Tuesday, February 3

कृषि

कुखुरा फार्ममा पहिरो खस्यो, हजार कुखुरा मरे
अर्थ, कृषि, समाचार

कुखुरा फार्ममा पहिरो खस्यो, हजार कुखुरा मरे

नेपाल अखबार, बागलुङ। बागलुङ र म्याग्दी जिल्लाको सिमानास्थित रत्नेचौरको कुखुरा फार्ममा पहिरो खस्दा एक हजार कुखुरा मरेका छन्। अविरल वर्षापछि बिहीबार फार्ममाथिबाट गएको पहिरो र भेलका कारण पालुवा कृषि तथा पशु विकास फार्मका लेयर्स प्रजातिका एक हजारभन्दा बढी कुखुरा मरेको सञ्चालक मातृका शर्माले जानकारी दिए। रातको समयमा फार्ममाथिबाट आएको पहिरोले फार्मको एउटा भवनमा पूर्णरूपमा क्षति भएको छ भने अन्य पाँच भवनमा सामान्य क्षति पुगेको शर्माको भनाइ छ। लगातारको वर्षाले फार्ममाथिबाट पहिरो आउँदा कुखुरा फार्ममा क्षति पुगेपछि लगानी डुबेको शर्माले बताए। अण्डा दिँदै गरेका कुखुरा मर्दा रु १० लाख र भौतिक संरचनामा रु १५ लाखभन्दा बढी क्षति भएको शर्माले बताए। ‘पहिरोसँगै आएको माटोको लेदोले फार्ममा रहेका कुखुरा मरेका छन् भने भौतिकरूपमा ठूलो क्षति पु¥याएको छ’, शर्माले भने, ‘व्यावसायिकरूपमा अण्डा उत्पादन गरी अण्डामा आत्मन...
चार हजार हेक्टर धानबाली डुबान
कृषि, समाचार, समाज

चार हजार हेक्टर धानबाली डुबान

नेपाल अखबार, सप्तरी। असार अन्तिम साता अविरल वर्षाका कारण आएको बाढीले सप्तरी र सिरहाको करिब चार हजार हेक्टर धानबाली डुबानमा परेको छ । रोपाइँ सकिनै लाग्दा शुरु भएको वर्षा र बाढीले सप्तरी र सिरहामा करिब दुईरदुई हजार धानबाली डुबानमा परेको कृषि ज्ञान केन्द्र राजविराजले जनाएको छ । केन्द्रको अध्ययन परीक्षण तथा तथ्याङ्क शाखाका कृषि अर्थविज्ञ किसनदेव राउतले सप्तरी र सिरहामा ९० देखि ९५ प्रतिशत धान रोपाइँ भइसकेका बेला लगातारको वर्षासहित आएको बाढीले धानबाली डुबाएको बताए । सप्तरीको तिलाठी कोइलाडी, छिन्नमस्ता, राजगढ, विष्णुपुर, बलान बिहुल गाउँपालिका, हनुमाननगर कङ्कालिनी, डाकनेश्वरी, सप्तकोशी नगरपालिकामा लगाएको धानबाली डुबानमा परेको छ । सप्तकोशी, खाँडो, त्रियुगा, महुली, बलान, खडक, जितालगायत खोलाको बाढी धानबालीमा पसेको राउतले बताए । यसैगरी, सिरहामा कमला, मैनावतीलगायत नदीको बाढीले भगवानपुर, नवराजपुर, वरिया...
मुस्ताङमा पाइने जिम्बुको माग पोखरामा अत्याधिक
कृषि, समाचार

