Friday, July 10

अर्थ

चिया निर्यात ३० प्रतिशतले बढ्यो
अर्थ, कृषि, समाचार

चिया निर्यात ३० प्रतिशतले बढ्यो

नेपालअखबार, काठमाडौं । नेपाली चियाको निर्यात करीब ३० प्रतिशतले बढेको छ । व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार चालू आर्थिक वर्षको पहिलो ७ महीना (साउन–माघ) मा चिया निर्यात अघिल्लो आर्थिक वर्ष ९आव० को सोही अवधिको तुलनामा २९ दशमलव ९ प्रतिशतले बढेको हो । गत आवको ७ महीनामा नेपालबाट २ अर्ब ८ करोड रुपैयाँभन्दा बढीको ७ हजार ८४६ मेट्रिक टन चिया निर्यात भएको थियो । चालू आवको सोही अवधिमा निकासी रकम २९ दशमलव ९ प्रतिशतले बढेर २ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । निकासी परिमाण १२ हजार ५६४ मेट्रिक टन पुगेको छ । केन्द्रको तथ्यांकअनुसार उक्त अवधिमा कृषिजन्य वस्तुको निर्यातमा अलैंचीपछि चिया छ । नेपाली चिया भारत, अमेरिका, जर्मनी, बेलायतसहित विश्वका १ सय ६६ देशमा निर्यात हुन्छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार आव २०७७र७८ मा नेपालबाट ३ अर्ब ७९ करोड रुपैयाँभन्दा बढीको ११ हजार ९२० मेट्रिक...
तनहुँमा वनको जग्गा बन्धकीमा लिएर सामूहिक खेती
अर्थ, समाचार, समाज

तनहुँमा वनको जग्गा बन्धकीमा लिएर सामूहिक खेती

नेपालअखबार, तनहुँ । म्याग्दे गाउँपालिका–१ गुणादीस्थित बाराही सामुदायिक वन उपभोक्ता संस्थाले जग्गा बन्धकीमा लिएर गरिब परिवारलाई सामूहिक खेती गर्न दिएको छ संस्थाले उक्त वडामा रहेका तीन सय आठ घरधुरीमध्ये सम्पन्नता स्तरीकरणका आधारमा गरिब तथा विपन्न परिवार छनोट गरी जग्गा उपलब्ध गराएको हो । स्थानीय केदारनाथ वाग्ले र शिवप्रसाद वाग्लेको साढे ३६ रोपनी जग्गा बन्धकीमा लिएर वडाका १८ घर परिवारलाई खेती गर्न दिइएको संस्थाका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिए । वार्षिक रु आठ लाख २५ हजार बुझाउने गरी पाँच वर्षका लागि उक्त जग्गा सम्झौता गरी लिइएको उनले बताए । अति विपन्न पाँच परिवारलाई रु ६५ हजारका पाँच पाडा खरिद गरी वितरणसमेत गरिएको स्थानीय टेकबहादुर कामीले बताए । वडामा रहेका गरिब तथा विपन्न परिवारलाई सबल बनाउन संस्थाले महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए । जग्गा प्रशस्त मात्रामा पाएपछि मकै, ध...
भारतले पेट्रोल र डिजलको  मूल्य  घट्यो
अर्थ, समाचार

