Saturday, October 24

कृषि

धान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्छ- कृषिमन्त्री भुसाल
अर्थ, कृषि, समाचार

धान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्छ- कृषिमन्त्री भुसाल

नेपालअखबार, काठमाण्डौ ।  कृषि तथा पशुपक्षी विकासमन्त्री डा वेदुराम भुसालले अधान उत्पादनलाई प्रवर्द्धन गरी अर्थतन्त्र बलियो बनाउनुपर्ने बताउनु भएको छ । राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयोजना गरेको २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा उहाँले प्रविधि र बिउ किसानसम्म पुर्‍याएर उपलब्धि हासिल गर्नतर्फ लाग्नुपर्ने बताउनु भएको हो । उहाँले बाँझो जमिनको उपयोग गर्ने यस वर्षको नीति रहेको बताउनु भएको छ । हाम्रो अर्थतन्त्रलाई सबल बनाउन धानलाई प्रवर्द्धन गर्नुपर्ने छ । एक लाख ३० हजार हेक्टर जमिन बाँझो भएको छ । राज्यको तर्फबाट उपयुक्त सेवा सुविधा पुर्‍याउन नसक्दा बसाइँसराइको दर बढिरहेको छ  । यस वर्ष बाँझो जमिनको उपयोग गर्ने नीति छ, सेवा सुविधा पुर्‍याउन मन्त्रालय क्रियाशील हुनेछ  भुसालले भन्नुभयो । उहाँले राष्ट्रिय योजना आयोगले कृषि मन्त्रालयको बजेट ‘सिलिङ’ घटाउँदा समस्य...
धान दिवसमा कृषि मन्त्री : ट्याक्टरबाटै धान राेप्दै
कृषि, राजनीति, समाचार, समाज

धान दिवसमा कृषि मन्त्री : ट्याक्टरबाटै धान राेप्दै

नेपालअखबार, काठमाडौँ । २०औँ राष्ट्रिय धान दिवसका अवसरमा कृषि तथा पशुपक्षी विकास मन्त्री डा बेदुराम भुसालले धान रोपेका छन् । कृषि विभागको आयोजनामा खुमलटारस्थित कृषि अनुसन्धान परिषद् परिसरमा आयोजित रोपाइँ महोत्सवमा कृषिमन्त्री डा बेदुराम भुसाललगायत उच्च सरकारी अधिकारीले सहभागिता जनाएका हुन् । सो क्रममा मन्त्री भुसालले ट्याक्टरमार्फत पनि धान रोपेका थिए । साथै उनी लगायत मन्त्रालयका अधिकारीहरूले भौतिक रूपमा पनि धान रोपेका थिए ।...
सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती
कृषि, समाचार

सिम्ता गाउँपालिकाको प्राथमिकता पुर्वाधार र फलफूल खेती

नेपालअखबार, सुर्खेत। सुर्खेत ( पुर्वी सुर्खेतमा रहेको सिम्ता गाउँपालिकाले नयाँ आर्थिक वर्षका लागि बजेट ल्याएको छ । सिम्ता गाउँपालिका सुर्खेतको गाउँसभा १३ औं अधिवेशनले कुल बजेट ५८,१७,७०,७०,३५०विनियोजन गरेको छ । विनियोजित बजेटको चालु तर्फ रू ३९,८९,०४,३५० र पुँजीगततर्फ रु। १८,१७,६६,०००र( छुट्याइएको छ । गाउँसभा १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष ऐन बहादुर चन्दको अध्यक्षतामा उद्घाटन भएको छ । उपाध्यक्ष गोमा शर्मा ९ रेग्मी ०ले विनियोजित बजेट प्रस्तुत गरेकी छिन् । सभामा विभिन्न विषयगत समितिका संयोजकहरूले आ(आफ्नो समितिको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । गाउँ सभाको संचालन सभाका सचिव एवम् प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले गरेका छन् । सिम्ता गाउँपालिकाले यस वर्ष गौरवका आयोजनाहरु शहिद ऋषिस्मृति चक्रपथमा २ करोड र शहिद ईन्द्र विसी द्रुतमार्गमा २ करोड विनियोजन गर्दै विशेष प्राथमिकता...
काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’
कृषि, समाचार, समाज