मुस्ताङमा पाइने जिम्बुको माग पोखरामा अत्याधिक

वासुदेव पौडेल/निरज थकाली।  हिमाली जडिबुटी जिम्बु यतिखेर धेरैजसोका घरका भान्छामा पाउने गरिन्छ । पछिल्ला समयमा बढ्दै गएको थकाली खाना प्रतिको मीठो स्वादमा जिम्बुको ठूलै भूमिका छ । हिमाल पारीको जिल्ला मुस्ताङको जिम्बु यतिखेर गण्डकी प्रदेशको राजधानी पोखरासहित यस आसपासका जिल्लामा पुग्ने गरेको छ । विशेष गरी दाल झान्ने प्रयोजनमा सर्वसाधारणले यसको उपयोग गर्दछन् । वास्नादार जिम्बुले झानेको दालमा छुट्टै स्वाद त हुन्छ नै यो स्वास्थ्यका लागि पनि बहुउपयोगी मानिन्छ । रुघा खोकी लागेका व्यक्तिले जिम्बु राखेर पकाएको पानी पिएमा निको हुने र स्वासप्रस्वासजन्य अन्य समस्यामा पनि यसले फाइदा पुर्याउने गर्दछ । समुद्री सतहबाट तीन हजार मिटर भन्दा माथिको हिमाली क्षेत्रमा जिम्बु पाइन्छ । मुस्ताङको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका वडा नं ३ छुसाङका स्थानीय समाजसेवी एवम् मुखिया विनोद गुरुङ पछिल्ला समयमा मुस्ताङमा उत्पाद...
दाङमा सलहले करिब १८ बिगाहाको मकैमा क्षति
कृषि, समाचार

दाङमा सलहले करिब १८ बिगाहाको मकैमा क्षति

नेपाल अखबार, दाङ । दाङको देउखुरीमा आइतवार दिउँसो आएको सलहले १८ बिगाहामा लगाएको मकैमा क्षति पु¥याएको छ । देउखुरी क्षेत्रको राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र दाङले जानकारी दिएको छ । गढवा गाउँपालिका र राप्ती गाउँपालिमा गरी करिब १८ बिगाहामा क्षति पु¥याएको कृषि ज्ञान केन्द्रका प्रमुख सन्देश धितालले जानकारी दिए । ‘सलहले मकैमा ६० देखि ७० प्रतिशत क्षति पु¥याएको छ’, प्रमुख धितालले बताए । सलहले धेरै मकै बालीमा क्षति पु¥याएको उनको भनाइ रहेको छ । स्थानीय बासिन्दाको अनुसार करिब १ घण्टा जति बसेको धितालले बताए । देउखुरी क्षेत्रमा आइतवार दिउँसो सलह प्रवेश गरेको थियो । अझै सलह आउने सम्भावना रहेको प्रमुख धितालले बताए । कृषकहरुलाई सचेत रहनसमेत आग्रह गरेका छन् । यसअघि असार १६ गते र १७ गते जिल्लामा सलह देखिएको थियो । दोस्रोपटक जिल्लामा सलह प्रवेश गरेसँगै कृषकहरु चिन्तित भए...
पोखराको अर्मला फाँटमा भ्वाङ पर्न छोडेपछि पुन: खेतीपाती शुरु, अवस्था सामान्य बन्दै
कृषि, समाचार, समाज

पोखराको अर्मला फाँटमा भ्वाङ पर्न छोडेपछि पुन: खेतीपाती शुरु, अवस्था सामान्य बन्दै

हरि बाँस्तोला, पाेखरा। केही वर्षयतादेखि गोलो आकारको भकारी जस्तै भ्वाङ परेर भास्सिएपछि त्रास उत्पन्न भएको पोखरा महानगरपालिका वडा नं १६ स्थित अर्मलाको ठूलोबेंसी फाँट यतिखेर भने पूर्ववत् अवस्थामा फर्केको छ । विसं २०७० मङ्सिर ५ गते यो फाँटका केही जग्गामा भ्वाङ पर्न थालेपछि लगातार जमिन बाँझिएको थियो । तर अहिले भने यहाँका बासिन्दा रोपाइँमा व्यस्त छन् । जमिनमा एकाएक भ्वाङ पर्न थालेपछि भूगर्भविद्हरुको टोलीले अनुसन्धान थाल्यो र पछि उनीहरुको सुझावमा फाँटहुँदै बग्ने कालीखोलामा चेकड्याम निर्माण गरिएको हो । पछिल्ला वर्षमा भ्वाङ पर्न छोडेपछि स्थानीय ढुक्कसँग कृषिकर्ममा फर्किएका हुन् । राम्रो कृषिजन्य उत्पादन हुने उर्वर यो फाँटको लगभग ५ सय रोपनी जमिनमा एक सयभन्दा बढी ठाउँमा भ्वाङ परेको थियो । अहिले ती सबै पुरिएका छन् । अघिल्लो वर्षसम्म बाँझै  रहेको खेत यस वर्ष पूरै रोप्ने तयारी छ र कतिपय स्थानमा रोपाइँ स...
कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ
कृषि, समाचार

