Monday, August 3

कृषि

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित
अर्थ, कृषि, समाचार, समाज

ज्याला वृद्धिको माग गर्दै चिया श्रमिक आन्दोलित

नेपालअखबार, काठमाडौँ । झापा र इलामको चिया बगानमा कार्यरत ७० हजार श्रमिक ज्याला वृद्धिलगायतका माग राखी आन्दोलित भएका छन् । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएका कारण चिया बगानका श्रमिक सङ्गठितरूपमा आन्दोलित हुनुपरेको नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका केन्द्रीय उपाध्यक्ष सइकुमार राईले बताए । नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घ, नेपाल चिया बगान श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त आन्दोलन घोषणा गरेको उपाध्यक्ष राईले जानकारी दिए । आफ्ना माग बारेमा असार ५ गते नै उद्योगीलाई अवगत गराइएको र साउन १ गतेदेखि आन्दोलन सुरु गरिएको उनले जानकारी दिए । उपाध्यक्ष राईका अनुसार श्रम ऐन, २०७४ अनुसार हरेक श्रमिकले न्यूनतम ज्याला रु पाँच सय ७७ पाउने उल्लेख छ तर, चिया बगान र प्रतिष्ठानले ज्यालाबापत रु चार सय ३७ मात्र दिइरहेका छन् । श्रमिक सङ्गठनले नेपाल चिया उत्प...
उत्पादन बढेपछि चक्लाबन्दीमा अकर्षित हुँदै किसान
कृषि, समाचार, समाज, हाइलाइट-समाचार

उत्पादन बढेपछि चक्लाबन्दीमा अकर्षित हुँदै किसान

नेपालअखबार, बागलुङ । बाँझो जग्गाको सदुपयोगसँगै उत्पादनमा वृद्धि भएपछि बागलुङका किसान चक्लाबन्दीतर्फ आकर्षित भएका छन् । बसाइँसराइका कारण बाँझो जग्गा बढ्दै गएको, एकल खेतीभन्दा सामूहिक खेतीले उत्पादन बढाउने र एकीकृत उत्पादनले बजारीकरणमा समेत सहयोग पु-याउने भएपछि जिल्लाका किसान चक्लाबन्दीतर्फ आकर्षित भएका हुन् । बाँझो जग्गालाई एउटै ‘पलट’ बनाउने, जग्गाकोे खण्डीकरण मिलाउने र एकल बाली लगाउँदा उत्पादनमा वृद्धि हुने भएपछि जिल्लाका किसानले फार्म, समूह र सहकारीमार्फत चक्लाबन्दी गर्न थालेका हुन् ।प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको अगुवाइमा बागलुङ जिल्लामा पछिल्लो तीन वर्षयता १२ स्थानको कृषि फार्म, समूह तथा सहकारीमार्फत आठ सय रोपनी जग्गा चक्लाबन्दी भइसकेको मात्रै छैन चक्लाबन्दीमा गरिएको किवी तथा कागतीले उत्पादन दिन थालेका छन् । आर्थिक वर्ष २०७९÷८० मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना क...
‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’
कृषि, समाचार, समाज

‘रासायनिक मल पाउन सास्ती र हैरानी खेप्ने दिन गए’

नेपालअखबार, काठमाडौं । सरकारले चाहेमा  आम किसानले भोग्नुपरेका सास्ती र हैरानीलाई कसरी अन्त्य  गर्न सक्दोरहेछ भन्ने कुरा यसपटकको धान रोपाइँपूर्वको अवस्थाले पुष्टि गरेको छ । कृषिप्रधान देशको किसानले नै रासायनिक मल (युरिया, डिएपी र पोटास) प्राप्त गर्न  भोग्नुपरेका सङ्घर्षका कथा आफैँमा अत्यन्त्य पीडादायी हुने गर्दथे ।  ‘मानो रोपेर मुरी उब्जाउने बेला’ अर्थात् असारे धान रोपाइँका समयमा  मल प्राप्त गर्न पनि देशैभरका किसानले सधैँ धेरै पसिना बगाउनुपर्दथ्यो । वर्तमान सरकारको ‘रासायनिक मलको अभाव हुन नदिने’ नीतिलाई कार्यान्वयन गर्ने क्रममा गरेको दूरदृष्टि निर्णयले यसपटक कहीँकतै रासायनिक मलको  हाहाकार नभएको हो । विशेष गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मलको अभाव हुन नदिन निरन्तर गर्नुभएको निगरानी, समन्वय, सहजीकरण र चासोले गर्दा वर्षौंदेखिको समस्या यसपटक दोहोरिन पाएन । विशेष गरी असारे धा...
बढ्यो किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य
अर्थ, कृषि, समाचार

