Monday, August 3

कृषि

नार्क र विश्व वन्यजन्तु कोषबीचमा कृषिको उत्थानका लागि समझदारीमा हस्ताक्षर
कृषि, समाचार, समाज

नार्क र विश्व वन्यजन्तु कोषबीचमा कृषिको उत्थानका लागि समझदारीमा हस्ताक्षर

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) का बीचमा उच्च पर्वतीय क्षेत्रमा कृषिको उत्थानका लागि समझदारीपत्रमा हस्ताक्षार भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज दुई पक्षका बीचमा यस्तो समझदारी भएको हो । समझदारीपत्रमा नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराई, योजना तथा समन्वय निर्देशक डा. लुमानिधि पाण्डे र कोषका तर्फबाट कोषका नेपाल प्रतिनिधि धनश्याम गुरुङ र संरक्षण कार्यक्रमका वरिष्ठ सल्लाहकार शिवराज भट्टले हस्ताक्षर गरेका छन् । समझदारीपत्रमा पत्रमा हस्ताक्षर पश्चात नार्कका कार्यकारी निर्देशक डा. भट्टराईले दुबै पक्षको सामुहिक प्रयासबाट परियोजनाले तोकेको उपलब्धी समयमै हासिल गर्न सकिने बताए । यति महत्वपूर्ण बिषयमा डब्लुडब्लुएफसंग सहकार्य गर्न पाउँदा उनले खुशी व्यक्त गर्दै यसबाट देशको कृषि अनुसन्धानमा महत्वपुर्ण ...
खाद्यले खरिद गर्‍यो ४४ हजार क्विन्टल धान
कृषि, समाचार

खाद्यले खरिद गर्‍यो ४४ हजार क्विन्टल धान

नेपालअखबार, काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ४४ हजार क्विन्टल धान खरिद गरेको छ । कम्पनीका ६ वटा शाखाबाट पछिल्लो पटक ४४ हजार क्विन्टल धान खरिद गरिएको हो । कञ्चनपुरको महेन्द्रनगर, कैलालीको धनगढी, बर्दियाको राजापुर, बाँकेको नेपालगन्ज, सिराहाको लहान र धनुषाको जनकपुरबाट सो धान खरिद गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताइन् । यो वर्ष खाद्यले ५० हजार मेट्रिक टनको लक्ष्यसहित धान खरिद गर्दै छ । कम्पनीले देशभरका ११ वटा जिल्ला स्थित शाखा कार्यालयबाट धान खरिद गर्ने जनाएको छ । झापाको बिर्तामोड, मोरङको विराटनगर, सिराहाको लहान, धनुषाको जनकपुर, पर्साको वीरगन्ज, रुपन्देहीको भैरहवा, बाँकेको नेपालगन्ज, बर्दियाको राजापुर, कैलालीको धनगढी, कञ्चनपुरको महेन्द्रनगर र जुम्लाबाट कम्पनीले धान खरिद गर्दै छ नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्य अनुसार धान खरिद भइरहेको उ...
नवलपरासीमा धान उत्पादन बढ्यो
कृषि, समाचार, समाज

नवलपरासीमा धान उत्पादन बढ्यो

नेपालअखबार, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । जिल्लामा धानखेती हुने क्षेत्रफल घटे पनि उत्पादनमा भने वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताए । “गत वर्षभन्दा यस वर्ष धानखेती भएको कुल क्षेत्रफल एक सय ८८ हेक्टरले घटेको भए पनि उत्पादन भने नौ सय नौ मेट्रिक टनले वृद्धि भएको छ”, सूचना अधिकारी काफ्लेले भने। सूचना अधिकारी काफ्लेका अनुसार यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा १८ हजार छ सय २८ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धानबाट ७७ हजार आठ सय ६५ मेट्रिक टन उत्पादन भएको छ । गत वर्ष जिल्लामा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा लगाइएको बर्खे धान ७६ हजार नौ सय ५६ मेट्रिक टन उत्पादन भएको थियो । उत्पादकत्वका हिसाबले यो वर्ष जिल्लामा प्रतिहेक्टर चार दशमलव १८ मेट्रिक टन धान उत्पादन भएको सूचना अधिकारी काफ्ले...
पाल्पाको मैनादीमा आज सुन्तला महोत्सव
कृषि, समाचार, समाज

