Thursday, August 27

अर्थ

विश्व बैंकले नेपाललाई दिने भयो १६ अर्ब ऋण, पौने ३ अर्ब अनुदान
अर्थ, समाचार

विश्व बैंकले नेपाललाई दिने भयो १६ अर्ब ऋण, पौने ३ अर्ब अनुदान

नेपालअखबार, काठमाडौं । विश्व बैंकले नेपाललाई करिब १६ अर्ब रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहूलियतपूर्ण ऋण र पौने ३ अर्ब (१९.७ मिलियन अमेरिकी डलर) बराबरको अनुदान दिने भएको छ । शिक्षा क्षेत्रमा खर्च हुने उक्त सहायता सम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको हो । सहुलियतपूर्ण ऋण अन्तर्राष्ट्रिय विकास संघबाट प्राप्त हुने छ । अनुदान भने विद्यालय क्षेत्र रुपान्तरण कार्यक्रम अन्तर्गत शिक्षाका लागि ग्लोबल पार्टनरसीपबाट प्राप्त हुने छ ।सम्झौतामा अर्थसचिव अर्जुनप्रसाद पोखरेल र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद–जेर्भोसले हस्ताक्षर गरे ।...
रासायनिक मलका लागि ३० अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब २२ करोड
अर्थ, कृषि, समाचार

रासायनिक मलका लागि ३० अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब २२ करोड

नेपालअखबार, काठमाडौं । सरकारले रासायनिक मलका लागि  ०८० /८१ मा ३० अर्ब बजेट विनियोजन गरिएको छ । यो बजेट अगिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएको हो । यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गर्नु भएको हो । यो कार्यक्रम मार्फत १ सय १६ स्थानमा सिक्दै कमाउँदै कार्यक्रम संचालनमा रहेका छन्।...
भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा
अर्थ, प्रशासन, समाचार

भीमसेन थापा गाउँपालिकामा निःशुल्क दुर्घटना बीमा

नेपालअखबार, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क दुर्घटना बीमा गरिदिएको छ । गाउँपालिकाले १६औँ गणतन्त्र दिवसका अवसरमा पालिकाभित्रका १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बीमा गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल)ले जानकारी दिए । गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको कुल १२ लाख १६ हजार छ सय ४२ रुपैयाँ २५ पैसामा सामूहिक दुर्घटना बीमा गरेको हो । बीमा सम्झौताअनुसार सामूहिक दुर्घटना बीमाका लागि विशेष छुटमा ७१ रुपैयाँ ६२ पैसा र टिकटवापत प्रतिबीमा पोलिसी रु २० लागत परेको अध्यक्ष बन्जराले बताए । राष्ट्रिय जनगणना २०७८ को अन्तिम प्रतिवेदन आधारमा पालिकामा बसोबास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बीमा गरेको उनले बताए । “राष्ट्रिय बीमा कम्पनी लिमिटेड र गाउँपालिकाबीच समझदारीपत्रमा सोमबार हस्ताक्षर भएको ...
२९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार
अर्थ, समाचार

२९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउँदै सरकार

नेपालअखबार, काठमाडौं । सरकारले आगामी जेठ १६ गते २९ अर्ब १३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउँदै गरेको सरकारले भोलिपल्ट नै २९ अर्ब १३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिक्री गर्ने भएको हो ।  जेठ १४ गते उक्त ट्रेजरीको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिक्री गर्न लागेको बैंकले २५ अर्ब १३ करोड रुपैयाँ पुरानो नवीकरण गरेर बाँकी रहेको ४ अर्ब रुपैयाँ नयाँ जारी गर्ने जनाएको छ । जेठ १४ गते अर्तात् बजेटको अघिल्लो दिन, आइतबार बोलकबोल हुने ट्रेजरीका लागि दरखास्त दिन बैंकले सार्वजनिक सूचना जारी गरेको छ । जेठ १४ गते दिउँसो ३ बजेट बोलकबोल हुने ट्रेजरीका लागि सो समयभित्र आवेदन दिइसकेको हुनुपर्नेछ ।  कूल निष्काशन बिलमध्ये ८५ प्रतिशत प्रतिस्पर्धात्मक प्रणालीबाट र १५ प्रतिशत विनाप्रतिस...
सिंगापुरलाई ट्रान्जिट बनाएर काठमाडौं-अष्ट्रेलिया सिधा उडानको तयारी गर्दै नेवानि
अर्थ, समाचार

