मध्यपहाडी लोकमार्ग : ४२ अर्ब खर्च, ४५ प्रतिशतमात्रै काम
काठमाडौं– पूर्वदेखि पश्चिमका मध्यपहाडी क्षेत्रका बस्ती, शहर र भूभागलाई सडकको पुहँचमा पुर्याउने लक्ष्यसहित निर्माण भइरहेको बहुचर्चित मध्यपहाडी लोकमार्गको काम लक्ष्यअनुसार अघि बढ्न सकेको छैन ।
आर्थिक वर्ष ०६४/६५ मा भौतिक योजना तथा निर्माण मन्त्रालयले तयार गरेको मध्य पहाडी लोकमार्गको रेखाकंन प्रस्ताव वि.स. २०६५ फागुन २६ गतेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको थियो ।
तत्कालीन समयमा आर्थिक वर्ष ०७४/०७५ मा
निर्माण सम्पन्न गर्ने लक्ष्य भएपनि कामले गति लिन नसक्दा निर्धारित समय
गुज्रेपनि आधासम्म काम भएको छैन् ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको यो
मार्गलाई पुष्पलाल मध्यपहाडी लोकमार्ग नाम दिइएको छ । पूर्व–पश्चिम जोड्ने
महेन्द्र राजमार्ग र हुलाकी राजमार्गपछिको यो तेस्रो मार्ग हो ।
कुल १ हजार ८ सय ७९ किलोमिटर सडकमध्ये हालसम्म ८ सय २ किलोमिटरमात्र कालोपत्रे भएको छ । याे समाच...