पाल्पाको मैनादीमा आज सुन्तला महोत्सव

नेपालअखबार, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं. ७ मैनादीमा जिल्लामै पहिलो पटक सुन्तला महोत्सव हुँदैछ । पालिकामै धेरै सुन्तला उत्पादन हुने उक्त स्थानमा आज मंसिर १६ गते एकदिने सुन्तला महोत्सव हुन लागेको हो। पछिल्ला वर्षहरुमा सुन्तला खेती विस्तार भएसँगै किसानलाई सुन्तलाको विविधीकरण र प्रवर्द्धनका लागि महोत्सव हुन लागेको वडा नं. ७ का अध्यक्ष दान बहादुर कुँवरले बताए । वडा कार्यालयले आयोजना गरेको सुन्तला महोत्सवमा सरोकारवाला निकायले सहयोग गरेको उनले बताए । मैनादीसहित यो पालिकाका किसानले अन्य खेती छाडेर पनि सुन्तला खेती गर्दै आएका छन् । बढ्दो उत्पादनबाट धेरै आम्दानी लिनका लागि सुन्तालाको विविधीकरण तथा बजारीकरणमा महोत्सवले सहयोग मिल्ने अपेक्षा गरिएको छ । जिल्लामा पहिलो पटक हुन लागेको सुन्तला महोत्सवमा माटो परीक्षण, रोग किरा सम्बन्धी उपचारबारे जानकारी, यान्त्रीकरण लगायतका विषयमा...
आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला
कृषि, समाचार, समाज

आकर्षक मूल्यमा बिक्री हुँदै अगौटे सुन्तला

नेपालअखबार, चितवन । जिल्लाको पहाडी क्षेत्र इच्छाकामना गाउँपालिकामा उत्पादन भएको सुन्तलाले राम्रो मूल्य पाएपछि किसान उत्साहित भएका छन् । सुन्तलाको उत्पादन हुने समयको सुरुआतीमा अगौटे सुन्तलाले राम्रो आम्दानी पाएपछि उनीहरु उत्साहित भएका हुन । इच्छाकामना गाउँपालिका–५ का रामप्रसाद बोहोरा अघिल्ला वर्षको तुलनामा अहिले सुन्तलाले राम्रो मूल्य पाएको बताउछन् । उनले अहिले सुन्तलाको होलसेल मूल्य प्रतिकिलो रु ९० सम्म परेको बताए । अहिले बजारमा राम्रो मूल्य पाएको बताउँदै उनले भने, “कम उत्पादन भएका कारण मूल्य राम्रो पाएको हो ।” उनले दुई बिघा क्षेत्रफलमा सुन्तला खेती गर्दै आएका छन् । वैदेशिक रोजगारमा गएर राम्रो नभएपछि तीन महिनामा नेपाल फकिएएका ३३ वर्षीय बोहोरा सुन्तलाबाट विदेशको भन्दा राम्रो कमाइ भएको बताउछन्। बुबाको पालादेखि आफ्नो घरका लागि मात्रै सुन्तला खेती गरिएको भए पनि विस्तारै यसलाई व्यावसायिक गर्...
उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी
अर्थ, कृषि, समाचार

उखु किसानले ३२ करोड अनुदान पाउन बाँकी

नेपालअखबार,कञ्चनपुर । सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ। तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान समेत पाएका छैनन्। उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले ३२ करोड रूपैयाँ अनुदान रकम पाउन बाँकी रहेको बताए। ‘कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने सो अनुदान रकम सरकारले निकासा गरेको छैन,’ उनले भने, ‘गत वर्षकै अनुदान रकम नपाएपछि किसान समस्यामा परेका छन्।’ सरकारले २०७५ सालमा कार्यविधि नै बनाएर उखु उत्पादक किसानलाई अनुदानको व्यवस्था गरेको थियो। सुरुमा प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसाका दरले अनुदान दिने गरेकामा गत आर्थिक वर्षमा बढाएर प्रतिक्विन्टल  ७० रूपैयाँ पुर्‍याइएको थियो। कञ्चनपुरको पुनर्वासस्थित भागेश्वर सुगर मिल र बेलौर...
नार्कको प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न
कृषि, समाचार

नार्कको प्रथम त्रैमासिक प्रगति समीक्षा गोष्ठी सम्पन्न

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को आर्थिक बर्ष २०८०/०८१ को केन्द्रीय स्तरको प्रथम त्रैमासिक प्रगति समिक्षा गोष्ठी आज सम्पन्न भएको छ । नार्कको केन्द्रीय कार्यालय खुमलटार, ललितपुरमा आज नार्क अन्तरगतका ६२ वटा कार्यालयहरुको समग्र प्रगति विवरण सो समीक्षा गोष्ठीमा पेश गरिएको थियो । कार्यक्रममा बोल्दै कृषि मन्त्रालयका सहसहचिव डा.रामकृष्ण श्रेष्ठले कृषि अनुसन्धानको विकल्प अनुसन्धान नै भएकाले बदलिदो परिस्थितिमा कृषि अनुसन्धानलाई विशेष महत्वका साथ सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताए । उनले कृषि अनुसन्धानमा लगानी बढाउनुपर्ने र कृषि अनुसन्धानको नीतिमा स्पष्टता अपनाए मात्र अपेक्षित प्रतिफल प्राप्त हुने बताए । बर्तमान आर्थिक संकटको अवस्थामा पनि नार्कले अनुसन्धानमा प्राप्त गरेको सफलता सराहनीय र सफल प्रविधिलाई सरोकारवाला सबै मिलेर किसानसम्म पुर्याउनु आवश्यक रहेको सहसचिव श्र...
कोशीबाट साढे २ अर्बको चिया र सवा अर्बको अलैंची निर्यात
अर्थ, कृषि, समाचार, समाज