कर्णालीमा ३९ प्रतिशत धान रोपाइँ

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशमा असार १४ गतेसम्म ३९ प्रतिशत धान रोपाईं भएको छ । कर्णालीमा धान हुने कूल ४९ हजार ४२५ हेक्टर जमीन मध्ये हालसम्म १९ हजार २४२ हेक्टरमा ३९ प्रतिशत धान रोपाइँ सकिएको हो । त्यस्तै २७६ हेक्टर धान खेती हुने डोल्पामा शतप्रतिशत रोपाइँ भएको कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता हरिप्रसाद पण्डितले जानकारी दिए । त्यस्तै १३ हजार ५०२ हेक्टर क्षेत्रफलमा धान खेती गरिने सुर्खेतमा भने हालसम्म १५ प्रतिशत मात्र रोपाइँ भएको प्रवक्ता पण्डितले बताए । त्यसैगरी, आठ हजार ३०१ हेक्टर जमीनमा धान खेती हुने दैलेखमा १५, सात हजार ७८ हेक्टर क्षेत्रफल भएको सल्यानमा ६५, चार हजार १६७ हेक्टर क्षेत्रफलको मुगुमा ६५ र तीन हजार ७० हेक्टर क्षेत्रफल भएको जाजरकोटमा ६५ प्रतिशत धान रोपाई भएको उनले जनाए । उनका अनुसार सात हजार ७८ हेक्टर क्षेत्रफलको रुकुपश्चिममा ३६, ५७...
नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै
अर्थ, कृषि, विदेश, समाचार

नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्दै

नेपाल अखबार, एजेन्सि । नेपालसँगको सीमा विवाद भारतलाई महँगो पर्न थालेको छ । भारतका व्यवसायी तथा कृषकहरु सीमा विवादको मारमा पर्न थालेको समाचार प्रकाशमा आएको हो । भारतको हिमाचल प्रदेश स्याउका लागि प्रख्यात छ । हिमाचल प्रदेशको स्याउ भारतका सबैजसो मुख्य बजारमा पुग्ने गर्दछ । स्याउको सिजन सुरु हुन थालेको छ । करिब एक महिनामा हिमाचल प्रदेशका स्याउ बजारमा जान तयार हुन्छन् । स्याउ किसान तथा व्यवसायीहरु भने यतिबेला छट्पटीमा परेका छन् । यो सिजनको स्याउ बजारमा कसरी पु-याउने भन्ने चिन्तामा उनीहरु छट्पटिन थालेका हुन् । करिब पाँच लाख नेपाली मजदूर हिमाचल प्रदेशमा स्याउको अर्थव्यवस्थाका मेरुदण्ड मानिन्छन् । अप्रिल यता नेपाली मजदूर स्याउ बगानमा फर्किएका छैनन् । सुरुमा कोरोना महामारी र लकडाउनले उनीहरु बगानमा पुग्न सकेका थिएनन् भने अहिले भारत–नेपाल सम्बन्ध बिग्रिएका कारण उनीहरु बगानमा फर्कने अनिश्चित बनेको हो...
पोखरामा रोपाइँ महोत्सव भएन
कृषि, समाज

