Sunday, September 21

पत्रपत्रिका

छामछुमकै भरमा ‘सवारी पास’
पत्रपत्रिका, प्रशासन, समाचार

छामछुमकै भरमा ‘सवारी पास’

नेपालअखबार, काठमाडौँ । सवारीसाधन चुस्तदुरुस्त छ छैन भनेर परीक्षण गर्न नेपालभरमै एउटा मात्रै मेसिन छ । त्यो पनि एक दशकदेखि प्रयोगविहीन छ । कार्यविधि नहुँदा र अनिवार्य प्रयोग गर्नुपर्ने कानुनी व्यवस्था नहुँदा सवारीसाधन परीक्षण गर्ने ‘भेहिकल फिटनेस टेस्ट लेन’ प्रयोगविहीन भएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतकै काठमाडौँको टेकुस्थित सवारी परीक्षण कार्यालयमा मात्रै भेहिकल फिटनेस टेस्ट लेन छ । कार्यालय प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर मणिराम भुसालका अनुसार २०७८ सम्म भेहिकल फिटनेस टेस्ट लेन बिग्रिएर थन्किएको थियो । उनले भने “भेहिकल फिटनेस टेस्ट लेन त्यस्तो मेसिन हो, जसले कुनै पनि सवारीसाधनको परीक्षण गर्दा सवारीको अवस्था कस्तो छ भन्ने प्रस्ट खुल्छ । यसबाट राम्ररी काम लिने हो भने सवारीसाधनको अवस्था बिग्रिएर हुने ८० प्रतिशत दुर्घटना चाहिँ रोक्न सकिन्छ ।” यातायात मन्त्रालय ...
युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी
पत्रपत्रिका, प्रशासन, समाचार

युरोपका आठ देशसँग श्रम सम्झौताको तयारी

नेपालअखबार, काठमाडौं । सरकारले थप विभिन्न आठ देशसँग श्रम सम्झौताको तयारी थालेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले हालसम्म १२ देशसँग श्रम सम्झौता गरेको सरकारले सन् २०२४ भित्रमा थप आठ देशसँग श्रम सम्झौताको तयारी भएको जानकारी दिएको हो । नेपालले सन् २०२४ मा कुवेत, ओमान, साउदी अरेबिया, पोर्चुगल, पोल्यान्ड, युव्रmेन, माल्टा र टर्कीसँग श्रम सम्झौता गर्न लागेको हो । त्यसका लागि मन्त्रालयबाट सम्झौताको मस्यौदा तयार पारी सम्बन्धित देशलाई पठाइएको छ । ती देशबाट मस्यौदाबारे धारणा आएपछि सम्झौताको प्रव्रिmया अघि बढ्ने छ । सरकारले युरोपका विभिन्न मुलुकसँग श्रम सम्झौतालाई प्राथमिकता दिएको छ । सरकारले हालै रोमानिया र जर्मनीसँग श्रम सम्झौता गरेको थियो । अब थप छ देशसँग पनि यही वर्ष सम्झौता गर्ने गरी कार्य भइरहेको मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिनुुभयो ।नेपालले हाल कतार, युएई, क...
निर्यात अर्ब रुपियाँमा खुम्चियो
अर्थ, पत्रपत्रिका, समाचार

निर्यात अर्ब रुपियाँमा खुम्चियो

नेपालअखबार, काठमाडौं । नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ । जबकि गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशमा ६७ अर्ब ३० करोड रूपैयाँको सामान निर्यात भएको थियो । गत आर्थिक वर्षको तुलनामा चालु आवको पाँच महिनाको निर्यात ६।०९ प्रतिशतले घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक ( वर्षको साउनमा १३ अर्ब ५२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो । त्यसैगरी चालु आवको दोस्रो महिना अर्थात् भदौमा निर्यात बढेर २६ अर्ब ४४ करोड रूपैयाँ पुग्यो । असोजमा निर्यात बढेर ४० अर्ब ८७ करोड रूपैयाँ पुग्यो । त्यसैगरी कात्तिकमा पनि निर्यात बढेर ५० अर्ब ५६ करोड रूपैयाँ पुगेको थियो । मंसिरमा भने निर्यात बढेर ६३ अर्...
तीन सय किलो हात्तीका दाँत बरामद
पत्रपत्रिका, समाचार, समाज