कोशीबाट साढे २ अर्बको चिया र सवा अर्बको अलैंची निर्यात

नेपालअखबार, झापा । कोशी प्रदेशको विशेष नगदेबाली चिया, अलैंची, अदुवा र अम्रिसो निर्यातमा वृद्धि भएको छ । पूर्वी नाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८०/८१ को त्रैमासिक अवधिमा रु २ अर्ब ५९ करोड ८६ लाख मूल्य बराबरको ४ हजार ३३१ मेट्रिक टन जैविक चिया भारत निर्यात भएको काँकडभिट्टा प्लान्ट क्वारेन्टिन कार्यालयले जनाएको छ । झापा, इलाम, पाँचथर, धनकुटा लगायत कोशी प्रदेशको जिल्लामा चियाको खेती हुँदै आएको छ । पछिल्लो समय नेपालको जैविक चियाको भारतलगायत युरोपको बजारमा माग बढिरहेको व्यवसायी बताउँछन् । पहाडी जिल्लामा धेरै उत्पादन हुने अलैंची, अदुवा र अम्रिसो पनि भारतीय बजारमा निर्यात हुँदै आएको छ । प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्देश्वर ठाकुरका अनुसार आव २०८०/८१ को साउन, भदौ र असोज महिनामा रु१ अर्ब २० करोड ८० लाख मूल्य बराबरको १ हजार ५१० मेट्रिक टन अलैंची भारत निर्यात भएको थियो । ...
पर्वतको जलजला गाउँपालिकाले गोरु पाल्ने किसानलाई अनुदान दिने
अर्थ, कृषि, समाचार, समाज

पर्वतको जलजला गाउँपालिकाले गोरु पाल्ने किसानलाई अनुदान दिने

नेपालअखबार, पर्वत । बढ्दो युवा शक्तिको पलायनसँगै ग्रामीण क्षेत्रमा गोरु पाल्ने प्रचलन हराउँदै गएको छ। पछिल्लो समय गाउँ–गाउँमा मिनिटिलरको प्रयोग बढ्दै गएको अवस्था पनि छ। छोटो समयमै धेरै काम गर्न सकिने, पालनपोषण गर्ने झन्झट पनि नहुने र सरकारी निकायले पनि अनुदानमा मिनिटिलर उपलव्ध गराउन थालेकाले गोरु पाल्ने प्रचलन हराउँदै गएको हो। स्थानीय जलजला गाउँपालिकाले भने गोरु पालनतर्फ किसानलाई आकर्षण गर्ने उद्देश्यले अनुदान दिन थालेको छ। कृषिमा यान्त्रिकिकरण बढ्दै जाँदा गोरु लोप हुन लागेको र  यसबाट सामान्य आर्थिक अवस्था भएका किसान मारमा पारेकाले गाउँपालिकाले यो योजना लागू गर्न लागेको हो। मिनिटिलर किन्न नसक्ने तथा किनेकाहरूका घरमा पनि जनशक्ति अभावले नचलाउने समस्याले किसनाले खेती लगाउन नै छोड्ने स्थिति देखिएकाले गोरु पाल्ने किसनालाई प्रोत्साहन गर्न प्रतिगोरु दुई हजारका दरले अनुदान उपलब्ध गराउन लागिएको ...
गाउँको पाखोबारीमा चियाखेती
कृषि, समाचार, समाज

गाउँको पाखोबारीमा चियाखेती

नेपालअखबार, बागलुङ । बसाइँसराइले गाउँ रित्तिन थालेपछि बागलुङको काठेखोला गाउँपालिका-७ रेशमा स्थानीयवासीले चियाखेती गर्ने योजना बनाएर वनमाराले ढाकेको खेतीयोग्य पाखोबारीमा चियाका बिरुवा लगाएका छन् । ६ वर्ष अगाडि परीक्षणका लागि १५ हजार चियाका बिरुवा लगाइएकामा खेती फस्टाउन थालेपछि स्थानीय उत्साहित भएका छन् । परीक्षणका रुपमा लगाइएको खेती सफल भएपछि अहिले रेशको बौर र तिङरिङ क्षेत्रको ७२ रोपनीमा चियाखेती विस्तार गरिएको छ । पहिले वनमाराले ढोकेका पाखाबारी चिया बगानमा परिणत भएपछि अवलोकन भ्रमणका लागि आउनेको सङ्ख्या बढ्न थालेको छ । झाडीले उराठिलो वनेको पाखोबारी चियाखेतीले ढाकिपछि किसान निकै हर्षित भएका छन् । अहिले खेतीबाट यहाँका किसानले उत्पादनसमेत लिन थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेका हुन् । ह...