Saturday, September 12

कृषि

रासायनिक मलका लागि ३० अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब २२ करोड
अर्थ, कृषि, समाचार

रासायनिक मलका लागि ३० अर्ब, प्रधानमन्त्री कृषि आधुनिकीकरणमा ३ अर्ब २२ करोड

नेपालअखबार, काठमाडौं । सरकारले रासायनिक मलका लागि  ०८० /८१ मा ३० अर्ब बजेट विनियोजन गरिएको छ । यो बजेट अगिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएको हो । यस्तै, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रमलाई ३ अर्ब २२ करोड रुपैयाँको बजेट विनियोजन गर्नु भएको हो । यो कार्यक्रम मार्फत १ सय १६ स्थानमा सिक्दै कमाउँदै कार्यक्रम संचालनमा रहेका छन्।...
तनहुँमा ६४६ पशुमा लम्पीस्किन, ४३ गाईगोरू मरे
कृषि, समाचार, समाज

तनहुँमा ६४६ पशुमा लम्पीस्किन, ४३ गाईगोरू मरे

नेपालअखबार, तनहुँ। अहिले देशैभर पशुमा लम्पीस्किन फैलिँदै गएको छ । तनहुँमा पनि हाल लम्पीस्किन फैलिँदै गइरहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। यही जेठ १४ गतेसम्म तनहुँमा छ सय ४६ गाईगोरुमा लम्पीस्किनको सङ्क्रमण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। जिल्लाका १० वटै पालिकामा लम्पीस्किन फैलिएको उनले बताए। लम्पीस्किनको सङ्क्रमणबाट आँबुखैरेनी गाउँपालिका बढी प्रभावित रहेको डा श्रेष्ठले बताए। उनका अनुसार आँबुखैरेनीमा दुई सय ३५, भिमाद नगरपालिकामा एक सय ८५, देवघाट गाउँपालिकामा ३८, घिरिङ गाउँपालिकामा ८७, शुक्लागण्डकी नगरपालिकामा ४५, बन्दीपुर गाउँपालिकामा २४, भानु नगरपालिकामा २१ र व्यास नगरपालिकामा १० पशु लम्पीस्किनको सङ्क्रमणबाट प्रभावित भएका छन्। म्याग्दे गाउँपालिकाको हालसम्म तथ्याङ्क नआएको उनले बताए। ऋषिङ ...
पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान
कृषि, समाचार, समाज

पाल्पामा चैतेधान खेती गर्न छाड्दै किसान

नेपालअखबार, पाल्पा । चैतेधान खेतीले हरियाली हुने अधिकांश खेत अहिले मकैले भरिन थालेका छन् । राम्रै धान फल्ने खेत भए पनि बाउबाजेको पालादेखि लगाउँदै आएको चैतेधान अहिले भने पाल्पाका किसानले क्रमिकरूपमा लगाउन छाड्दै गएका छन् । गाउँमा बसेर खेती गर्ने जनशक्ति नहुनु, वर्षेधान लगाउने र चैतेधान स्याहार्ने समय एकैपटक पर्ने, खानामा त्यति स्वाद नहुने, कतिपय ठाउँमा सिँचाइको समस्यालगायतका विभिन्न कारणले खेती कम गरिन थालेको पाइएको छ । वर्षमा २५–३० मुरी चैतेधान स्याहार्दै आए पनि १० वर्षयता लगाउन छाडेको रामपुर नगरपालिका–२ सिम्ले बस्ने सीता जिसी बताउछिन्। चैतेधानलाई भन्दा वर्षे धानलाई महत्व दिँदा हिजोआज धान लगाउने जग्गामा मकैखेती गरिँदै आएको उनको भनाइ छ । खेती गर्न झन्झट, स्याहार्ने बेला वर्षेधान लगाउने चटारो हुने भएकाले किसानले यसको खेती कम गर्दै गएका हुन् । वर्षेधानले मात्र खान नपुग्ने हुँदा अनिका...
जुम्लामा मार्सी धान रोपाइँको चटारो
कृषि, समाचार, समाज

