Monday, August 3

कृषि

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने
कृषि, समाचार, समाज

भारतबाट धान नल्याए चाडपर्वमा चामल अभाव हुने

नेपालअखबार, विराटनगर। साउन ४ गते भारत सरकारले बास्मतीबाहेक अन्य चामल निर्यातमा प्रतिबन्ध लगाएपछि त्यसको असर नेपालमा समेत परेको छ । नजिकिँदै गरेको चाडपर्वमा बढी खपत हुने चामल अभाव हुन नदिन तत्काल भारत सरकारसँग अनुरोध गरेर २ लाख मेट्रिक टन धान आयात गर्नुपर्ने व्यवसायी बताउँछन् । उनीहरूले यस विषयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ध्यानाकर्षण गराइसकेका छन् । गतवर्ष भारतले ६ लाख मेट्रिक टन धान नेपाललाई दिएको थियो । गतवर्षको कोटा साउन १६ गते सकिएको छ । नेपाल चामल–तेल–दाल उद्योग संघका अध्यक्ष कुमुद दुगडले नेपालमा चामल अभाव हुन नदिन भारत सरकारसँग कूटनीतिक तहबाट अनुरोध गरी तत्काल २ लाख टन धान आयात गर्ने व्यवस्था मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र बुझाएका छन् । नेपालको घरेलु माग पूरा गर्न वार्षिक १० लाख मेट्रिक टन धान आयात गर्नुपर्ने दुगडले बताए । भारतले नेपालमा मा...
लम्पी स्किनबाट मधेसमा मरे २ हजारभन्दा धेरै पशु
कृषि, समाचार, समाज, स्वास्थ्य

लम्पी स्किनबाट मधेसमा मरे २ हजारभन्दा धेरै पशु

नेपालअखबार । लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा बढी पशु मरेका छन्। प्रदेशका आठवटै जिल्लामा यस रोगका कारण गाईवस्तुको व्यापक क्षति भएको हो। जनकपुरधाममा सोमबार आयोजित कार्यक्रममा लम्पी स्किन रोगका कारण मधेस प्रदेशमा दुई हजारभन्दा धेरै गाईवस्तु मरेको तथ्यांकले सार्वजनिक गरिएको हो। मधेस प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले उपलब्ध गराएको जानकारीअनुसार सिरहामा सबैभन्दा बढी, एक हजार एक सय १८ पशु मरेका छन् भने पर्सामा सबैभन्दा कम दुइटा मरेका छन् । लम्पी स्किनका कारण सबभन्दा बढी गाईगोरू मरेका छन्। मरेकामध्ये भैंसीराँगा ६ वटा मात्र छन् भने बाँकी गाईगोरू हुन्। मधेस प्रदेशका आठवटै जिल्लामा हालसम्म ४५ हजार आठ सय २५ पशुलाई लम्पी स्किन विरूद्धको खोप लगाइसकिएको पशु अधिकृत चिकित्सक डा. रञ्जितकुमार अधिकारीले बताए। अझै सप्तरी, सिरहा, महोत्तरी र पर्सामा खोप ...
नार्कको प्रविधिले जुम्लामा ओखरका बेर्ना बेचेरै किसानको आम्दानी लाखौं रुपैया
कृषि, समाचार, समाज

