१५ गतेदेखि खुल्ने भयो सौराहा
नेपाल अखबार, चितवन । लकडाउनका कारण बन्द भएको सौराहाको पर्यटकीय गतिविध करिब चार महिनापछि सञ्चालनमा आउने भएको छ ।
सरकारले साउन १५ गतेदेखि विषेश सतर्कता अपनाएर होटललगायत पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने भनेकोले सोही दिनदेखि सौराहा पनि सञ्चालन गर्ने निर्णय गरिएको क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए ।
मंगलबार बिहान सौराहामा बसेको व्यवसायीहरुको बैंठकले बिस्तारै सबैखाले पर्यटकीय गतिविधि सावधानी अपनाएर सञ्चालन गर्ने निर्णय गरेको हो ।
सौराहामा होटललगायत अन्य पर्यटकीय गतिविधि सञ्चालन गर्ने तयारी भएपछि अहिले होटल सरसफाइ, हात्ती सफारी, ढुंगा र जीप सफारीलगायतका पर्यटकीय गतिविधि पनि सञ्चालन गर्ने तयारी व्यवसायीको छ ।
बर्खाको सिजन भएकोले अपेक्षितरुपमा पर्यटक नआउने भए पनि सौराहा खुल्यो भन्ने सन्देश महत्वपूर्ण हुने अध्यक्ष भट्टराईले बताए । ‘अहिले त पर्यटकीय सिजन पनि हैन, अर्क...
