Sunday, June 28

कृषि

सहुलियत अनुदानले किसान खुशी
कृषि, समाचार, समाज

सहुलियत अनुदानले किसान खुशी

नेपाल अखबार,सप्तरी । सहुलियत अनुदानमा तरकारीको बीउ तथा धानको गबारो आदिको विषादी वितरण भएपछि कञ्चनरुप नगरपालिकाका किसान खुशी भएका छन् । नगरपालिकाको कृषि विकास शाखाले किसानलाई सहुलियत अनुदानमा तरकारीको बीउका साथै धानको गबारो इत्यादिको विषादी वितरण गर्न थालेपछि किसान खुशी भएका हुन् । अनुदानमा तरकारीको बीउ वितरणले किसानको हित भएको राजकिशोर महतोले बताए । कृषिप्रधान देशमा जनताले अपेक्षा गरेअनुसारको लाभ लिन नसकिरहेको अवस्थामा पाएको अनुदानको सदुपयोग गर्नुपर्ने महतोको भनाइ छ । अहिलेसम्म तरकारीको बीउ ६२६ र विषादी ७८ किसानले लगेर लाभ लिएको कृषि विकास शाखाले जनाएको छ । बीउ र विषादी लाने क्रम जारी रहेको कृषि विकास शाखाका बेचन सढोक यादवले जानकारी दिए । किसानको उन्नति, प्रगतिबिना नगरको प्रगति हुन नसक्ने भएकाले किसानको हितमा नगरपालिकाले काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख वसन्तकुमार मिश्रले थोर...
जुम्लामा मार्सी धान भित्र्याउन चटारो
कृषि, समाचार, समाज

जुम्लामा मार्सी धान भित्र्याउन चटारो

नेपाल अखबार, जुम्ला । जुम्लाका किसानलाई कालीमार्सी धान काट्न चटारो भएको छ । यहाँका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा सो जातको धान उत्पादन हुन्छ । धान पाक्न थालेपछि किसानलाई कोरोना कहरमै धान काट्न भ्याइ नभ्याइ भएको किसान लक्ष्मी कुमाइले बताए । यहाँका किसानले लगाएकोे प्रायः सबै खेतको धान यो याममा पाकेर खेतमा झुल्न थालेको किसान बताउँछन् । किसानहरुले गत वर्षभन्दा यसवर्ष धान उत्पादनमा कमी आउने जनाएका छन् । यतिखेर पाक्न थालेको मार्सी धान असोजमै काट्ने थालेको चन्दननाथ नगरपालिकाका रमानन्द आर्यालले जानकारी दिए । जिल्लामा दुई हजार ८०० हेक्टरमा धान खेती हुने गरेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाकाले बताए । सीमित मात्रामा उत्पादन हुने स्थानीय जातको धानको नाम हो कालीमार्सी । यसको स्वाद, रोग र किराको प्रतिरोध गर्न सक्ने गुण र पोषक तत्वका कारण जुम्ली मार्सी धानको महत्व अन्तर्राष्ट्रिय ...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन गर्न २ करोड बजेट
कृषि, समाचार

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना संचालन गर्न २ करोड बजेट

नेपाल अखबार ,खोटाङ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई (मकै जोन)को कार्यालय खोटाङले चालु आर्थिक वर्षमा दुई करोड दश लाख बराबरको कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्तिमा २०० रोपनी जग्गामा एकै किसिमका बाली लगाउनेगरी चक्लाबन्दी खेती प्रोत्साहन गर्न कार्यक्रम ल्याइएको इकाईले जनाएको छ । नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सरोकारवालासँगको समन्वय बैठकमा इकाईका वरिष्ठ कृषि अधिकृत डा.मणिरत्न अर्यालले चालू आर्थिक वर्ष चक्लाबन्दीलाई प्राथमिकतामा राखेर मकै खेती कार्यक्रम प्रवद्र्धन गर्ने बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सभाहलमा बुधबार आयोजित कार्यक्रममा वरिष्ठ कृषि अधिकृत डा. अर्यालले चक्लाबन्दीमा पकेटरब्लकरजोन सञ्चालनका लागि सहकारी र नीजि क्षेत्रबाट माग सङ्कलन, सम्भाव्यता अध्ययन र कार्यान्वयनका लागि ५० लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । यस्त...
अज्ञात रोगबाट सुनकोसी गाउँपालिकामा ५० बाख्रा मरे
कृषि, समाचार