नार्कको प्रविधिले जुम्लामा ओखरका बेर्ना बेचेरै किसानको आम्दानी लाखौं रुपैया

नेपालअखबार, काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) ले जुम्लामा गरेको अनुसन्धानले ओखरको कलमी विरुवा उत्पादनमा ठूलो सफलता प्राप्त भएको छ । वि.सं. २०७३ मा हेल्भेटाससँगको सहकार्यमा जुम्लामा अवस्थित नार्क अन्तर्गतको वागवानी अनुसन्धान केन्द्र राजिकोटले कृषक स्तरीय तालीम गरेपश्चात् केन्द्रले ओखरको कलमी बेर्ना उत्पादनमा गहन अनुसन्धान गरी निकालेको प्रविधिले यो सफलता प्राप्त भएको हो । यस अघि जुम्लामा कलमी गरिएका बेर्नामा ४० प्रतिशत र कृषक स्तरमा त्यो भन्दा निकै कम सफलता हुने गरेको थियो । तर नयाँ प्रविधिले औषतमा ७० प्रतिशत कलमी बेर्ना सफल भएको जानकारी वागवानी अनुसन्धान केन्द्र राजिकोटका प्रमुख राजकुमार गिरिले दिए । पाताराशी गाउँपालिकाको उर्थुमा केही बर्षदेखि किसानको नर्सरीमा गरिएको एक अनुसन्धानमा चैत महिनाको दोस्रो हप्तामा औसत ७० प्रतिशत कलमी बेर्ना सफल भएका छन् । उक्त केन्द्रका प्रमुख ग...
रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित
कृषि, समाचार, समाज, स्वास्थ्य

रामेछापमा लम्पी स्किनबाट ३८१ चौपाया मरे, २१ हजार सङ्क्रमित

नेपालअखबार, रामेछाप। रामेछापमा लम्पी स्किन सङ्क्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया सङ्क्रमित भएका छन्। लम्पी स्किन रोगबाट रामेछाप नगरपालिमा ७५, मन्थली नगरपालिमा ४०, गोकुलगङ्गा गाउँपालिकामा १५, खाँडादेवी गाउँपालिकामा पाँच, लिखु तामाकोशी गाउँपालिकामा एक सय ५०, सुनापती गाउँपालिकामा ३६ र उमाकुण्ड गाउँपालिकामा ४० गाईगोरु मरेको सम्बन्धित पालिकाको पशु सेवा शाखाले जनाएको छ। रामेछाप नगरपालिकामा हालसम्म दुई हजार एक सय ९०, मन्थलीमा चार हजार, लिखु तामाकोशीमा पाँच हजार दुई सय, गोकुलगङ्गामा चार हजार, खाँडादेवीमा दुई हजार, उमाकुण्डमा दुई हजार र सुनापतीमा एक हजार छ सय ३५ पशुमा लम्पी स्किन सङ्क्रमण फैलिएको पशु प्राविधिक रोहिणी चापागाईँले जानकारी दिए। दोरम्बा सैलुङ्ग गाउँपालिकामा भने लम्पी स्किनबाट हालसम्म के कति पशुचौपाया प्रभावित भए भन्नेबारे कुनै तथ्याङ्क ...
पोखरा कृषि पर्यटन सहकारी दोश्रो वर्षमा
कृषि, समाचार, समाज

पोखरा कृषि पर्यटन सहकारी दोश्रो वर्षमा

नेपालअखबार, पोखरा । पोखरा कृषि पर्यटन सहकारी लिमिटेड स्थापनाको दोश्रो वर्षमा प्रवेश गरेको छ । संस्थाले स्थापनको दोश्रो वर्षमा प्रवेश गरेको अवसरमा सोमबार एक कार्यक्रमका विच प्रथम वार्षिकोत्सव मनाएको छ । कार्यक्रमको जिल्ला बचत संघका अध्यक्ष भेषराज बरालले उद्घाटन गरे । उनले सहकारीले वित्तिय क्षेत्रको मेरुदण्ड रहेको बताए । उनले विधानमा उल्लेख भए अनुसार आफ्ना सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्नुपर्नेमा जोड दिँदै सफलताको शुभकामना व्यक्त गरे । संस्थाका सल्लाहकार चुडामणी बरालले पोखरा कृषि पर्यटन सहकारी प्रदेश स्तरीय सहकारी रहेको बताए । उनले विषम् परिस्थितीमा स्थापना भएको संस्थाले छोटो समयमा प्राप्त गरेको सफलताको प्रशंसा गरे । कार्यक्रममा यज्ञप्रसाद अधिकारीले धेरै भन्दा धेरै स्थानियहरुलाई समेट्ने गरि कार्यक्रमहरु ल्याउन आग्रह गरे । संस्थाका अध्यक्ष दुर्गाकुमारी आचार्यले संस्थाका गतिविधिमाथि...
चीनमा एक व्यक्तिले घरको पाँचौं तल्लामा गाई पालेपछि हंगामा
कृषि, विदेश, समाचार