काभ्रेका सबै स्थानीय तहमा फैलियो ‘लम्पी स्किन’

नेपालअखबार,काभ्रे। जिल्लाको करिब ३५ हजार पशुमा ‘लम्पी स्किन’ रोगको सङ्क्रमण देखिएको छ। गत वैशाख पहिलो साता धुलिखेल नगरस्थित रविगाउँको पशुमा देखिएको सो रोग सङ्क्रमण हालसम्म काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहमा फैलिसकेको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। जिल्लामा पहिलोपटक धुलिखेल–२ रविगाउँमा देखिएको ‘लम्पी स्किन’ रोग जिल्लाका १३ वटै स्थानीय तहमा देखिएको केन्द्रका निमित्त प्रमुख डा कार्कीले बताए। उनका अनुसार पक्स समूहको काप्रीपक्स भाइरसबाट गाई, भैँसीमा लाग्ने लम्पी स्किन रोग करिव दुई महिनाको अवधिमा जिल्लाका सबै स्थानीय तहको गाउँ तहमा पुग्दा ३५ हजार पशुमा सङ्क्रमण देखिएको तथ्याङ्क प्राप्त भएको छ। रोगको सङ्क्रणले स्थानीय पशुपालक कृषक निकै चिन्तित बनेका छन्। उनले उक्त रोगका कारण जिल्लामा हालसम्म कम्तीमा ४५  गाई तथा ३५ हजार सङ्क्रमित पशुमध्ये करिब दुई हजार भैँसी...
अध्यापनसँगै तरकारी खेतीबाट मनग्य कमाइरहेका धनवीरसिंह
कृषि, समाचार, समाज

अध्यापनसँगै तरकारी खेतीबाट मनग्य कमाइरहेका धनवीरसिंह

नेपालअखबार, बैतडी। बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन्। उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउँछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्छ। गाउँमा उनी 'नमूना कृषक’का नामले पनि चिनिन्छन्। साउँद तीन वर्षदेखि व्यवसायिक तरकारी खेती गरिरहेका छन्। तरकारी खेतीबाट उनी वार्षिक चार लाख रूपैयाँसम्म कमाउँछन्। साउँदलाई तरकारी खेतीका लागि शिवनाथ गाउँपालिकाले पोलिहाउस, विषादी, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ । पोलिहाउसभित्र गरिएको तरकारी खेतीमा अहिले गोलभेँडा, बन्दा उत्पादन भएका छन् । पोलिहाउसमा लटरम्म फलेका गोलभेँडा र बन्दाले मन नलोभ्याउने शायदै होलान्। आफूले पाँच रोपनी क्षेत्रफलमा १३ पोलिहाउस  निर्माण गरी गोलभेँडा र बन्दासँगै बोडी, अदुवा, बेसारखेती पनि गर्दै आएको साउँद बताउँछन्।  'ग...
असार लाग्यो, सुरू भयो धान रोपाइँ रासस रासस काठमाडौं, असार १
कृषि, समाचार, समाज

