कृषि सहकारीले नै मलको कालोबजारी गरेपछि कारवाहीको चेतावनी
नेपाल अखबार, भरतपुर । चितवनका किसानले घण्टौ लाइनमा बस्दा समेत मल पाएका छैनन्, त्यसमा पनि कृषककै सेवा गर्ने भनेर बसेका सहकारीले नै कालोबजारी र आफन्तलाई मात्र मल दिने गरेको सूचना पाएकाले त्यस्ता सहकारीलाई कानूनी कारबाही गरिने भएको छ ।
रासायनिक मलको बिक्री गर्ने जिल्ला लिएको कृषि ज्ञान केन्द्र चितवनले मलमा कालोबजारी गरे कानूनबमोजिम कारवाही हुने चेतावनी दिएको छ । कार्यालयले एक विज्ञप्ति प्रकाशित गर्दै केन्द्रले जिल्लामा केही सहकारीका पदाधिकारीले आफ्ना नातागोता, इष्टमित्र एवं चिनेजानेका व्यक्तिलाई मल दिने, मल लुकाउने, बढी मूल्यमा बिक्री गर्ने र कालोबजारी गर्ने गरेको गुनासो सुनिएको भन्दै यस्तो गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको हो ।
थोरै मात्रामा उपलब्ध भए पनि ज्ञान केन्द्रले कृषकको पहुँच होस् भन्ने हेतुले जिल्ला कृषि सामग्री आपूर्ति व्यवस्थापन समितिको निर्णयानुसार सहकारीको सदस्य सङ्ख्या, व...