तीन सय किलो हात्तीका दाँत बरामद

नेपालअखबार, काठमाडौँ । विश्वमै दुर्लभ मानिएका वनस्पति, जडीबुटी र वन्यजन्तुको अवैध ओसारपसार तथा तस्करीका घटनामा ६० प्रतिशतभन्दा बढी अन्तर्राष्ट्रिय सङ्गठित आपराधिक समूहको संलग्नता देखिएको छ । ती समूहले अवैध ओसारपसार र कारोबार गर्दा दैनिकजसो कानुन कार्यान्वयन गर्ने निकायको आँखा छल्दै नयाँ प्रविधि र फरक बाटो प्रयोग गर्ने गरेको तथ्य पनि सार्वजनिक भएको छ । वन्यजन्तु र वनस्पतिको लोपोन्मुख प्रजातिमा अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी महासन्धि ९साइटिस० को कार्यालयका अनुसार सन् २०२३ को नोभेम्बरसम्ममा इन्टरपोल र विश्व भन्सार सङ्गठनले अवैध कारोबारमा संलग्न भएका पाँच सयभन्दा बढी व्यक्ति पक्राउ गरेको छ । साइटिस महासविच इभोन हिगुएरोले यो तथ्याङ्कलाई निकै डरलाग्दो अवस्था भएको टिप्पणी गरे । वन्यजन्तु अपराध अनुन्धानमा संलग्न उनले अन्तर्राष्ट्रिय आपराधिक जालोलाई कमजोर पार्न सकिएन भने हाल यस पृथ्वीमा बाँच्न ...
कर्मचारीले रुचाएनन् दुर्गम र मधेश
पत्रपत्रिका, प्रशासन, समाचार

कर्मचारीले रुचाएनन् दुर्गम र मधेश

नेपालअखबार, काठमाडौँ । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ । सङ्घीयता कार्यान्वयन भएको सात वर्ष बितिसक्दा पनि दुर्गम र मधेश प्रदेशका स्थानीय तहमा सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतको सधैँजसो अभाव रहँदै आएको छ । प्रमुख प्रशासकीय अधिकृत अभावमा उक्त पालिकामा नियमित सेवा प्रवाह नै प्रभावित भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सात वर्षदेखि सङ्घीय निजामती सेवा ऐन निर्माण हुन नसक्दा दुर्गम र मधेशका स्थानीय तहमा कर्मचारी...
वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो
अपराध, पत्रपत्रिका, समाचार, समाज

वडाध्यक्षलाई कोठाभित्र थुनेर घरमा लगाइयो आगो

नेपालअखबार, धनकुटा। धनकुटाको पाख्रीवास नगरपालिका–६ का वडाध्यक्ष देवेन्द्र गुरागाइको घरमा आगजनी भएको छ । डाँडाखर्कस्थित वडाध्यक्ष गुरागाईको घरमा परिवारका सदस्यलाई भित्रै थुनेर गएराति आगो लगाइएको हो । राती घरभित्र सुतिरहेका बेला बाहिरबाट ताला लगाएर घरमा कसैले आगो लगाइदिएको वडाध्यक्ष गुरागाईँले जानकारी दिए । ‘हामी तलामाथि सुतेका थियौं, बरण्डाबाट हिड्ने बाटो छ, त्यहाँको ढोकामा तलबाट चावी लगाइदिएर तल्लो तलाबाट आगो सल्काएको रहेछ,’ वडाध्यक्ष गुरागाईले भने, ‘राती धुवा आएको थाहा पाएर निस्किन खोज्दा बाहिरबाट चावी लगाइदिएको थाहा भयो, छिमेकीलाई बोलाएर झ्यालमा भर्याङ लगाउँन लाएर बाहिर भागेर ज्यान जोगाइयो ।’ नेपाली कांग्रेसको तर्फबाट गुरागाई वडाध्यक्षमा निर्वाचित भएका हुन् । घरमा गुरागाईका श्रीमान–श्रीमती सुतेका थिए । उनीहरु सुतिसकेपछि राती १२ बजेपछि घटना भएको हो । तल्लो तलामा रहेको भान्छा कोठाको ...
नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी
पत्रपत्रिका, समाचार