भारतले पेट्रोल र डिजलको मूल्य घट्यो

नेपालअखबार, काठमाडौं । नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी) ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ । जसअनुसार खाना पकाउने ग्याँसको मूल्य बढेको र डिजल तथा पेट्रोलको घटेर प्राप्त भएको निगमले जनाएको छ । नयाँ मूल्यअनुसार निगमलाई डिजलको लागत ५ रुपैयाँ ५ पैसाले सस्तो भएर आएको छ । यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा लागत घटेको निगमले जनाएको छ । निगमलाई मट्टीतेलमा ३ रुपैयाँ ४० पैसाले लागत घटेको र हवाई इन्धनमा ७ रुपैयाँ ३ पैसाले लागत घटेको छ । अन्य सबै प्रकारका इन्धनको लागत घट्दा खाना पकाउने ग्याँसको लागत भने बढेको निगम स्रोतको दाबी छ । निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसको लागत प्रतिसिलिण्डर ३३९ रुपैयाँले बढेको छ । पछिल्लो मूल्यपछि पनि निगमलाई १५ दिनमा ४४ करोड रुपैयाँ नाफा छ । निगमलाई गत आवको नोक्सानीबाट ऋण र बक्यौता गरेर साढे १५ अर्ब रुपै...
फेरि विश्वकै धनी व्यक्ति एलन मस्क  बने
अर्थ, विश्व, समाचार

फेरि विश्वकै धनी व्यक्ति एलन मस्क बने

नेपालअखबार, एजेन्सि। एलन मस्क फेरि विश्वको सबैभन्दा धनी व्यक्ति बनेका छन्। ब्लूमबर्गको तथ्याङ्क अनुसार दोस्रो नम्बरमा झरेका मस्क पुनः शीर्ष स्थानमा उक्लिएका हुन्। सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए। सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो। मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ। जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ। मस्कले ट्विटर किनेपछि प्रविधिमा फराकिलो बजार मन्दीको बीचमा गत वर्ष टेस्लाको स्टकमा तीव्र रूपमा गिरावट आएको थियो। इलेक्ट्रिक वाहन निर्माता टेस्लाको शेयर २०२३ सुरु भएदेखि भने बढेको छ। मस्कले हाल विश्वको सबैभन्दा धनी व्यक्...
अलैँची बेचेर लमजुङका किसानले कमाए २० करोड
अर्थ, कृषि, समाचार

अलैँची बेचेर लमजुङका किसानले कमाए २० करोड

नेपालअखबार, लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वयन एकाइ लमजुङका अनुसार यसवर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा ५५० देखि सात सयसम्ममा र गत वर्ष ९५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए । यसअघि उनीहरुले सबैभन्दा बढी विसं २०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट रु १८ करोड २० लाख आम्दानी गरेका थिए । कार्यालयका कृषि अधिकृत हरिबहादुर मिजारका अनुसार गत वर्ष किसानले ३३५ मेट्रिक टन अलैँची बिक्रीबाट १५ करोड आम्दानी गरेका थिए । विसं २०७६ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची बिक्री गरेर कृषकले १२ करोड आम्दानी गर...
ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत
अर्थ, समाचार

ढल्केबर–मुजफ्फरपुरबाट थप दुई सय मेगावाट बिजुली लैजान भारत सहमत

नेपालअखबार, काठमाडाैं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ। भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औं बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्वपूर्ण सहमति जनाएको छ। हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट आयात–निर्यात भइरहेको विद्युत् क्षमतालाई छ सयबाट बढाएर आठ सय पुर्‍याउने सहमति भएको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए। त्यस्तै टनकपुर–महेन्द्रनगर एक सय ३२ केभी विद्युत् प्रसारणबाट ७० देखि ८० मेगावाटसम्म विद्युत् आयात–निर्यात गर्ने सहमति भएको छ। संयुक्त प्राविधिक टोलीबाट दुई सय मेगावाटसम्मको विद्युत् निर्यात गर्...
कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै
अर्थ, कृषि, समाचार

कफीका दाना बिक्री नभएपछि प्रशोधन गरिँदै

नेपालअखबार, पर्वत । राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैँ प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन् । पर्वतको अर्गानिक कफी सहकारी संस्था लिमिटेडले पर्वत कफी र धौलागिरि कफी ब्रान्डमा धुलो कफी बिक्री गर्न थालेको हो । कफीका दाना बिक्री गर्दा मूल्य पाउन नसकिने र कहिलेकाहीँ विदेशीले समेत कफीको गुणस्तर नभएको भन्दै फिर्ता पठाउँदा झन्झट हुन थालेपछि स्थानीय अर्गानिक कफीको प्रशोधन गरी धुलो बनाई बजारमा बिक्री गर्न थालेको हो । पर्वत जिल्लाको कफी देशकै उत्कृष्ट भएकाले युरोप, जापान र कोरियालगायतका देशमा निर्यात हुने गरेको थियो तर कहिलेकाहीँ गुणस्तरलगायतका बहानामा विदेशीले लिन आनाकानी गर्न थालेपछि आफैँले उत्पादन गर्न था...
२० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई
अर्थ, प्रशासन, समाचार

२० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

नेपालअखबार, काठमाडौं । नेपाल राष्ट्र बैंकले २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने भएको छ । राष्ट्र बैंकले आइतबार उक्त दरका नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ तथा मिन्टिङ कर्पोरेसनलाई दिने आशयपत्र जारी गरेको हो । बैंकले आह्वान गरेको बोलपत्रमा सबैभन्दा कम रकममा नोट डिजाइन, छपाइ र आपूर्ति गर्ने प्रस्ताव उक्त कम्पनीले गरेको केन्द्रीय बैंकको आशयपत्रमा उल्लेख छ ।केन्द्रीय बैंकले ४६ लाख ९८ हजार ६५० अमेरिकी डलर अथात् नेपाली रुपैयाँ करिब ६२ करोड २१ लाख ६२ हजार रुपैयाँ लागतमा २० रुपैयाँ दरका ३१ करोड थान नोट छाप्ने ठेक्काका लागि उक्त कम्पनी छनोट गरेको हो ।...
सरकारले ६ महिनामा तिर्‍यो १ खर्ब सार्वजनिक ऋण
अर्थ, प्रशासन, समाचार

सरकारले ६ महिनामा तिर्‍यो १ खर्ब सार्वजनिक ऋण

नेपालअखबार, काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को ६ महिनाको अवधिमा १ खर्ब १ अर्ब ८८ करोड सार्वजनिक ऋण भुक्तानी गरेको छ । साउन महिनादेखि पुससम्मको अवधिमा सावाँ र ब्याज समेत गरी १ खर्ब रुपैयाँभन्दा धेरै सार्वजनिक ऋण भुक्तानी गरेको हो । यस अवधिमा आन्तरिक र बाह्य ऋणतर्फ सावाँ भुक्तानी ६४ अर्ब ५ करोड र ब्याज भुक्तानी ३७ अर्ब ८४ करोड रुपैयाँ रहेको छ । सरकारले बजेट बनाउन र सरकारी खर्च धान्नका लागि आन्तरिक (वाणिज्य बैङ्कहरूसँग) र बाह्य (विदेशी दातृ निकायसँग) ऋण उठाउने गर्छ ।...
चुरोट र सुर्तीबाट सबैभन्दा धेरै अन्तःशुल्क सङ्कलन
अर्थ, प्रशासन, समाचार

चुरोट र सुर्तीबाट सबैभन्दा धेरै अन्तःशुल्क सङ्कलन

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा आन्तरिक उत्पादनतर्फ रू.५४ अर्ब ३७ करोड र पैठारीतर्फ रू.१६ अर्ब १४ करोड गरी अन्तःशुल्कतर्फ कुल रू. ७० अर्ब ५१ करोड असुल भएको छ। गत वर्षको तुलनामा आन्तरिकतर्फको अन्तःशुल्क ७.२ प्रतिशतले वृद्धि भए पनि तथा पैठारीतर्फको अन्तःशुल्क भने ५३ प्रतिशतले ऋणात्मक रहेको छ । अन्तःशुल्कतर्फका मदिरा बाहेक बियर, चुरोट तथा अन्य सुर्तीजन्य पदार्थ लगायत अन्य उत्पादन शीर्षकहरूमा आन्तरिक अन्तःशुल्क सङ्कलनमा सकारात्मक वृद्धिदर देखिए पनि मदिरामा भने ऋणात्मक रहेको छ।...