Monday, August 3

कृषि

ग्रामीण महिलाको आम्दानी : आलु र कोदो
अर्थ, कृषि, समाचार, समाज, हाइलाइट-समाचार

ग्रामीण महिलाको आम्दानी : आलु र कोदो

नेपालअखबार, गलेश्वर । यतिबेला पश्चिम म्याग्दीको ग्रामीण भेगका महिला हिउँदे आलु लगाउन व्यस्त छन् । भर्खरै चाडपर्व मनाएर धान र कोदो थन्क्याएका यहाँका महिला खेतबारी खनजोत गर्ने र आलु लगाउन व्यस्त भएका हुन् । पश्चिम म्याग्दीको रणबाङ, बाबियाचौर, दरबाङदेखि निस्कोट, देविस्थान, रुमलगायतका गाउँका महिला कोही कोदो केलाउन, सुकाउन र बिक्री गर्न व्यस्त छन् भने कोही हिउँदे आलु लगाउन खेतबारीमा पौरख गरिरहेका भेटिन्छन् । मङ्सिर जाडोको महिना । उत्तरतर्फ आँखै अगाडि चाँदी झैँ सेता टलक्क टल्केका हिमशृङ्खला । नागबेली हुँदै बगेको म्याग्दी नदी । चारैतिर हरियाली । हावामा बयेली खेलिरहेका फूल, भुर्रभुर्र उडिरहेका चरा । चिसो सिरेठोबाट बच्न टाउकामा बाक्लो ऊनको टोपी र शरीरमा पछ्यौरी बेरेर काम गरिरहेका भेटिन्छन् यहाँका महिला । यस भेगका ग्रामीण महिलाको आम्दानीको मुख्य स्रोत भनेको कोदो र आलु हो । वैदेशिक रोजगार, स...
लमजुङका किसानले पाए अलैंचीको राम्रो मूल्य, २४ करोड आम्दानी
अर्थ, कृषि, समाचार

लमजुङका किसानले पाए अलैंचीको राम्रो मूल्य, २४ करोड आम्दानी

नेपालअखबार, लमजुङ । अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड रुपैयाँ आम्दानी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो । आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिए । यहाँ विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ । अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ । गत वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड रुपैयाँ आम्दानी भएको थियो । आर्थिक वर्ष २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० रुपैयाँदेखि सात सयसम्म बिक्री भएको थियो । उत्पादनका हि...
चार महिनामा १ अर्ब ३८ करोडको चिया निर्यात
अर्थ, कृषि, समाचार

चार महिनामा १ अर्ब ३८ करोडको चिया निर्यात

नेपालअखबार, काठमाडौँ । नेपालले चार महिनामा १ अर्ब ३८ करोड रुपैयाँ बराबरको चिया निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा कूल १ अर्ब ३८ करोड ५२ लाख ७९ हजार रुपैयाँ बराबरको ५ हजार ७१८ टन चिया निर्यात भएको हो । छिमेकी मुलुक भारत र चीनसँगै तेस्रो मुलुक अमेरिका, अस्ट्रेलिया, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, नेदरल्याण्ड, रसिया लगायतका देशहरुमा कालो चिया निर्यात भएको भन्सार विभागले जनाएको छ । यसका साथै, यी मुलुकहरुमा ग्रीन टी अर्थात् हरियो चिया र कफीको समेत राम्रो माग रहेको विभागले जनाएको छ । यसअवधिमा १० करोड ६५ लाख १९ हजार रुपैयाँ बराबरको हरियो चिया निर्यात भएकोमा १ करोड ५५ लाख ३६ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको विभागले जनाएको छ ।...
झापामा  फल्यो ८१ प्रजातिको रैथाने धान
कृषि, समाचार, समाज

झापामा फल्यो ८१ प्रजातिको रैथाने धान

नेपालअखबार, झापा । झापाको कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले रैथाने धानको ८१ प्रजातिलाई एउटै खेतमा फलाएको छ । शिवसताक्षी नगरपालिका–७ को चन्द्रडाँगीमा समितिले भाडामा लिएको दुई कठ्ठा जग्गामा ती धान फलेका छन् । रैथाने धानको संरक्षणका लागि देशभरिबाट सङ्कलित धानलाई उक्त जग्गामा रोपेर फलाइएको समितिका अध्यक्ष डिल्ली पौडेलले जानकारी दिए। “वर्णशङ्कर बीउको विकास र प्रचलनका कारण पुराना रैथाने बाली लोप हुँदै गएका कारण तिनको संरक्षणमा हामी जुटेका हौँ”, उनले भने, “कालो नुनियाजस्ता लोप भइसकेका धानको विभिन्न प्रजातिलाई खोजेर फेरि किसानको खेतबारीमा फलाउने हाम्रो प्रयास सफल भएको छ ।” समितिले भाडामा लिएको खेतको एउटै गरामा ८१ प्रजातिका धानका बाला झुलिरहेको हेर्नका लागि कृषि विषय अध्ययन गरिरहेका विद्यार्थी र सर्वसाधारणसमेतको भीड लाग्ने गरेको छ । संरक्षण गर्न खेतमा फलाइएका रैथाने धान बालीमा काल...
नबिकेपछि खेतमै कुहिन लाग्यो २५ क्विन्टल सयपत्री
कृषि, समाचार, समाज

