बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला
नेपालअखबार,भोजपुर। बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन्।
पछिल्ला वर्षमा बाँदरका संख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन्।
सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ।
बाँदरको हुल आएर सुन्तला, अम्बा, एभोकाडोलगायतका फल टिपेर खाने र कतिपय बोट भाँचेर नोक्सान पुर्याउने गरेको स्थानीयहरूको भनाइ छ।
भोजपुर नगरपालिका–५ बोखिमका किसान भीमप्रसाद फुयालका अनुसार बाँदरको हुल दिनभर खेतबारी र बगैँचामा आउने भएकाले खेतीपाती जोगाउन निकै कठिन भएको छ ।
'बिहानदेखि बेलुकीसम्म बाँदरले बगैँचा सताउँछ,' उनले भने, 'तर्साउन ढुंगा हान्ने, गरे पनि नियन्त्रणमा आउँदैन ।छिनभर बगैँचामा पस्यो भने सखाप नै पार्छ । फलफूल, अन्नबाली बोटमा पकाएर खाने अवस्था छैन।'
जिल्लाक...