अज्ञात रोगबाट सुनकोसी गाउँपालिकामा ५० बाख्रा मरे

नेपाल अखबार, सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिका–७ मा धमाधम किसानका बाख्रा मर्न थालेका छन् । बाख्रा मरेर खोर नै रित्तिन थालेपछि पात्ले, कापिङ र आसपासका किसान चिन्तित बनेका छन् । पछिल्लो दुई साताका बीच ५० भन्दा बढी बाख्रा मरिसकेको र मर्ने क्रम नरोकिएको स्थानीयवासी सानु तिमल्सिनाले बताए । ‘कतिपयको त खोर नै रित्तिएको छ, धमाधम बाख्रा मरिरहेको छ,’ तिमल्सिनाले भने, ‘गाउँपालिकालाई यसबारे सुनाउँदा कुनै चासो नै दिएन ।’ पिपिआर रोगको सुई माग गर्दा गाउँपालिकाले पठाउन नसकेको उनले गुनासो गरे । गाउँपालिकाले सबै वडामा गरी नौ गाउँ प्रहरी राखे पनि किसानका बाख्रा धमाधम मरिरहँदा औषधोपचारमा दक्ष चिकित्सक खटाउन सकेको छैन । गाउँपालिकाको पशु सेवा शाखामा एक मात्र कर्मचारी छन् । पछिल्लो दुई सातामा कापिङमा स्थानीयवासी सीताराम तिमल्सिना, हरि तिमल्सिना, अर्जुन तिमल्सिना, अनिता तिमल्सिना र अन्यका गरी ४० बढी बाख्रा मरेको...
मर्मतपछि पनि बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएन, स्याउ निर्यातमा समस्या
कृषि, समाचार, समाज

मर्मतपछि पनि बेनी–जोमसोम सडकमा सिधा सवारी सञ्चालन भएन, स्याउ निर्यातमा समस्या

नेपाल अखबार, बेनी। कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरला सडकको रुप्से खण्डमा सडक मर्मत गरे पनि हिमालपारिको जिल्ला मुस्ताङसम्म सिधा सवारी साधन सञ्चालन हुन सकेको छैन । गत भदौ ३१ गते राति रुप्से झरनामा आएको बाढीले बगाएको सडक मर्मत भएर शनिबार साँझदेखि सञ्चालनमा आए पनि काभ्रे र घोप्टे ओडार आसपासका क्षेत्रमा खसेको पहिरो पन्छाइनसकिएकाले सिधा सवारी सञ्चालन हुन नसकेको बेनी–जोमसोम कोरला सडक आयोजनाले जनाएको छ । निरन्तरको वर्षासँगै मध्यरातमा आएको बाढीले दोस्रोपटक रुप्सेमा कटान गरेपछि दुवैतर्फबाट आयोजनाले मेसिनको प्रयोग गरी पहिरो हटाएको आयोजना प्रमुख अशोक तिवारीले जानकारी दिनुभयो । रुप्सेमा आएको बाढीले करिब २०० मिटर सडकमा क्षति पुर्याएपछि सवारीसाधन अलपत्र परेका थिए । रुप्से झरनाको तल्लो क्षेत्रमा खोंच बनाएकाले थप कटान र क्षतिको जोखिम रहेको छ । अस्थायी काठको फड्के बगाएपछि रुप्से–काभ्रे जोड्न स्थान...
प्राङ्गारिक मलले बजार पाएन
कृषि, समाचार, समाज

प्राङ्गारिक मलले बजार पाएन

नेपाल अखबार, पाेखरा। झण्डै एक वर्षअघिबाट सञ्चालनमा आएको गण्डकी ऊर्जा प्रालिले कुहिने फोहोरलाई प्रशोधन गरी बायोग्यास र प्राङ्गारिक मल उत्पादन गर्दै आएपनि बजार व्यवस्थापनमा समस्या देखिएको छ । पोखरा महानगरपालिकाको ३२ नम्बर वडामा रहेको सो कम्पनीले अहिले महानगर भित्र र अन्य क्षेत्रबाट कुहिने फोहोर ल्याएर मल उत्पादन गरिरहेको हो । ‘फोहोरलाई मोहर’मा परिणत गर्ने उद्देश्यका साथ स्थापना भएको कम्पनीले पर्याप्त मात्रामा बायोग्यास र प्राङगारिक मल उत्पादन गरेपनि बजार अभावको समस्या भोगिरहेको छ । देशमा रासायनिक मल अभाव भएको लामो समय भएको छ । तर स्वदेशमा नै उत्पादन भएको प्राङ्गारिक मलले बजार पाउन सकेको छैन । बजार अभाव हुादा नत उत्पादित मल विक्रि भएको छ न बायोग्यास नै विक्रि गर्न सकिएको कम्पनीले जनाएको छ । उत्पादित मल र बायोग्याँस सबै स्टकमा थुप्रिएको कम्पनीले जनाएको छ । कम्पनी विभिन्न क्षेत्रबाट पोहोर संकलन...
लगातारको वर्षाले तरकारी खेती सखाप
कृषि, प्रदेश २, समाचार

लगातारको वर्षाले तरकारी खेती सखाप

नेपाल अखबार, ,महोत्तरी।  लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना, उम्रदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरोलो बढेको हो । बारीमा रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरु तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोतर (माटोमा लडाएको) बनाएको छ । त्यसैगरी रायो, लट्टे (ठडिया) र अन्य सागका बिरुवा लतारिएका छन् । घिरौँला, झिमनी, लौका, चिचिण्डा, काँक्रा, परवल र करेलासहित लहरे तरकारीका बेला (लहरा) पनि लगातारको पानीले गलाएर पहेँलिएका छन् । भदौ निगल्दोको वर्षा र अहिले लगातार चार  दिनदेखि परिरहेको पानीले यसपालि हिउँदे तरकारी खेतीबाट हातधुने अवस्था बनेको किसानको दुखेसो छ । महोत्तरीका सबैजसो भेगमा गत मङ्लबारदेखि लगातार चोटिलो पानी पर्दै आएको छ । “तरकारीका बेला पानीले गलाएर पहे...
तनहुँमा उत्पादित दूध र मासु मागभन्दा बढी
अर्थ, कृषि, समाचार

