Saturday, June 27

कृषि

गण्डकी प्रदेशमा धान उत्पादन घट्यो
कृषि, प्रदेश ४, समाचार

गण्डकी प्रदेशमा धान उत्पादन घट्यो

नेपालअखबार, गण्डकी । गण्डकी प्रदेशमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ । गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले धान कम फलेको हो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्याङ्कअनुसार यसपालि तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन धान उत्पादन भएको छ ।  गत वर्ष चार लाख छ हजार तीन सय ३६ मेट्रिक टन धान उत्पादन भएको थियो । धानको उब्जाउ क्षेत्र पनि घटेको पाइएको छ । अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको थियो । अन्य प्रदेशको तुलनामा यहाँ धानको उत्पादन र क्षेत्रफल दुवै घटेको तथ्याङ्कले देखाउँछ । देशभर समग्रमा धान उत्पादन बढ्दा गण्डकी प्रदेशमा घरघडेरीका नाममा धानको उब्जाउ क्षेत्र नासिँदा उत्पादन घटेको प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताए । “खेतीयोग्य जग्गामा बजारीकरण तीब्र छ, जग्गा बाँझिने...
रिट्ठा खेतीबाट आर्थिक आम्दानी गर्न थाले उदयपुरका किसान
अर्थ, कृषि, समाचार, समाज

रिट्ठा खेतीबाट आर्थिक आम्दानी गर्न थाले उदयपुरका किसान

नेपालअखबार, उदयपुर । उदयपुरको मध्य तथा उत्तरी र पूर्वी पहाडी क्षेत्रमा रिट्ठा खेतीमा विस्तार र उत्पादनमा वृद्धिसँगै अहिले कृषकहरुले आर्थिक आम्दानी गर्न थालेका छन् । अहिले आएर जिल्लाको मध्य पहाडी क्षेत्रको उदयपुर गढी गाउँपालिका, रौतामाई गाउँपालिकासहित पूर्वी पहाडी क्षेत्रको चौदण्डीगढी नगरपालिकाको सावा सिद्धिपुर बेलकाको बबला क्षेत्रहरुमा बर्सेनि व्यावसायिक रुपमा रिट्ठाखेतीको वृद्धि हुँदै गएको छ भने कृषकहरुले आर्थिक आम्दानीसमेत गर्न थालेको कृषकहरु बताउँछन् । केही वर्षदेखि यता आएर जिल्लाको त्रियुगा नगरपालिकाको साउने, खाँबु र रानीबास आधेरी क्षेत्रमा समेत व्यावसायिक रुपमा रिट्ठा खेती विस्तार हुँदै गएको कृषकहरु बताउँछन् । नगदे बालीका रुपमा बिक्री गर्न सकिने र सहज तरिकाले रिट्ठा बिक्री गरेर आर्थिक आम्दानी लिन सकिने हुनाले अहिले जिल्लाको उदयपुरगढी गाउँपालिकाको भलायाडा क्षेत्र, डुम्रेसहित र...
धानको उत्पादन वृद्धि भएपछि घट्यो चामल आयात
अर्थ, कृषि, समाचार

धानको उत्पादन वृद्धि भएपछि घट्यो चामल आयात

नेपालअखबार, काठमाडाैं । अघिल्लो वर्षको तुलनामा धान उत्पादनमा वृद्धि भए पनि मुलुकको राष्ट्रिय आवश्यकता धान्न अझै करिब चार लाख ८० हजार मेट्रिक टन चामल कमी हुने देखिएको छ । नेपालमा चामलको राष्ट्रिय आवश्यकता करिब ४० लाख मे।टन रहेकामा  ३५ लाख २० हजार मे।टन आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमान छ । पछिल्लो वर्षमा धानको समग्र राष्ट्रिय उत्पादन बढेको तथा चामलको आयात घटको अवस्थामा पनि  उक्त परिमाणको चामल कमी हुने देखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । चामलको उपभोग करिब एक सय २१ केजीप्रति व्यक्ति प्रतिवर्ष हुने देखिन्छ । यस हिसाबले चामलको आवश्यकता करिब ४० लाख मे।टन चामल रहने देखिन्छ । अघिल्ला आर्थिक वर्षको तुलनामा आव २०७८/८९ मा धान/चामल/कनिकाको आयात भने करिब रु चार अर्ब अर्थात् ६.३ प्रतिशतले घटेको थियो । आव २०७८/७९ को पाँच महिनाअर्थात् मङ्सिरसम्मको तुलनामा ३८.२ प्रतिशतले कमी आए...
पनौतीको ६१ प्रतिशत माटोमा अम्लियपन
कृषि, समाचार, समाज