पोखरामा रोपाइँ महोत्सव भएन

नेपाल अखबार, पोखरा । धान रोपाइँ हुने असार महिनामा कसरी पर्यटकलाई आकर्षित गर्न सकिएला ? पोखराका पर्यटन व्यवसायीले जुक्ति निकाले, ‘रोपाइँसँग पर्यटनलाई जोडेर इभेन्ट गर्न ’ सुरू भयाे । यो आजभन्दा १७ वर्षअघिको कुरा थियो । १५ असार अर्थात धान दिवसलाई पर्यटनसँग जोडेर हिलो खेल्ने लगायतका कार्यक्रम निधो पर्यटन परिषद पोखराले गर्‍यो । पोखराका पर्यटनसँग सम्बन्धित संस्था परिषदमा आवद्ध छन् । असार १५ को संस्कृतिसँग जोडेर विभिन्न इभेन्ट राख्न सकियो भने यसले पर्यटन क्षेत्रमा थप टेवा पुग्छ भनेर रोपाइँ महोत्सव गर्ने परिकल्पना गरेका थियौं,’ परिषदका तत्कालीन अध्यक्ष डम्बर केसीले भने, ‘पछिपछि रोपाइँ महोत्सव यसरी ब्रान्डिङ हुँदै जान थाल्यो कि पर्यटकहरु यसकै लागि भनेर आउन थाले ।’ संस्कृति र प्रकृतिलाई जोड्न सकियो भने थप पर्यटक आउँछन् भन्ने विश्वासमा पहिलो पटक बिरौटा फाँटदेखि रोपाईं महोत्सव सुरु भएको थियो । ...
विश्वव्यापी फैलिएको कोरोना रोकथामसँगै स्वरोजगार अभिवृद्धि प्राथमिकतामा
अर्थ, कृषि, समाचार

विश्वव्यापी फैलिएको कोरोना रोकथामसँगै स्वरोजगार अभिवृद्धि प्राथमिकतामा

नेपाल अखबार, पोखरा। कास्कीको अन्नपूर्ण गाउँपालिकाले विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारी रोकथामसँगै स्वरोजगार अभिवृद्धिका कार्याक्रमलाई प्राथमिकतामा राखेको छ । गाउँपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अध्यक्ष युवराज कुँवरले कोरोना सिर्जित असामान्य अवस्थाका कारण वैदेशिक तथा स्वदेशमा रोजगारी गुमाएका युवालाई निजको ज्ञान, सीप, अनुभवलाई प्रयोग गरी स्वरोजगार तुल्याउनका साथै आन्तरिक उत्पादनमा आत्मनिर्भरता कायम गरिने उनले बताए । कृषि क्षेत्रको विकास र प्रवद्र्धन गर्न गाउँपालिकाभित्रका विभिन्न कृषियोग्य जमीनलाई सम्भाव्यताका आधारमा तरकारी, फलफूल तथा नगदेबालीका पकेट क्षेत्रका रूपमा घोषणा गर्दै आधुनिक तरिकाले कृषिलाई व्यवसायीकरण गर्न प्रोत्साहित गरिने गाउँपालिकाले नीति लिएको छ । स्थानीय तहमा उत्पादित खाद्यान्न सञ्चिती एवं संरक्...
बाली लगाउने बेला मलको अभाव, कृषकले युरिया मात्रै खोज्दा झनै समस्या
अर्थ, कृषि

बाली लगाउने बेला मलको अभाव, कृषकले युरिया मात्रै खोज्दा झनै समस्या

नेपाल अखबार, काठमाडौँ । धानबाली लगाउने बेला सुरु भएसँगै बजारमा मलको अभाव देखिन थालेको छ । नेपालको मुख्य बालीको रूपमा रहेको धानको रोपाइँ गर्ने सिजनमा अघिल्ला वर्षहरु जस्तै यो वर्ष पनि कृषकले मल नपाउने अवस्था आको हो । अहिले कृषि सामग्री केन्द्र र साल्ट ट्रेडिङका बिक्री केन्द्रबाट किसान र कृषि सहकारी र समूहहरुले माग गरिएको भन्दा निकै कम मात्रै मल प्राप्त गरिरहेका छन् । भनेजति मल नपाउँदा कृषक निराश भएका छन् । कृषि सहकारीहरुले पनि आफ्ना सदस्यलाई रित्तो हात फर्काउन बाध्य भएका छन् । सीमित कोटा, लकडाउनले समस्या बाली लगाउने सिजनमा मल अभाव हुने यहाँको समस्या अहिलेको मात्रै होइन, यो विगतदेखिकै परम्परा हो । तर कृषि विकास मन्त्रालयले यो वर्ष अघिल्ला वर्षको जस्तो अभाव नहुनेगरी थप मल आयातको व्यवस्था गरेको थियो । आपूर्तिमा देखिएको समस्याका कारण यो वर्ष पनि विगतकै पुनरावृत्ति भएको हो । नेपालको माटो र अह...