तनहुँमा उत्पादित दूध र मासु मागभन्दा बढी

नेपाल अखबार, दमौली । तनहुँ जिल्लामा दूध, मासु र अण्डा मागभन्दा उत्पादन बढी भएको छ । पशुपालन गर्ने कृषकको सङ्ख्या बढेसँगै तनहुँ जिल्ला दूध, अण्डा र मासुमा आत्मनिर्भर बन्न सफल भएको हो । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले जिल्लामा दूध, अण्डा र मासुको मागभन्दा उत्पादन बढी भइरहेको जनाएको छ । केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले गत आर्थिक वर्ष २०७५/७६ को तुलनामा २०७६/७७ मा दूध, अण्डा र मासुको उत्पादन वृद्धि भएको जानकारी दिनुभयो । “जिल्लामा जति माग छ, त्योभन्दा बढी उत्पादन भइरहेको तथ्याङ्कले देखाएको छ, यसले तनहुँ दूध, अण्डा र मासुमा आत्मनिर्भर भएको छ”, डा श्रेष्ठले भन्नुभयो । डा श्रेष्ठका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५० हजार ६८१ मेट्रिक टन दूध, एक करोड ६२ लाख ९४ हजार गोटा अण्डा र चार हजार ६८८ मेट्रिक टन मासु उत्पादन भएको छ । आव २०७५/७६ मा ४९ हजार ५४३ मेट्रिक टन दूध, एक करोड ५...
सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात
कृषि, समाचार, समाज

सर्लाहीबाट ३ अर्बको तरकारी निर्यात

नेपाल अखबार, सर्लाही । जिल्लाको लालबन्दीबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्बभन्दा बढीको तरकारी निकासी भएको छ । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका छिमेकी स्थानीय निकायबाट मात्रै आर्थिक वर्ष २०७६÷०७७ मा रु तीन अर्ब १८ करोड २६ लाख ८० हजारको तरकारी निकासी भएको हो । लालबन्दी, ईश्वरपुर र हरिवन नगरपालिकालगायतका क्षेत्रमा स्थानीयवासीले करिब एक हजार बिघामा उत्पादन गरेको तरकारी लालबन्दीमा आउने गरेको र सोही तरकारी देशका विभिन्न स्थानमा निकासी हुने गरेको कृषि बजार व्यावस्थापन समिति लालबन्दीले जनाएको छ । जिल्लाबाट ११ करोड ९५ लाख ६७ हजार १ सय ३५ किलो तरकारी बाहिरिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार गोलभेँडाको पकेट क्षेत्रको रूपमा चिनिएको लालबन्दीबाट वार्षिक सबैभन्दा बढी ५० प्रतिशत गोलभेडा बाहिरिने गरेको कार्यालयले जनाएको छ । त्यस्तै पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प...
बाजुराको स्याउ हवाईजहाजमार्फत धनगढी ल्याइयो
कृषि, प्रदेश ७, समाचार

बाजुराको स्याउ हवाईजहाजमार्फत धनगढी ल्याइयो

नेपाल अखबार, कैलाली । बाजुरामा उत्पादित स्याउ धनगढी बजारमा आइपुगेको छ । मुख्यमन्त्री एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यक्रम अन्तरगत यस वर्ष पहिलो चरणमा हवाईजहाज मार्फत २० क्विन्टल स्याउ नेपालगन्ज हुँदै बुधवार धनगढी पुर्याइएको छ । यससँगै बुधबार देखि नै धनगढीको बजारमा बाजुराको स्याउ पाउन थालेको छ । हेर्दा राम्रो नदेखिएपनि बाजुराको स्याउ खादा भने स्वादिलो छ । सोही स्याउ अहिले सुदूरपश्चिम प्रदेशको धनगढी बजारमा पाउन थालेको छ । स्वदेशमै उत्पादन भएको स्याउलाई प्रवद्र्धन गर्ने उद्देश्यले बाजुराबाट २० क्विन्टल स्याउ धनगढी बजारमा विक्री गर्न ल्याइएको ‘स्याउ कृषक समन्वय समिति’ले जनाएको छ । स्वामिकार्तिक खापर गाउँपालिकाको समन्वयमा बाजुराको स्याउ कोल्टीबाट धनगढीसम्म हवाई जहाजमार्फत ल्याइएको छ । सोही स्याउ प्रतिकेजी १ सय १० रुपैयाँमा धनगढी बजारमा खरिद गर्न पाइन्छ । समितिका अध्यक्ष मानबहादुर रोकायाले ब...