पनौतीको ६१ प्रतिशत माटोमा अम्लियपन

नेपालअखबार, पनौती। पनौती नगरपालिकाको माटोमा ६१ प्रतिशत माटोमा अम्लियपन भएको पाइएको छ । नगर क्षेत्रका चार सय ६१ कृषकको खेतबारीमा चार दिन लगाएर गरिएको माटो परीक्षणमा माटोमा अम्लियपन देखिएको हो ।  प्रदेश राजधानी हेटौंडास्थित माटो तथा मल परीक्षण प्रयोगशाला तथा पनौती नगर कृषि तथा पशुपक्षी शाखाको संयुक्त आयोजनामा माटो परीक्षण गरिएको थियो । प्रयोगशालाका विज्ञ डा जनार्दन खड्काले पनौतीको माटोमा अत्यधिक अम्लियपना देखिएकाले यसलाई समस्याग्रस्त माटोका रुपमा लिइएको बताए । “युरियालगायतका रासायनिक मल कम गरी कम्पोष्ट मलको अधिकतम प्रयोग गर्नु राम्रो हुन्छ”, खड्काले भने । पनौतीको माटोको अम्लियपना कम गर्न प्रयोशालामार्फत् २१ मेट्रिक टन कृषि चुन उपलब्ध गराइने खड्काले बताए । साथै प्रयोगशालाले समस्याग्रस्त माटो सुधार गर्न ‘भकारो सुधार’ कार्यक्रम सञ्चालन गरिने योजना बनाएको छ । खड्काले पनौतीका कृषकले आफ्...
टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती
कृषि, समाचार, समाज

टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती

टीकापुर । कैलालीको टीकापुर-८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ । श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीका लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज हुने भएकाले यो खेती रोजेको बताएका छन् । किसानलाई आलुखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले सघाएको छ । आयोजनाले त्यहाँका किसानलाई साढे २२ बिघा जमिनमा सामूहिकरूपमा आलुको ब्लक प्रदर्शनका लागि सघाएको छ । त्यसका साथै व्यक्तिगतरूपमा खेती गर्नेका लागिसमेत सहयोग गरेको छ । सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइको सहयोगपछि स्थानीय किसान मिलेर खेती गरेका हुन् । ‘श्रीलङ्कामा हात्तीको आतङ्क बढी हुने, छाडा पशुले बाली नोक्सान गर्ने र यहाँको माटो बलौटे भएकाले आलुखेतीको ब्लक स्थापाना गरी खेती गरिरहेका छौं’, किसान धनसिंह साउदले भने, ‘यहाँ अधिकांशले उखुखेती गर्ने गरेका थिए ।...
विदेशबाट फर्केर गाइपालन
अर्थ, कृषि, समाचार, समाज

विदेशबाट फर्केर गाइपालन

नेपालअखबार, तुलसीपुर। तुलसीपुर उपमहानगरपालिका वडा नं ८ दुधेनाका ४६ वर्षीय शशि बुढाथोकी व्यावसायिकरुपमा उन्नत जातका गाई पाल्दै आएकी छन् । विगत १२ वर्षदेखि पशुपालन व्यवसाय गर्दै आएकी उनले अहिले आफ्नो परिवारका तीनसदस्यसहित अन्य दुई जनालाई रोजगारी पनि दिएकी छन् । यो पेसाबाट सन्तुष्ट भएकी बुढाथोकीले भनिन्, “वार्षिक करिब रु दस लाखदेखि रु १२ लाखसम्म बचत गर्न सफल भएको छु, यसलाई सन्तोष नै मान्नुपर्छ ।” बिहानको मिमिरे उज्यालोदेखि साँझसम्म प्राय गाईका बाच्छाबाच्छीको स्याहार सुसारमा  व्यस्त रहने उनी धन कमाउनकै लागि १२ वर्ष पहिले साउदी अरब गएकी थिइन् । त्यहाँ गएका नेपालीले पाएको दुःख देखेपछि अप्ठेरो पर्दा सहयोग गर्न नेपालीहरुसँग आर्थिक सहयोग सङ्कलन गरिएकामा गैरकानूनी भएको भन्दै साउदीका एक व्यापारीले प्रहरीलाई खबर गरेकाले आफू साउदी जेलमा परेको बुढाथोकीले बताइन् । पछि नेपाली दूतावासको सयोगमा २०५६ स...
अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित
कृषि, समाचार, समाज