जुम्लामा मार्सी धान रोपाइँको चटारो

नेपालअखबार, जुम्ला। जुम्ला मात्र उत्पादनहुने मार्सीधान रोपाइँको याम सुरु भएपछि यहाँका किसानलाई भ्याइनभ्याइ भएको छ।  जिल्लाको पातारासी गाउँपालिका–३ स्थित छुमचौर जिउलो विश्वकै उच्च स्थानमा उत्पादन हुने मार्सी धानको पर्यटकीय प्रवर्द्धन गर्नेका लागि धान रोपाइँ महोत्सव समेत आयोजना गरिएको छ। कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री भीमप्रकाश शर्माले मार्सी धानको बीउ रोपी महोत्सवको शुभारम्भ गरे।  कृषिमन्त्री खेतमा पुगेपछि मार्सी धानको महत्व अझै बढेको किसान बताउँछन्। पछिल्लो समयमा मार्सी धानमा रोगको सङ्क्रमण बढेको जनाउँदै किसानले धान रोप्न छोडेका थिए। मार्सी धानको उत्पादनमा लाग्न किसानलाई थप हौसला बढेको स्थानीयवासी मुनबहादुर ऐडीले बताए। जुम्लाबाट उत्पादन हुने हरेक अर्गानिक फलफुललाई बजारीकरण गर्नदेखि छुमचौरमा उत्पादन हुने काली मार्सी धानलाई संरक्षण गर्नेका लागि प्रदेश स...
रासायनिक मल कारखाना स्थापनालाई बहुवर्षीय आयोजनामा राखिने
अर्थ, कृषि, समाचार

रासायनिक मल कारखाना स्थापनालाई बहुवर्षीय आयोजनामा राखिने

नेपालअखबार, काठमाडौं । सरकारले रासायनिक मल कारखाना स्थापना गर्ने कार्यक्रमलाई बहुवर्षीय आयोजनामा राखेर कार्यान्वयन गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा सरकारले यस्तो घोषणा गरेको हो । रासायनिक मल समयमै उपलब्ध गराउने घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।उनले स्थानीय तहमा जैविक मल कारखान स्थापना गर्न प्रोत्साहन गर्ने नीति रहेको समेत बताए । बाँझो जमिनमा युवालाई प्रोत्साहन गर्ने नीति रहेको समेत उनको भनाइ छ । प्रदेश र स्थानीय तहमा शीतभण्डार निर्माण गरिने उनले बताए ।...
पढ्दै, अदुवा खेतीमा रमाउँदै विद्यार्थी
अर्थ, कृषि, शिक्षा, समाचार, समाज

पढ्दै, अदुवा खेतीमा रमाउँदै विद्यार्थी

नेपालअखबार, तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पढ्दै कमाउँदै कार्यक्रम सुरुआत गरेको छ। गाउँपालिकाले पहिलोपटक आँबुखैरेनी–४ आमडाँडाबेँसीस्थित चण्डेश्वरी आधारभूत विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम थालनी गरेको हो। विद्यार्थीलाई सीपसँग जोड्ने उद्देश्यसहित कार्यक्रम सुरु गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। ‘विद्यार्थीलाई आत्मनिर्भर बनाउनुपर्छ, सकिन्छ भन्ने दृढ इच्छाशक्तिका साथ शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोड्नुपर्छ’, उनले भने, ‘सीपयुक्त एवं स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित यो कार्यक्रम सुरुआत गरेका हौं।’ विद्यालयस्तरका बालबालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले पढ्दै कमाउँदै परियोजनाअन्तर्गत पहिलो विद्यालय छनोट गरी कार्यक्रम सञ्चालन गरिएको चुमानको भनाइ छ । यो परियोजनाअन्तर्गत विद्यार्थीले अदुवा खेतीक...
तीस मुरी धान उत्पादन हुने खेत मासेर सुन्तलाखेती
अर्थ, कृषि, समाचार, समाज

तीस मुरी धान उत्पादन हुने खेत मासेर सुन्तलाखेती

नेपालअखबार, बागलुङ।  बागलुङ नगरपालिका–९ तित्याङको अदुवाबारीस्थित एउटै पाटो खेतमा झण्डै पाँच सय सुन्तलाका बिरूवा हुर्किरहेका छन्। राम्रो धान फल्ने खेत तीन वर्षयता सुन्तला बगैँचामा परिणत भएको हो । कम लगानीमा धेरै आम्दानी दिने सुन्तला खेतीका लागि भकुण्डेका पाँचभाइले खेत मासेर सुन्तला रोपेका हुन्। बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभाइले १८ रोपनी जग्गामा लगाएका पाँच सय सुन्तलाका बिरुवाले आगामी वर्षदेखि उत्पादन दिन थाल्नेछन्। ३५ वर्षसम्म शिक्षण पेसा गरेका ६२ वर्षीय रेशमलाल शर्माले आफ्नो ६ रोपनी जग्गामा दुई सय सुन्तलाका बिरुवा लगाएका  छन्, भने अन्य चार भाइले १२ रोपनी जग्गामा करिब तीन सय सुन्तलाका बिरूवा लगाएका छन्। बागलुङ नगरपालिका–१० भकुण्डे घर भएका ती दाजुभाइले १८ रोपनी जग्गामा लगाएका पाँच सय सुन्तलाका बिरुवाले आगामी वर्षदेखि उत्पादन दिन थाल्नेछन्। ३५ वर्षसम्म शिक्षण पेसा ...
तुलसीपुरमा तरकारी बेच्न परिचयपत्र अनिवार्य
कृषि, समाचार, समाज

