपूर्ण अवसर रहेको अर्थमन्त्री वर्षमान पुनले बताए । यस सम्मेलनमा विभिन्न चरणमा रहेका धेरै परियोजनाहरु शोकेसमा राखिएको उनले बताए । सम्मेलनको प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले गरेका हुन् । उद्घाटन कार्यक्रममा सहभागीलाई स्वागत गर्दै अर्थमन्त्री पुनले नेपाल लगानीका लागि उपयुक्त मुलुक रहेको उल्लेख गरे । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिी भएका छन् । त्यसैगरी, चीनका २६५, भारतका १४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी छन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका...
चीनमा हुवावेईको विक्री आकासियो
अर्थ, विश्व, समाचार

चीनमा हुवावेईको विक्री आकासियो

नेपालअखबार,बेइजिङ । घरेलु बजारमा चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईको विक्री धमाधम बढिरहेको छ । त्यहाँ अमेरिकी आइफोन निर्माता कम्पनी एप्पललाई उछिनेर कम्पनी तेस्रो ठुलो स्मार्टफोन निर्माता बन्ने क्रममा छ । हालैका वर्षमा विश्व बजारमा हुवावेई अमेरिका र चीनबीच बढ्दो तनावको चपेटामा आएको थियो । तर गएको वर्षको सोही अवधिको तुलनामा यस वर्षको पहिलो त्रैमासमा घरेलु बजारमा कम्पनीको विक्री ७० प्रतिशतले बढेको बजार अनुसन्धाता संस्था काउन्टर रिसर्चले बताएको छ । सोही अवधिमा एप्पलको विक्री १९ प्रतिशत भन्दा धेरैले घटेको छ । हुवावेईको पुनरागमनले प्रिमियम सेग्मेन्टमा एप्पलको विक्रीमा नकारात्मक प्रभाव परेको काउन्टरप्वाइन्टमा वरिष्ठ अनुसन्धान विश्लेषक इभान ल्याम भन्छन् । गएको वर्ष हुवावेईले मेट ६० प्रो स्मार्टफोन लञ्च गरेको थियो । अमेरिकाले विदेशी बजारमा चिप प्रविधिमा चीनको पहुँचमा निषेध गर्न अनेकौ...
अर्थमन्त्री पुनले भेटे विश्व बैंकका उपाध्यक्ष र वित्त निगमका उपाध्यक्ष
अर्थ, प्रशासन, समाचार

अर्थमन्त्री पुनले भेटे विश्व बैंकका उपाध्यक्ष र वित्त निगमका उपाध्यक्ष

नेपालअखबार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र ग्वाङ्झे चेनसँग भेटवार्ता गरेका छन् । निसिओ विश्व बैंकका विकास वित्त (डीएफआई) परिचालन र वाङ्चेन पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष हुन् । दुवै उपाध्यक्षसँग मन्त्री पुनले वासिङटन डिसीस्थित विश्व बैंक मुख्यालयमा मंगलबार राति भेटेका थिए । यस्तै उनले अमेरिकी अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) का उपाध्यक्ष रिकार्डो पुलिटीसँग पनि भेटेका छन् । विश्व बैंक उपाध्यक्ष आकिहिको निसिओसँग उनले आगामी जुनमा काठमाण्डौँमा विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)-२१ बैठक गर्ने नेपालको प्रस्ताव स्वीकार गरेकामा धन्यवाद दिए । आईडा बैठकको  राम्रो तयारी भइरहेको भन्दै त्यसका लागि काठमाडौँस्थित विश्व बैंकको देशीय कार्यालयसँग समन्वय गरिरहेको बताए । उनले नेपालमा सहुलियतपूर्ण कर्जा वा अनुदानमार...
कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामा : अर्थमन्त्री
अर्थ, राजनीति, समाचार

कृषि, पर्यटन र सूचना प्रविधि बजेटको प्राथमिकतामा : अर्थमन्त्री

नेपालअखबार, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन् । नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडीबी) का दक्षिण एसिया महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले ती क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिने बताएका हुन् । पुनले आर्थिक रूपमा शिथिलता भए पनि सुधार प्रयास गरिरहेको बताए । गत वर्षभन्दा चालु आवमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपण भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे । आगामी आवमा थप राम्रो गर्न सकिने विश्वास मन्त्री पुनले व्यक्त गरे । उत्पादनमूलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको उनले बताए । पुनले विश्व बैंक र एडीबीको लगानीमा सञ...
आज सुनको मूल्य फेरी बढयाे
अर्थ, समाचार

