चेम्बर अफ कमर्सले गण्डकीमा ‘आइडिया बैंक’ स्थापना गर्ने
नेपालअखबार, पोखरा । गण्डकी चेम्बर अफ कमर्सले प्रदेशमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको छ ।
गण्डकी चेम्बर अफ कमर्स आठौं कार्यसमिति बैठकले ‘सोचबाट उद्यमशिलता’ भन्ने प्रमुख लक्ष्यसहित गण्डकीमा आइडिया बैंक स्थापना गर्ने निर्णय गरेको चेम्बर गण्डकीका अध्यक्ष किसान सुनारले जानकारी दिए ।
‘गण्डकी प्रदेश भित्र स्थापना भएका उद्योगी, व्यवसायीहरुलाई थप व्यवस्थित र वस्तु तथा सेवाको व्यवसायिक प्रवद्र्धन गर्ने प्रमुख लक्ष्य हो, सुनारले भने, ‘आइडिया बैंक’ स्थापना भएसँगै नया उद्यम गर्न चाहने र विदेशबाट ज्ञान सीप सिकेर पूँजी लिएर आएका उद्यमीहरुलाई विशेष सहयोग पुग्छ ।’
देशमा भएका बेरोजगार युवालाई स्वरोजगार सृजना गर्न चेम्बरले तीन तहको सरकारसँग सहकार्य गर्न आइडिया बैंकले सहयोग गर्ने बताए ।
‘पछिल्लो समय देशमा बेरोजगार प्रमुख समस्या बनेको छ, तीनै तहको सरकारसँग समन्वय गर्दै दातृनिकायसँग साझेदारी गर्दै ...