अलैँचीमा ढुसीको प्रकोप, फल नलागेपछि कृषक चिन्तित

नेपालअखबार, पर्वत। पर्वतको मोदी गाउँपालिका–४ क्याङको खुइजरीकी धनमाया पुर्जाको धेरै समय अलैँचीका बोटको सरसफाइमा बित्न थालेको छ । स्थानीय मजुवापाखा कबुलियती वनमा २०७४ सालमा लगाएका अलैँचीका बिरुवा अब फल्ने क्रममा छन् । तर अलैँची लगाएको क्षेत्रमा पुग्दा उहाँ सुस्केरा हाल्नुहुन्छ । कारण हो, दिनहुँ सुक्दै गएका अलैँचीका बिरुवा । मजुवापाखा कबुलियती वन तथा कृषक समूहमा आबद्ध रहेका कृषकले २०७४ सालदेखि अलैँची खेती गर्न सुरु गरेका हुन् । उनीहरूले हालसम्म झन्डै ३० हजार बिरुवा रोपेका छन् । यस वर्ष अलैँचीले उत्पादन दिने कुरामा उनीहरू ढुक्क थिए तर विगत दुई वर्षदेखि अलैँचीको बोटका पात सुक्दै जाने र बोट नै मर्ने समस्याले उनीहरू निराश छन् । उनीहरूले नयाँ बिरुवा रोप्दै गरेको भए पनि हुर्किएर फल लाग्नुपर्ने बोट रोगको सिकार हुँदै गएपछि उनीहरूको पाँच वर्षदेखिको मेहनत र लगानी खेर जाने अवस्थामा पुगेको छ । “लगभ...
मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने
अर्थ, कृषि, समाचार

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

नेपालअखबार, रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा किवीको बिरुवा लगाएका छन् । बिरुवा लगाइएको करिब दुई वर्षमै बारीमा किवी फल्न थालेपछि शाही निकै खुसी छन् । किवी फले पनि जिल्लामै थोरै मात्रामा बिक्री भएकाले ठूलो मात्रामा फलेको किवी बजारसम्म पुर्‍याउन उनलाई निकै गाह्रो भयो । घरबाट डोकोमा बोकेर करिब दुई किलोमिटर हिँडेपछि मात्र सडक भेटिन्थ्यो । सडकमा किवी पुर्‍याए पनि गाडीले किवी बोक्न नमान्दा शाहीलाई किवी बिक्री गर्न निकै समस्या भयो । उनी मात्रै होइन, उक्त नगरपालिकामा किवी खेती गरेका किसानलाई बिक्री गर्न धेरै समस्या भयो । किवीले बजार पाउन छाडे पनि नगरपालिकामा रहेको एउटा वाइन उद्योगले खरिद गर्ने भएको छ । नगरपालिकाका किसानले उत्पादन गरेको किवी...
किसानले अझै पाएनन् मल
कृषि, समाचार, समाज

किसानले अझै पाएनन् मल

नेपालअखबार, कैलाली। कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बसेका थिए । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उनी मलका लागि लाइनमा बसेका हुन् । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको  छैन”, उनले भने, “बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाडेका छन् । उनी मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउँछन् । “खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन”, उनले भने, “बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।” भजन...
मुस्ताङबाट यो वर्ष ५० करोडको स्याउ निकासी
अर्थ, कृषि, समाचार

मुस्ताङबाट यो वर्ष ५० करोडको स्याउ निकासी

नेपालअखबार, म्याग्दी । मुस्ताङबाट यस वर्ष रु ५० करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । मुस्ताङमा उत्पादन भएको छ हजार छ सय मेट्रिक टनमध्ये ७० प्रतिशत अथवा चार हजार छ सय २० मेट्रिक टन स्याउ निकासी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । भदौमा प्रतिकिलो रु एक सयका दरले बिक्री भएको मुस्ताङको स्याउको मूल्य मङ्सिर पहिलो साता आइपुग्दा प्रतिकिलो १२० देखि १३० भएको छ । सरदर प्रतिकिलो ११० का दरले स्याउ बिक्री भएको कृषकले बताएका छन् । जसअनुसार निकासी भएको स्याउको मूल्य ५० करोड ८२ लाख हुन आउँछ । कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीले गत वर्षको तुलनामा यसपालि १८.५६ प्रतिशतले स्याउ उत्पादन बढेको बताए । ‘बगैँचामा पुगेर क्रप कटिङ र सोधपुछ गर्दा उत्पादन बढेको पाइयो’, उनले भने, ‘अनुकूल मौसमले उत्पादकत्व, क्षेत्रफल र नयाँ बिरुवा थपिएकाले उत्पादन बढेको हो ।’ कुल पाँच सय ८० हेक्टर ज...