आज सुनको मूल्य फेरी बढयाे

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची तय गर्दै नयाँ कीर्तिमान कायम भएको जनाएको हो । महासंघका अनुसार आज २ हजार ९०० रुपैयाँले बढेको छ । यससँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३५ हजार ६०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य तोलामा १ लाख ३४ हजार ९५० रुपैयाँ कायम छ । गत शुक्रबार छापावाल सुनको मूल्य १ लाख ३२ हजार ७०० र तेजाबी सुनको मूल्य १ लाख ३२ हजार ५० रुपैयाँ कायम छ । यस्तै, आज चाँदीको मूल्य तोलामा १६ सय ७० रुपैयाँ कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो । गत साताको शुक्रबार चाँदीको कारोबार मूल्य १६ सय १५ रुपैयाँ थियो । आज चाँदीको मूल्यमा प्रतितोला ५५ रुपैयाँले बढेको छ ।...
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी
अर्थ, समाचार

सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी

नेपालअखबार,काठमाडाैं। सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई विभिन्न सुविधाबापत आठ अर्बभन्दा बढी भुक्तानी गरेको छ। कोषले बिहीबारसम्म एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्तालाई रु आठ अर्ब ४८ करोड भुक्तानी गरेको हो। कोषले सबैभन्दा बढी वृद्धावस्था सुरक्षा योजना अन्तर्गत सात अर्ब २५ करोड ३३ लाख एक हजार तीन सय १८ भुक्तानी गरेको छ। औषधि उपचार, स्वास्थ्य तथा मातृत्व योजनाबापत ९८ करोड ४३ लाख ७६ हजार तीन सय २२, दुर्घटना तथा अशक्तता सुरक्षा योजनामा ११ करोड ४७ लाख १९ हजार पाँच सय ४५ र आश्रित परिवार सुरक्षा योजनामा रु १३ करोड २८ लाख एक सय ६५ भुक्तानी गरेको छ। कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत...
सुनको मूल्य फेरी बढ्यो
अर्थ, समाचार

सुनको मूल्य फेरी बढ्यो

नेपालअखबार, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । हिजो बुधबारको तुलनामा आज १ हजार रुपैयाँले बढेसँगै मूल्य कीर्तिमानी बनेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार रुपैयाँ पुगेको छ । हिजो बुधबार सुनको मूल्य तोलामा १ लाख ३३ हजार रुपैयाँ थियो । यस्तै, हिजो तेजावी सुनको मूल्य तोलामा १ लाख ३२ हजार ३५० रुपैयाँ छ । आज छापावाल सुनको मूल्य तोलामा १ लाख ३४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ३३ हजार ३५० रुपैयाँ छ । यस्तै, आज चाँदीको मूल्य तोलामा ४० रुपैयाँले बढेको छ । हिजो बुधबार चाँदीको मूल्य तोलामा १६ सय १० रुपैयाँ थियो । आज चाँदीको मूल्य तोलामा १६ सय ५० रुपैयाँ कायम छ ।...
नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरुलाई आग्रह
अर्थ, विदेश, समाचार

नेपालमा लगानी बढाउन जापानी लगानीकर्ताहरुलाई आग्रह

नेपालअखबार, जापान ।  जापान र नेपालका व्यवसायीहरूले जापानको श्रम बजारमा बढ्दो नेपाली जनशक्ति माग र त्यसको आपूर्ति तथा जापान जाने नेपालीहरूलाई सीपमूलक तालिमका विषयमा छलफल गरेका छन् ।  एरु एकेडेमी ओसाका र क्योउदाइ रेमिटेन्स तथा आइएमईको संयुक्त आयोजनामा भएको दोस्रो जापान-नेपाल शैक्षिक तथा औद्योगिक व्यापार अन्तरक्रियामा जापानमा उपलब्ध अवसरहरूलाई उपयोग गर्ने विषयमा छलफल भएको हो । कार्यक्रममा टोकियो स्थित नेपाली दूतावास,फुकुओका अबैतानिक बाणिज्य दूतावास,मोरिकोसान कम्पनी,ओसाका पर्यटन ब्युरो, मानव संसाधन विकास र एसिया औद्योगिक व्यापार निर्माण प्लेटफर्म, कान्साइ अर्थ, व्यापार तथा उद्योग ब्युरो, ओसाका चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री, ओसाका बिजनेस डेभलपमेन्ट एजेन्सी, स्टडी अब्रोड कन्सोर्टियम ओसाका, क्लब हाउस ग्लोबल रिपब्लिक, नान्काइ रेल्वे कम्पनी लगायतको सहभागिता थियो ।  अनलाइन र प्रत्यक्ष उपस्थितिम...