चीनमा एक व्यक्तिले घरको पाँचौं तल्लामा गाई पालेपछि हंगामा

नेपालअखबार, बेइजिङ  । चीनको एउटा फ्ल्याटमा एउटा अनौठो घटना भेटिएको छ, जुन चर्चाको विषय बनेको छ । वास्तवमा यहाँ एक व्यक्तिले आफ्नो भवनको पाँचौं तल्लामा गाई पालेका छन् । जसलाई देखेर मानिसहरु आश्चर्य व्यक्त गरिरहेका छन् । चाखलाग्दो कुरा के छ भने चिनियाँ व्यक्तिले आफ्नो बालकनीमा धेरै गाईवस्तु राखेका छन् । जसको तस्विर पनि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । साउथ चाइना मर्निङ पोस्टको रिपोर्टका अनुसार यो घटना दक्षिण पश्चिम चीनको सिचुआन प्रान्तको हो, जहाँ एक चिनियाँ व्यक्तिले एउटा बहुतले भवनको पाँचौं तल्लामा सातवटा गाई  र बाछा राखेका छन् । भाइरल तस्विरमा यी सबै गाईवस्तुले आफ्नो चारा खाइरहेको देख्न सकिन्छ । चीनमा प्रयोग भएको टिकटक जस्ता एपमा घटनाको भिडियो शेयर गरिएको छ, जसलाई ४० लाख पटक हेरिएको छ । साउथ चाइना मर्निङ पोस्टले स्थानीय बासिन्दालाई उद्धृत गर्दै गाईहरू आवासीय कम्प्लेक्समा ...
लम्पी स्किनबाट नवलपरासी पूर्वमा मात्र ४१३ गाईभैँसी मरे
कृषि, समाचार, स्वास्थ्य

लम्पी स्किनबाट नवलपरासी पूर्वमा मात्र ४१३ गाईभैँसी मरे

नेपालअखबार, नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा लम्पी स्किनका कारण छ हजार २४ पशुचौपाया सङ्क्रमित भएका छन् । जिल्लामा यस रोगबाट हालसम्म चार सय १३ गाईभैँसीको मृत्यु भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख पशु चिकित्सक डा. ऋषभ गुरागाईंले जिल्लाका गाईभैँसीमा लम्पी स्किन महामारीका रुपमा फैलिएको बताए । ‘जिल्लामा लम्पी स्किन नियन्त्रणका लागि खोप तथा औषधिको व्यवस्था गरिएको भए पनि नियन्त्रण बाहिर गएको छ’, उनले भने, ‘लम्पी स्किनबारे सचेतना जगाउँदै सावधानी अपनाउनु नै अहिलेका लागि लम्पी स्किनको जोखिमबाट जोगिन सकिन्छ ।’ उनले जिल्लाको कावासोती नगरपालिकामा लम्पी स्किनको सङ्क्रमणदर उच्च रहेको बताए । कावासोतीमा हालसम्म सबैभन्दा बढी एक सय ५१ पशु चौपाया मरेका जनाउँदै डा. गुरागाईंले दुई हजार १३ पशु लम्पी स्किनबाट सङ्क्रमित भएका जानकारी दिए । मध्यविन्दु नग...
लम्पी स्किनबाट सुदूरपश्चिममा मात्रै २६ हजार पशुचौपाया मरे, ६ लाख संक्रमित
अर्थ, कृषि, समाचार, स्वास्थ्य

