मिठाईको पर्व तिहारमा चिनी अभाव
नेपालअखबार, काठमाडौँ । सरकारले चाडपर्वलक्षित गरेर भन्सार छुटमा खरिद गर्ने भनेको चिनी यस पटक पनि नआउने निश्चित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत १० हजार मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत १० हजार मेट्रिक टन गरी २० हजार मेट्रिक टन भन्सार छुटमा चिनी खरिद गर्न असफल भएसँगै अनुदानको चिनी नआउने निश्चित भएको हो ।
कर्पोरेसन र खाद्य कम्पनीले दसैँअगाडि दसैँतिहारका लागि चिनी खरिद गर्न ग्लोबल टेन्डर गरेका थिए तर मूल्य अत्यधिक तिर्नुपर्ने गरी टेन्डर परेपछि तत्काल टेन्डर क्यान्सिल गरेर चिनी खरिद नगर्ने निर्णयमा ती कम्पनीमा पुगेका छन् । कर्पोरेसनले आह्वान गरेको टेन्डर अनुसार प्रतिटन ८३२ अमेरिकन डलर मूल्य वा खरिदमै प्रतिकेजी चिनी १४२ रुपियाँ परेको थियो ।
त्यसमा भारत सरकारलाई ४० प्रतिशत कर तिर्नु पर्छ, त्यहाँबाट नेपाल ल्याउँदा ढुवानी भाडा ...