बढ्यो किसानले बिक्री गर्ने धानको न्यूनतम मूल्य

नेपालअखबार, काठमाडौं । सरकारले किसानले बिक्री गर्ने धानको मूल्य बढाएर नयाँ न्यूनतम मूल्य तोकेको छ । २६ असारमा बसेको मन्त्रिपरिषद् बैठकले कृषि र उद्योग मन्त्रालयको सिफारिसमा मोटा धानको मूल्य ३ हजार १९८ र मध्यम धानको न्यूनतम समर्थन मूल्य ३ हजार ३६२ रुपैयाँ तोकेको हो । नयाँ मूल्यअनुसार मोटा धान प्रतिक्विन्टलमा ३३० रुपैयाँ र मध्यम धानको मूल्य २३४ रुपैयाँले बढेको छ । गत वर्ष सरकारले मोटा धान प्रतिक्विन्टल २ हजार ९६७ र मध्यम धानको प्रतिक्विन्टल मूल्य ३ हजार १२८ रुपैयाँ तोकिएको थियो । आर्थिक वर्ष २०७८/७९ मा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७५२ र मध्यम धानको मूल्य प्रतिक्विन्टल २ हजार ९०२ रुपैयाँ थियो । गत वर्ष सरकारले ढिला गरी १६ कात्तिकमा धानको सर्मथन मूल्य तोकेको थियो । तत्कालीन नेकपाका नेता घनश्याम भुसाल कृषि मन्त्री भएपछि पहिलो पटक बाली लगाउनु पूर्व नै बालीको न्यूनत...
गण्डकीमा रासायनिक मल मौज्दात
कृषि, प्रशासन, समाचार

गण्डकीमा रासायनिक मल मौज्दात

नेपालअखबार, पोखरा  ।  गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ । बर्सेनि धानखेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन गोदाममा छ । थप मल आउने क्रममा रहेकाले यस वर्ष धानखेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जानकारी दिए । यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिए । धान लगाउने समयमो छिटपुटरुपमा पोटासको अभाव देखिए पनि युरिया र डिएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो । “तत्काललाई मलको समस्या देखिएको छैन् । अब युरिया मल आवश्यक पर्ने समय ...
भारतबाट मुर्रा भैंसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस!
कृषि, समाचार, समाज

भारतबाट मुर्रा भैंसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस!

नेपालअखबार, नुवाकाेट। ‘सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ।अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने हुन्छ।‘ भारतीय अनलाइन ‘एबिपीलाइभ डटकम’ले सन् २०२२ डिसेम्बर १५ मा मुर्रा जातका भैँसीबारे यस्तै भावमा एक आलेख प्रकाशन गरेको थियो।अरु धेरै लोकप्रिय भारतीय सञ्चारमाध्यमले मुर्रा भैँसीबारे सामग्री प्रकाशन तथा प्रसारण गरिरहेका हुन्छन्। पछिल्लो समयमा नेपाली सञ्चारमाध्यममा पनि मुर्रा भैँसीको विषयले स्थान पाउन थालेको छ।गत जेठको दोस्रो साता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को औपचारिक भारत भ्रमणका अवसरमा भएका विभिन्न सम्झौताहरूका विषयसँगै भारतले नेपाललाई १५ मुर्रा राँगो उपलब्ध गराउने भन्ने विषयले महत्त्व पायो। यो विषय नेपालको सङ्घीय संसद्मासमेत चर्चा पायो।हाँसोमजाकको विषय पनि बन्यो...
बैतडीमा लम्पी स्किन भयावहः ६४ हजार पशु सङ्क्रमित, ९ हजार मरे
कृषि, समाचार, समाज

बैतडीमा लम्पी स्किन भयावहः ६४ हजार पशु सङ्क्रमित, ९ हजार मरे

नेपालअखबार, बैतडी। बैतडीमा लम्पी स्किन रोग प्रकोपका रूपमा फैलिएको छ। घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाटनले जनाएको छ। यो रोग नियन्त्रणबाहिर पुग्दा पनि जिल्लामा हालसम्म खोपको उपलब्धता हुन नसकेको केन्द्रका पशु विकास अधिकृत तथा लम्पी स्किन सम्पर्क व्यक्ति डा विशाल पाठकले जानकारी दिए। यो रोगबाट हालसम्म ६४ हजार एक सय ९७  घरपालुवा पशु सङ्क्रमित छन् । उक्त रोगका कारण नौ हजार दुई सय ९८ पशुचौपाया मरिसकेका उहाँले बताए । लम्पी स्किनका कारण बाच्छाबाच्छी, गाईगोरू र भैँसी बढी प्रभावित भएका छन्। उनले भने ‘लम्पी स्किनको सङ्क्रमण दिनप्रतिदिन बढिरहेको भए पनि हालसम्म जिल्लामा खोपको उपलब्धता हुनसकेको छैन । प्रदेश र केन्द्र सरकारलाई खोपको उपलब्धताका लागि अनुरोध गरिसकेका छौं।’ लम्पी स्किनबाट धमाधम पशुचौपाया मर्न थालेपछि किसान चिन्तित बनेका ...
म्याग्दीमा हराउन थाल्यो पर्मको परम्परा
कृषि, समाचार, समाज