लम्पी स्किनबाट सुदूरपश्चिममा मात्रै २६ हजार पशुचौपाया मरे, ६ लाख संक्रमित

नेपालअखबार, । ‘लम्पी स्किन’ रोगको संक्रमणबाट सुदूरपश्चिम प्रदेशमा हालसम्म २५ हजार ९९१ पशुचौपाया मरेका छन्। प्रदेशका ९ वटै जिल्लामा ६ लाख ३४ हजार ७९९ पशुचौपायामा लम्पी स्किनको संक्रमण पुष्टि भएको छ। तीन वर्षदेखि छिटपुटरूपमा देखापर्दै आएको लम्पी स्किन हाल सुदूरपश्चिममका सबै जिल्लामा फैलिएको छ। भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डा. हेमराज अवस्थीका अनुसार लम्पी स्किनबाट सबैभन्दा बढी बैतडीमा ११ हजार १८ पशुचौपाया मरेका छन्। पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय दिपायलले पशु सेवा विभागलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार प्रदेशमा ६३० पशुचौपायालाई सो रोगविरुद्धको खोप लगायएको छ। ‘तीन वर्षदेखि लम्पी स्किनबाट पशुचौपाया संक्रमित हुँदै आएका छन्,’ डा. अवस्थीले भने, ‘यस वर्ष पहाडी जिल्लामा कडा खालको सङ्क्रमण देखियो।’ ‘पोक्स’ भाइरसको सङ्क्रमणबाट हुने लम्पी स्किनबाट सब...
महँगोमा धान खरिद, ५० प्रतिशत सस्तोमा लङ रेन्च चामल बिक्री
अर्थ, कृषि, समाचार

महँगोमा धान खरिद, ५० प्रतिशत सस्तोमा लङ रेन्च चामल बिक्री

नेपालअखबार, विराटनगर । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतको लगानीमा बेलबारी ९ मा स्थापना भएको आरजु राइस मिलले धान खेतीमा ‘क्रान्ति’ ल्याएको छ । मिलको प्रत्यक्ष निगरानी र सहयोगमा झापा, मोरङ र सुनसरीका ३ हजार किसानले राम धान लगाएका छन् ।  उक्त धानबाली लगाएसँगै उत्पादनमा वृद्धि भएको छ । यसअघि मुस्किलले प्रतिकट्टा ४ मन धान फल्ने खेतमा उक्त धान ७ मनसम्म फलिरहेको छ । जसका कारण यसभेगको किसानले दुई बाली हिउँदे र वर्षे धान लगाइरहेका छन् भने किसानको आम्दानी दुई गुणाले बढेको छ । आरजु राइस मिल किसानकै बीचमा गएर स्थापना गरिएको छ । यसले गर्दा किसानले बजारको लागि बिचौलियाको गोलचक्करमा फस्नु परेको छैन । आरजु राईस मिलले धान उत्पादनमा किसानलाई सहयोग पनि गरिरहेको छ । सँगसँगै सरकारले तोकेको न्यूनतम समर्थन मूल्य भन्दा बढी मूल्यमा धान खरिद गरिदिएको छ । त्यो पनि किसानको खेतमै ...
बागलुङका सबै वडामा लम्पी स्किनविरूद्धको खोप
कृषि, समाचार, समाज, स्वास्थ्य

बागलुङका सबै वडामा लम्पी स्किनविरूद्धको खोप

नेपालअखबार, बागलुङ। बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ । दुई हजार नौ सय पशु बिरामी भएकोले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए। केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुलाई पुग्ने खोप पठाएको छ। लम्पी स्किनबाट बागलुङमा एक सय ६६ गाईको मृत्यु भएको छ। लम्पी स्किन लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा एक सय चार डिग्रीभन्दा बढी ज्वरो आउने हुन्छ। फार्म नै सञ्चालन गरेका किसानका गाईगोरु यस रोगबाट बढी बिरामी भएको पाइएको छ। वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक लम्पी स्किनको सङ्क्रमण देखिएको थियो। त्यसपछि क्रमशः अन्यत्र फैलिएको सापकोटाले बताए। पशु बिरामी हुँदा दूध उत्पादन घटेको...