नबिकेपछि खेतमै कुहिन लाग्यो २५ क्विन्टल सयपत्री

नेपालअखबार, बिर्तामोड। मुनाफाको आशले सयपत्रीको खेतीमा ठूलो लगानी गरेका किसान फूल नबिकेपछि मारमा परेका छन्। तिहार र छठपर्वमा पनि नबिकेका फूल अब खेतमै कुहिने अवस्था छ। बिर्तामोड नगरपालिका- ९ का दलबहादुर अधिकारीले यस वर्ष एक बिघा पाँच कठ्ठा जग्गामा सयपत्री फूलको खेती लगाएका थिए। गत वर्ष १० कठ्ठामा मात्र फूलखेती गर्दा मनग्य आम्दानी भएपछि उत्साही बनेर यसपालि खेति विस्तार गर्दा लगानी नै बर्बाद भएको उनले गुनासो गरे। तिहारको मुखैमा भारतबाट आयातित फूलको माला र थुँगाले बजार कब्जा गरेका कारण स्वदेशी सयपत्री फूलको उत्पादन बिक्री नभएको उनको भनाइ छ। ‘भारतबाट सयपत्री फूल र कागजको माला भित्र्याउन पाइँदैन भन्ने सुनिएको थियो,’ उनले भने, ‘जब तिहारमा फूल बिक्री हुने दिन सुरु भयो, भारतबाट ल्याइएका सयपत्री फूलको मालामात्र होइन थुँगा नै बजारभरि देखियो। हामीले कत्रो मेहनत गरेर फुलाएका फूल बिक्दै बिकेन...
केराखेती मासेर फूलखेती, दिनमै  ७ क्विन्टल बिक्री
अर्थ, कृषि, समाचार, समाज

केराखेती मासेर फूलखेती, दिनमै ७ क्विन्टल बिक्री

नेपालअखबार, नारायणगढ (चितवन) । चितवनको कालिका नगरपालिका–१ का किसानले केराखेती मासेर फूलखेती गर्न थालेका छन् । वडा नं १ लङ्कालाइनका किसान महेन्द्रप्रसाद पौडेल र चेकमान वाइबाले केराखेती गरिँदै आएको जग्गामा संयुक्त रुपमा फूलखेती थालेका हुन् । तीन बिघा क्षेत्रफलमा लगाइएको केराखेती मासेर व्यावसायिक सयपत्री फूलखेती थालिएको पौडेलले बताए । विगतका वर्षमा करोडौंको फूल विदेशबाट आयात भएको देखेर देशलाई फूलमा आत्मनिर्भर बनाउन केही सहयोग पुगोस् भन्ने उद्देश्यका साथ फूलखेती गरिएको उनको भनाइ छ । कालिका–५ का स्थानीय बासिन्दा पौडेल एक प्राङ्गारिक कृषिको अभियन्तासमेत हुन् । उनले योसँगै अन्य स्थानमा विभिन्न तरकारी तथा फलफूलको प्राङ्गारिक खेती गर्दै आएका छन् । ‘विगतमा केराखेती गरिँदै आएको जग्गा भाडामा लिएर यस वर्ष सयपत्री फूलको खेती गरेका हौं’, उनले भने, ‘स्थानीयस्तरमा विदेशी फूलको आयात रोकिएमा हामीले यसब...
५६ प्रतिशतले बढ्यो अलैँची निर्यात
अर्थ, कृषि, समाचार, समाज

५६ प्रतिशतले बढ्यो अलैँची निर्यात

नेपालअखबार, काठमाडौँ । चालु आर्थिक वर्षको तीन महिनामा (साउन–असोज) अलैँची निर्यात ५६ प्रतिशतले बढेको छ ।भन्सार विभागको तथ्याङ्क अनुसार अलैँची निर्यात ५६.८ प्रतिशतले बढेर एक अर्ब ८९ करोड ७६ लाख सात हजार रुपियाँको निर्यात भएको छ ।अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गएकाले निर्यातमा वृद्धि भएको हो । गत वर्ष सो अवधिमा एक अर्ब २० करोड ६१ लाख ४५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो । विभागका तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० मा आठ अर्ब २७ करोड ६८ लाख ५० हजार रुपियाँको अलैँची निर्यात भएको थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा अलैँची निर्यात ७२ प्रतिशतले वृद्धि भएको विभागको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७८/७९ मा चार अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपियाँको अलैँची निर्यात भएको थियो । नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँचीको माग अन्तर्राष्ट्रिय बजारमा बढ्दै गएपछि निर्यातमा समेत...
सामूहिक सयपत्री फूलखेती फस्टाउँदै
कृषि, समाचार, समाज