म्याग्दीमा हराउन थाल्यो पर्मको परम्परा

नेपालअखबार, गलेश्वर ।  एक दशकअघिसम्म ग्रामीण क्षेत्रमा धान, कोदो रोप्दा अर्मपर्म लगाउने परम्परा हिजोआज हराउँदै जान थालेको छ । पर्म लगाउने परम्पराका साथै पर्मका बेला गाइँने पर्मेली गीत पनि लोप हुँदै गएका छन् । धान, कोदो रोप्दा र गोडमेल गर्दा गाइँने पर्मेली गीतले कुनैबेला म्याग्दीको ग्रामीण क्षेत्र घन्किथ्यो । गीत गाउँदै असारे झरीमा अर्मपर्म गर्दै काम गर्नुको मज्जै बेग्लै थियो । जिल्लाको मगर बाहुल्यता भएको माथिल्ला बस्तीमा काम गर्दा माइती र घर पक्षका आफन्तलाई बोलाई आलोपालो गरेर काम गर्ने, सम्बन्ध जोड्ने दुई सय वर्ष पुरानो परम्परा हराउँदै गएपछि ग्रामीण संस्कृति पनि नासिँदै गएकामा पाका पुस्ताले चिन्ता व्यक्त गर्न थालेका छन् । ‘पर्म पराम्पराको इतिहास दुई सय वर्ष पुरानो छ’, बेनी नगरपालिका-२ बगरफाँटका ८७ वर्षीय वेदप्रसाद उपाध्यायले भने, ‘विसं १८७० ताका म्याग्दीका गाउँगाउँमा रहेका मुखियाल...
बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न
कृषि, समाचार, समाज

बैतडीमा ९० प्रतिशत रोपाइँ सम्पन्न

नेपालअखबार, बैतडी । बैतडीमा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ । असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन नसकेकोमा त्यसपछि धमाधम रोपाइँ भएको हो । कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीका अनुसार यहाँ हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि  रोपाइँ सम्पन्न भएको भए पनि र आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि हाल रोपाइँ भइरहेको छ । उनले भने, “वर्षमा तीन खेती गर्ने बेँसीतिर रोपाइँ गर्न बाँकी रहेको र केही अन्य स्थानमा पछि बाँकी रहेको छ । यो महिनाको अन्तिमसम्म सबै सकिन्छ ।” जेठ १५ गतेदेखि असार मसान्तसम्म रोपाइँका लागि उत्तम समय मानिन्छ । वर्षा भएपछि रोपाइँ गर्न सहज भएको बैतडीको दोगडाकेदार ३ श्रीकोटका किसान वीरसिंह विष्टले बताए । उनले भने, “सबै रोपाइँमा व्यस्त छौँ । वर्षा नहुँदा यसअघि रोपाइँ गर्न सकिएको थिएन, हाल रोपाइँको चटारो...
रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै
कृषि, समाचार, समाज

रोपाइँको क्षेत्रफल बर्सेनि घट्दै

नेपालअखबार, गण्डकी । गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दो छ । आव २०७७÷७८ एक लाख १२ हजार दुई सय २७ हेक्टरमा वर्षे धान लगाइएकामा गत आवमा धान खेती एक लाख चार हजार छ सय ३२ हेक्टरमा मात्र सीमित बन्यो । यस वर्ष अझ घटेर ९७ हजार आठ सय ५१ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाइने अनुमान प्रदेशको कृषि विकास निर्देशनालयको छ । रोपाइँको क्षेत्रफल घटेसँगै धान उत्पादनमा पनि बर्सेनि गिरावट आइरहेको छ । गत आवको तुलनामा यो वर्ष तीन दसमलव ७४ प्रतिशतले धान कम फलेको थियो । निर्देशनालयको तथ्याङ्क अनुसार चालु आवमा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको हो । गत आवमा चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । यसले रोपाइँ हुने क्षेत्रफलसँगै उत्पादन पनि घट्दै गएको देखाउँछ । वर्षे मात्र नभएर चेतै धान खेतीको क्षेत्रफल खुम्चिएको छ । प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्ट...