असार लाग्यो, सुरू भयो धान रोपाइँ रासस रासस काठमाडौं, असार १

नेपालअखबार, काठमाडाैं। यस वर्षको मनसुन सुरु भएसँगै भक्तपुरका किसानलाई यतिखेर धान रोपाइँको चटारो  छ। यतिबेला भक्तपुरका चारवटै नगरपालिका क्षेत्रका खेतहरूमा धान रोप्ने किसानको लर्को देखिन्छ। बिहीबारदेखि ठूलो पानी परेर खेतमा पानी भरिएपछि त्यहाँका किसानहरू धान रोपाइँमा जुटेका हुन्। तर, जेठ महिनामा पानी नपर्नाले धानको बीउ ब्याडमै डढ्ने र मर्ने हुँदा यसपालि बीउको अभाव भएको किसानको भनाइ छ। सूर्यविनायक नगरपालिका–१० चित्तपोलका किसान सानुकाजी कार्कीले घामले धानको बीउ डढेर कम भएपनि रोपाई नरोकिएको बताए। उनले ब्याडमा रहेका छोटा बीउसमेत रोपेर धान रोपाइँलाई  तीव्रता दिइएको बताए। रासायनिक मलको भने अभाव भएको उनले बताए। 'पानी परेर खेतका गरा भरिएपछि किसानलाई धान रोपाइको चटारो परेको छ, यतिखेर रासायनिक मल भने आवश्यकताअनुसार पाइएको छैन,' उनले भने। चाँगुनारायण नगरपालिका–४ छालिङमा खेतमा रोपाइँ गरिरहेका...
उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित
कृषि, समाचार, समाज

उखु खेतमै सुक्न थालेपछि किसान चिन्तित

नेपालअखबार, कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ नन्दगाउँका लोकबहादुर बडायक केही दिनयता खेतखलियानमै व्यस्त छन् । उनले दुई बिघाभन्दा बढी जमिनमा उखु खेती गरेका छन् । केही दिनयता खेतको उखु सुक्न थालेको छ । त्यसैले खेतको उखु सिँचाइ गर्नैमा दिन बित्छ, उनको । “पानी नपर्दा गर्मीले खेतको उखु सुक्दै गएको छ, यस्तै रह्यो भने उखु सबै सुकेर नष्ट हुने सम्भावना छ”, उनले भने, “खेती जगाउन हम्मेहम्मे परेको छ ।” विगतका वर्षमा पनि उखु सुक्ने गरेको भए पनि यस वर्ष अत्यधिक मात्रामा उखु सुक्दै गएको उहाँको भनाइ छ । “यसपटक गर्मी पनि अत्यधिक छ, आकाशको पानी पनि परेको छैन”, उनले भने, “बोरिङबाट खेतमा पानी लगाइरहेका छौँ ।” बेलौरी नगरपालिका–१० भुडाका धनीदत्त भट्ट खेतको उखु कसरी जोगाउने भनेर चिन्तित छन्। दुई बिगाह जग्गामा उनले उखु खेती गरेका छन् । करिब आधा बिघाभन्दा बढीको उखु सुकेर नष्ट भइसकेको उनले बताए । ...
तनहुँमा पशुलाई लगाउन थालियो लम्पीस्किनविरूद्धको खोप
कृषि, समाचार, समाज, स्वास्थ्य

तनहुँमा पशुलाई लगाउन थालियो लम्पीस्किनविरूद्धको खोप

नेपालअखबार, तनहुँ। तनहुँमा लम्पी स्किनविरुद्ध पशुलाई खोप लगाउन सुरु गरिएको छ। म्याग्दे गाउँपालिकाले पशुलाई रोगबाट बचाउनका लागि पहिलो पटक खोप लगाउन थालिएको हो। पछिल्लो समय जिल्लाभर सो रोग फैलिएपछि गाउँपालिकाले सातवटै वडामा पालिएका पशुलाई खोप लगाउने कार्य सुरु गरेको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा. विनय शाहले बताए। उनका अनुसार पहिलो चरणमा दूध उत्पादन धेरै हुने वडाका पशुलाई प्राथमिकतामा राखेर खोप लगाउन थालिएको छ । उनले भने, 'व्यावसायिक रुपमा गाईभैँसी पालन गरिएका र दूध उत्पादन बढी गर्ने कृषकको गोठमै पुगेर खोप लगाउन सुरु गरेका छौँ। क्रमशः सबै वडामा पशुलाई खोप लगाइनेछ।' प्रमुख डा. शाहका अनुसार गाउँपालिकाका सात वटै वडाका दुई हजार गाईभैँसी, गोरु, राँगालाई खोप लगाउने कार्यक्रम रहेको छ। गाउँपालिकाबाटै खोप खरिद गरी पशुलाई लगाउन थालिएको बताउँदै उनले भने, 'पहिलो चरणमा दुई हजार खोपको...
उचित मूल्य नपाउँदा गोलभेँडा बारीमै
अर्थ, कृषि, समाचार, समाज

