श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकमा आयोजित एक महिने श्रीमदवीतक सम्पन्न
नेपालअखबार,पोखरा । पोखराको रत्नचोकमा रहेको श्रीकृष्ण प्रणामी मन्दिरमा जारी एक महिने श्रीमदवीतक चर्चा सम्पन्न भएको छ । गत असार ३१ गते देखि सुरु भएको श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन कार्यक्रम शुक्रबार एक समारोहका बीच सम्पन्न भएको हो ।
सो अवसरमा वोल्दै श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रिय सदस्य तथा श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोकका निवर्तमान अध्यक्ष पुरुषोत्तम रेग्मीले एक महिने श्रीमदवीतक चर्चा सभ्य र भब्य रुपमा सम्पन्न भएको बताए । श्रीमदवीतक चर्चामा प्रमुख बाचिकाको रुपमा साध्वी उर्वशी माताले सरल रुपमा बुझ्ने तरिकाले प्रवचन प्रदान गरेर भक्तजनहरुलाई मोहित पारेको बताए । श्रीमदवीतक समापन संगै श्रीकृष्ण पारायणका लागि समेत सम्पूर्णको साथ र सहयोग आवश्यक पर्ने उनको भनाइ रहेको थियो ।
त्यस्तै श्रीकृष्ण प्रणामी सेवा समिति कास्कीका अध्यक्ष कृष्ण ढुंगानाले श्रीमदवीतक चर्चामा सुनेका क...