सिंगापुरलाई ट्रान्जिट बनाएर काठमाडौं-अष्ट्रेलिया सिधा उडानको तयारी गर्दै नेवानि

नेपालअखबार, काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–अष्ट्रेलियालाई सिधा हवाई उडानमा जोड्ने तयारी गरेको छ । नेपाल एयरलाइन्सका अनुसार यसका लागि सिंगापुरमा टेक्निकल ट्रान्जिट गरी जहाजलाई अष्ट्रेलियासम्म उडाउने तयारी गरिएको छ । निगमका सहायक प्रवक्ता गणेशकुमार घिमिरेका अनुसार निगमले सिड्नी विमानस्थलमा स्लट (उडान/अवतरण गर्ने समय) प्राप्त गरेको छ । अब बाँकी प्रक्रियाका लागि काम भइरहेको छ । निगमले २१ जुन (६ असार)मा पहिलो उडान गर्ने गरी प्रस्ताव गरेको समेत उनले जानकारी दिए । नेपाल र अष्ट्रेलियाबीच चार वर्ष अगाडि नै हवाई सेवा सम्झौता भइसकेको थियो । तर, व्यावसायिक उडान भने हुन सकेको थिएन । निगमले कोभिड-१९ को समयमा यहाँ चार्टर्ड उडान भने गरिसकेको छ । निगमले अहिले जापान र साउदी अरबमा तुलनात्मक रुपमा लामो दुरीको उडान गरिरहेको छ । अष्ट्रेलिया उडानले ठूलो संख्यामा रहेका नेपालीसँगै यी दुई मुलुकब...
यस्ता छन् अध्यक्ष नेपालद्वारा संसद्मा प्रस्तुत देशको अर्थतन्त्र सामु रहेका  १५ वटा समस्या
अर्थ, राजनीति, समाचार

यस्ता छन् अध्यक्ष नेपालद्वारा संसद्मा प्रस्तुत देशको अर्थतन्त्र सामु रहेका १५ वटा समस्या

नेपालअखबार, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको अर्थतन्त्रका सामु रहेका विभिन्न समस्याहरूको विवेचना गर्नुभएको छ । सरकारले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै पूर्व प्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले देशको अर्थतन्त्रमा रहेका समस्यालाई १५ वटा बुँदामा समेटेर प्रस्तुत गर्नुभयो । यस्ता छन् अध्यक्ष नेपालले देशको अर्थतन्त्र सामु रहेका समस्या सँग सम्बन्धित राखेका १५ बुँदा । १. न्यून आर्थिक वृद्धि २. उच्च मुद्रा स्फिति ३. मूल्य वृद्धि ४. जनशक्ति पलायन ५. लगानी न्यून ६. न्यून पुजिँगत खर्च ७. तरलताको संकुचन ८. घट्दो राजश्व परिचालन ९. उच्च ब्याजदर १०. बाह्य क्षेत्रको सन्तुलन चाप ११. भुक्तानी शृङ्खला टुट्नु १२. जमिन बाँझो हुँदै जाने समस्या १३. खाद्यय सङ्कटको नजिक १४.योजनाको उचित छनोटमा...
स्मार्टफोन आयातमा बाहिरियो २० अर्ब
अर्थ, समाचार

स्मार्टफोन आयातमा बाहिरियो २० अर्ब

नेपालअखबार, काठमाडौँ । चालू आर्थिक वर्ष २०७९/८० को १० महिनाको अवधिमा स्मार्टफोन आयातमा २० अर्ब ४१ करोड रुपैयाँ बाहिरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाख महिनासम्मको अवधिमा स्मार्टफोन आयातमा उक्त रकम बाहिरिएको हो । यस अवधिमा विदेशबाट १३ लाख वटा स्मार्टफोन भित्रिएका छन् । यी स्मार्टफोन आयात गर्दा आयातकर्ताले ३ अर्ब ८१ करोड रुपैयाँ राजश्व बुझाएका छन् । जबकि, चालू वर्षको भदौदेखि वैशाखसम्ममा अवैधरुपमा ४५ लाख सेट मोबाइल फोन भित्रिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भदौ ३० देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गर्ने निर्णय गरेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्देशन दिएसँगै पुस १५ देखि एमडीएमएस स्थगित बनेको थियो । प्राधिकरणको तथ्यांकअनुसार भदौदेखि गैरकानुनी माध्यमबाट ४५ लाख फोन भित्रिए र अहिले प्रयोगमा आइरहेका छन् । अब भने यसरी फोन ...
सुनको मूल्य स्थिर, चाँदीको घट्यो
अर्थ, समाचार

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

नेपालअखबार, काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै सुनको मूल्य स्थिर रहेको जनाएको हो । आज छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ५०० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुन कारोबार भएको महासंघले जनाएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम भएको जनाएको छ । हिजो आइतबार यसको मूल्य तोलामा १३ सय ८५ रुपैयाँ कायम थियो ।...
रासायनिक मल कारखाना स्थापनालाई बहुवर्षीय आयोजनामा राखिने
अर्थ, कृषि, समाचार

रासायनिक मल कारखाना स्थापनालाई बहुवर्षीय आयोजनामा राखिने

नेपालअखबार, काठमाडौं । सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।उनले स्थानीय तहमा जैविक मल कारखान स्थापना गर्न प्रोत्साहन गर्ने नीति रहेको समेत बताए । बाँझो जमिनमा युवालाई प्रोत्साहन गर्ने नीति रहेको समेत उनको भनाइ छ । प्रदेश र स्थानीय तहमा शीतभण्डार निर्माण गरिने उनले बताए ।...
तोलामा ५ सय रुपैयाँले सस्तियो सुनको मूल्य
अर्थ, समाचार

तोलामा ५ सय रुपैयाँले सस्तियो सुनको मूल्य

नेपालअखबार, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ९ हजार २ सय रुपैयाँमा झरेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ५ सय रुपैयाँले नै घट्दै १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य नै कायम हुँदै आज प्रतितोला १ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...