उचित मूल्य नपाउँदा गोलभेँडा बारीमै

नेपालअखबार, उदयपुर। उदयपुरको कटारी नगरपालिका–११ का कृषक पुष्पराज खड्काले २० क्विन्टलभन्दा बढी गोलभेँडा उत्पादन गर्नुभयो । उहााले मात्र होइन उक्त वडाका एक सय ५० परिवारले सोही हाराहारीमा गोलभेँडा उत्पादन गरेका छन् । तर गोलभेँडा बिक्री गर्न भने कृषकलाई हम्मेहम्मे परेको छ । बिक्री भए पनि उनीहरुले उचित मूल्य भने पाउन सकेका छैनन् । वडाध्यक्ष अनन्त हायुका अनुसार वडामा चार सय रोपनीभन्दा बढी जग्गामा खुलारुपमा र चार सय रोपनी जतिमा टनेलमा गोलभेँडा उत्पादन गरिएको छ । उक्त वडामा मात्रै यस वर्ष ५० टनभन्दा बढी गोलभेँडा उत्पादन भएको गोलभेँडा सङ्कलन केन्द्रका नुजराज कार्कीले जानकारी दिए । “उत्पादन पर्याप्त मात्रामा भएको छ, तर कृषकले चाहेको जस्तो मूल्य पाएका छैनन्”, उनले भने, “हामीसँग चिस्यान केन्द्र पनि छैन । भण्डारण गरेर राख्न सक्ने अवस्था छैन ।” कार्कीका अनुसार केन्द्रले जस्ताको छानो भएको भवनमा ...
वार्षिक २० लाखसम्म कमाउँदै गाउँका ‘गौपालक’
अर्थ, कृषि, समाचार

वार्षिक २० लाखसम्म कमाउँदै गाउँका ‘गौपालक’

नेपालअखबार, भोजपुर । कृषि पेसामा युवा कमै भेटिन्छन्। खास गरेर छोटो समयमा राम्रो आम्दानी गर्ने सबैमा अभिलाषा हुन्छ। छिटो पैसा कमाउने सोचले युवाले वैदेशिक रोजगारलाई रोज्ने गरेका छन्। युवाले स्वदेशमा मेहनत गर्नुभन्दा विदेशप्रति नै बढी मोह देखाउने गरेको अवस्था छ। तर भोजपुर नगरपालिका–४ सिद्धेश्वरका २४ वर्षीय युवा गणेश विष्ट कृषि व्यवसायमा उदाहरणीय बनेका छन्। विदेशप्रतिको मोह त्यागेर समाजमा उदाहरणीय काम गर्ने लक्ष्यले सानै उमेरमा कृषिमा होमिएका उनी युवाको उत्प्रेरणाको स्रोत बनेका छन्। करिब पाँच वर्षअघि इलामबाट उन्नत गाई ल्याएर व्यावसायिक पशुपालनमा लागेका उनी यही पेसामा रमाइरहेका छन्। हालसम्म व्यावसायिक गाईपालनका लागि १५ लाख रूपैयाँ बढी लगानी गरिसकेको उनको भनाइ छ। पशुपालनबाट निस्केको मलको सदुपयोग गर्दै उनले व्यावसायिकरुपमा सुन्तला तथा तरकारी खेतीसमेत गर्दै आएका छन्। दाँवाली कृषि तथा प...