अर्थतन्त्र सुधार्न कृषि र किसानको अवस्था सुधारौं
नेपालअखबार, काठमाण्डौं । वर्तमानआर्थिक अवस्थाबाट देशलाई माथी उठाउन कृषि र किसानहरुको अवस्था सुधार्नुपर्ने आवश्यकता रहेको काठमाण्डौंमाआयोजित एक कार्यक्रमकाबक्ताहरुले बताउनुभएको छ ।
सानाकिसानविकास लघुवित्त वित्तीय संस्थालि. को २२ औं स्थापनादिवसकाअवसरमाबोल्ने वक्ताहरुले कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउँदै कृषिजन्य वस्तुहरुको भण्डारण, प्रशोधन र बजारीकरणमा ध्यानदिन सके अर्थतन्त्र सुधारको बाटो खुल्ने बताउनुभएको हो ।
कार्यक्रममाबोल्नुहुँदै कृषिविकास बैंककापूर्व अध्यक्षएवं सिइयो श्रीकृष्ण उपाध्यायले कृषि क्षेत्रमालगानीमात्रनभई उत्पदनको बजारीकरणमा समेत ध्यानदिनुपर्ने आवश्यकताऔल्याउनुभयो । उहाँले ग्रामीण क्षेत्रमा राम्रो काम गरेका कृषि सहकारीका सदस्यकिसानहरुलाई उत्साह बढाउन सरकारले त्यस्ता सहकारीको पहिचान गरी कृषिकाकार्यक्रमहरु कार्यन्वयनगर्नुपर्नेमाजोड दिनुभयो । सहकारीमा समस्यामात्र छ्रैन...