सामूहिक सयपत्री फूलखेती फस्टाउँदै

नेपालअखबार, स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित बारीचौरमा सयपत्री फूलको सामूहिक खेती फस्टाउँदै गएको छ। तीन वर्ष पहिले लालीगुराँस घरवास (होमस्टे)लाई फूलैफूलको होमस्टे बनाउने उद्देश्यले १५ स्थानीय मिलेर लगाएको सयपत्रीको फूलखेती चार रोपनी जमिनमा फैलिएको छ। जिल्लामै ‘नमूना व्यावसायिक फूलखेती’ बनाउने योजनामा रहेका स्थानीयको फूलखेती कार्यक्रमलाई गाउँपालिकाले सहयोग गरेको छ। नमूना बारीचौर व्यावसायिक फूलखेतीका अध्यक्ष घनबहादुर थापाले तीन वर्ष पहिले दसैं तिहारको बीचमा पाँच हजार माला उत्पादन गरेर गाउँपालिकाको कृषि शाखालाई दिएको जानकारी दिए। उनले पहिलो वर्ष पालिका आफैंको पूर्ण लगानी भएकाले करिब रु डेढ लाख बराबरको ड्रम र पाइप आफूहरुलाई दिएको बताए। ‘यस वर्ष चार रोपनी जमिनमा तीन हजार पाँच सय बोट सयपत्री फूल लगाएका छौं,’ अध्यक्ष थापाले भने, ‘यस वर्ष हावापानी राम्रो भएकाले फूलको उत्पा...
पाँच सय परिवारलाई  कोरली गाई वितरण गरिने
कृषि, समाचार, समाज

पाँच सय परिवारलाई कोरली गाई वितरण गरिने

नेपालअखबार, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले हेफर इन्टरनेसनल नेपालमार्फत सिन्धुलीका पाँच वर्षमा पाँच  सय  घरधुरी  किसानलाई  कोरली  गाई  दिने  भएको छ । त्यसका लागि हेफर नेपालले सिन्धुलीमा परियोजना नै सञ्चालन गरेको छ । कोरिया सरकारले गत पुसमा ८० वटा बाछी र २१ वटा बाछा दिएको थियो । कृषि मन्त्रालयले बाछालाई  चितवन,  लहान,  पोखरालगायत  बिर्य  उत्पादन  केन्द्रमा  पठाइदिएको  छ  भने  ८०  वटा  गाई  किसानलाई  वितरण  गर्न  सिन्धुली  पठाएको  थियो  । त्यहाँका  ५१  जना  किसानलाई  सो  बाछी  वितरण गरिएको थियो । सो ८० वटा बाछीलाई विस्तार गरी सिन्धुलीको पाँच सय घरधुरी किसानलाई पु¥याउने लक्ष्य राखिएको हेफर इन्टरनेसनल नेपालले सञ्चालन गरेको मिल्की वे  परियोजनाका  निर्देशक  नारायणप्रसाद  शर्माले  बताए । कोरिया सरकारले उपलब्ध गराएको बाछी सिन्धुली कमलामाई नगरपालिका वडा नम्बर ४ र ५ का ५१ किस...
म्याग्दीमा झाडी फाँडेर सामूहिक सुन्तला खेती
अर्थ, कृषि, समाचार

म्याग्दीमा झाडी फाँडेर सामूहिक सुन्तला खेती

नेपालअखबार , बादुक (म्याग्दी) । म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ कल्लेरीमा २२ वर्षअघिसम्म छ/सात घरधुरीको बसोबास र बादुकवासीले कोदो, मकै र गहुँखेती गर्ने बारी थियो । विसं २०५८ को बर्खामा पहिरोले कल्लेरीको पाखोबारी मात्र पुरिएन त्यहाँको बस्ती नै विस्थापित भयो । पहिरोपछि कल्लेरीको पाखो उत्तीस, अ‍ैसेलु, वनमारा उम्रिएर झाडीमा परिणत भयो । बादुकमा जन्मिएर हाल बेलायतमा बसोबास गर्ने अर्जुन तिलिजालगायतले विसं २०७८ मा कल्लेरी पाखोलाई पुरानै अवस्थामा फर्काउने योजना गाउँलेलाई सुनाए । बादुकवासी र जनप्रतिनिधिलाई बाँझिएर बनेको झाडी फाँडेर खनजोत गरी सुन्तला र एभोकाडो खेती गर्ने योजना मन पर्‍यो । गाउँले, प्रवासी र विवाह गरेर अन्यत्र गएका चेलीबेटीले ५० हजारदेखि एक लाख सङ्कलन गरेर बादुक सामूहिक कृषि फार्म स्थापना मात्र गरेनन् झाडी फाँडेर सुन्तलाको हराभरा बगैँचा बनाएका छन् । ‘पहिरोपछि हामी...