तुलसीपुरमा तरकारी बेच्न परिचयपत्र अनिवार्य

नेपालअखबार, तुलसीपुर। तुलसीपुर उपमहानगरपालिकाले कृषिजन्य वस्तु बिक्री वितरणका लागि परिचयपत्र अनिवार्य गरेको छ। स्थानीयस्तरमा उत्पादन गरिएका कृषिजन्य वस्तुको बजारीकरणका लागि अनिवार्य परिचयपत्र वितरण गर्न लागिएको हो । स्थानीय उत्पादन बिक्री वितरण गर्ने लक्ष्यअनुरुप यो कार्य अगाडि बढाइएको उपमहानगरपालिकाका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए। ‘अहिले बजारमा भारतबाट आएको तरकारी र बाहिरबाट आएका व्यापारीको वर्चश्व रहने गरेको छ,’ उनले भने, ‘त्यसले गर्दा स्थानीय उत्पादनले बजार पाउन सकेको छैन, यसलाई ध्यानमा राखि परिचयपत्र लागू गरेका हौँ।’ तुलसीपुरका १९ वटै वडाले सम्बन्धित वडाका किसानलाई सूचीकृत गर्न आह्वान गरेका छन्। किसानलाई परिचयपत्र वितरण गरिएसँगै बिहान ४ देखि ८ बजेसम्म तुलसीपुर बजारमा तरकारी बेच्न पाउने भएका छन्। तर परिचयपत्र नभएकालाई बिक्री वितरण गर्न दिइने छैन। कृषिजन्य वस्त...
अण्डाले मूल्य पाउन थाल्यो
अर्थ, कृषि, समाचार

अण्डाले मूल्य पाउन थाल्यो

नेपालअखबार। अण्डाले मूल्य नपाएपछि कुखुरापालक व्यवसायी छ महिनाअघि सङ्गठित भए । देशैभरका ठूला व्यवसायी भेला भएर व्यवसाय जोगाउनका लागि अन्तिम प्रयासको थालनी गरे । उनीहरूले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेर देशव्यापीरूपमा बजारीकरणमा जुटेका थिए । यतिबेला अण्डाको मूल्य प्रतिक्रेट (३० वटाको) रु दुई सय ४० हाराहारीमा झरेको थियो । विसं २०७९ असोज २९ गते पहिलो भेला भएर सङ्गठन गरेका उनीहरूले बितेका छ महिनामा देशका अधिकांश जिल्लामा पुगेर त्यहाँका किसान र व्यवसायीसँग छलफल र बजारीकरणमा जुटे । अहिले प्रतिक्रेट ठूलो अण्डाको मूल्य रु तीन सय ७० पुगेको छ । सङ्घका अध्यक्ष विनोद पोखरेले यस बीचमा झन्डै ७२ जिल्ला आफूहरू पुगेर बजारीकरणमा काम गरेको जानकारी दिए । उनले भने, “तीन–चारवटा जिल्लाबाहेक सबै जिल्लामा हामी एकपटक पुग्यौँ । कति मुख्य बजारमा धेरैपटक पुगेर छलफल ग¥यौँ ।” व्यवसायीले अवैध भित्रने कुखुराजन्...
आलु महोत्सवमा पाँच करोडको आलु बिक्री
अर्थ, कृषि, समाचार, समाज

आलु महोत्सवमा पाँच करोडको आलु बिक्री

नेपालअखबार, गण्डकी । आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव रु पाँच करोड बराबरको कारोबार गर्दै सम्पन्न भएको छ । गत चैत २६ गतेदेखि सुरुआत भएको ११ औं संस्करणको राष्ट्रिय हेमजा महोत्सवमा ८० टन आलु बिक्री हुँदा पाँच करोडको कारोबार भएको हो । हेमजाको आलु छिटो पाक्ने, विषादी कम प्रयोग हुने तथा स्वादिष्ट रहेकाले त्यहाँ उत्पादित आलुको माग उच्च हुने गरेको महोत्सवको कृषक परिचालन उपसमितिका संयोजक जयराम तिमिल्सिनाले जानकारी दिए । आइतबार सम्पन्न महोत्सव समापन समारोहमा कृषक सम्मान, कृषक परिचयपत्र वितरण, कृषि एम्बुलेन्स प्रदर्शनीलगायत विभिन्न पुरस्कार वितरण गरिएको छ । पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाको समन्वयमा विभिन्न वडाका उत्कृष्ट २४ किसानलाई सम्मानपत्रसहित नगदले सम्मान गरिएको हो । त्यस्तै हेमजाका किसान देवीरमण पौडेल, अमृत पौडेल, वीरबहादुर कार्की, सुनिता श्रेष्ठ, शीलशोभा ...