नेपाली कामदारलाई दक्षिण कोरियामा थपियो रोजगारी

नेपालअखबार, काठमाडौं । रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप  निर्माण  र  सेवा  सर्भिसका  क्षेत्रमा  पनि  नेपाली  श्रमिक लैजाने भएको हो । वैदेशिक  रोजगार  विभाग  इपिएस  शाखाका  अनुसार    दक्षिण    कोरियाले    उत्पादनमूलक    क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताए । दक्षिण  कोरिया  सरकारको  मानव  संसाधन  विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पाद...
रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो
पत्रपत्रिका, समाचार

रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो

नेपालअखबार, काठमाडाैं। १९ वर्षको छँदा राजकुमार रोक्काले सशस्त्र प्रहरीमा जागिर खाए। दोलखा मेलुङ–६ का रोक्काले ६ वर्षमै शसस्त्रको जागिर छोडे। ०७० सालमा काठमाडौंको टोखामा होम डेकुरेसन व्यवसाय सुरु गरे। ०७२ सालको भूकम्प र कोरोना महामारीका कारण व्यवसाय ‘डुब्यो’। व्यापारबाट कमाई हुनुको सट्टा उल्टै १ करोड बढी ऋण लाग्यो। ‘उठ्नै नसक्ने’ गरी घाटा बेहोरेपछि, के गर्ने रु कसो गर्ने भन्ने तनावमा थिए। त्यसपछि राम्रो कमाई हुने आशमा उनी रुसी सेनामा भर्ना हुने निधोमा पुगे। भिजिट भिसामा असोज १४ गते रुस हिँडे र दुई दिनपछि नै रुसी सेनामा भर्ना भए। तर, दुई महिना नबित्दै उनको मृत्यु भयो। ऋण तिरेर सुखद भविष्यको कल्पना गरेका राजकुमारले कमाएको पैसासमेत स्वदेश पठाउन नपाई मृत्युवरण गर्नुपर्‍यो। ‘आर्थिक संकटमा परेपछि भाइ बिछिप्त थियो,’ राजकुमारका दाइ सनमले अन्नपूर्णसँग भने, ‘व्यवसायले ऋण तिर्न नसक्ने अवस्था भयो...
सरकारी निकायमा ‘घुस’को विगविगी
पत्रपत्रिका, प्रशासन, समाचार

सरकारी निकायमा ‘घुस’को विगविगी

नेपालअखबार, काठमाडाैं। पछिल्ला घट्ना नं १ : असोज २९ गते नापी कार्यालय भद्रपुर झापामा कार्यरत सर्वेक्षक देवनारायण ठाकुर ७० हजार रुपैया घुस सहित पक्राउ परेका छन् । घट्ना नं २ : असोज १५ गते चन्द्रागिरि नगरपालिका काठमाडौका असिष्टेन्ट सब इञ्जिनियर विजयलक्ष्मी पन्त २५ हजार घुस सहित पक्राउ परेका छन् ।  नं ३ : असोज १२ गते भुमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नासु सुदिप कटुवाल र खरिदार रमेश अधिकारी १ लाख ५० हजार घुस सहित पक्राउ घट्ना नं ४ : विष्णुपुर गाउपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव २ लाख रुपैया घुस सहित पक्राउ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशन टोलीले विशेष सूचनाका आधारमा विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी कारवाही अघि बढाएको हो । माथि उल्लेखित घटना प्रतिनिधिमूलक घट्ना मात्रै हुन । मुलुकमा सुशासनको कमी भएको आवाज उठिरहेको बेला यस्ता घटनाहरु ...
भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न : सर्वोच्च अदालत
पत्रपत्रिका, प्रशासन, समाचार

भौतिक र भावनात्मक रूपमा सम्पर्क नभए बुवा स्वीकार्न बाध्य हुन्न : सर्वोच्च अदालत

नेपालअखबार, काठमाडौँ । सर्वोच्च अदालतले भौतिक र भावनात्मक रूपमा सम्पर्क तथा सम्बन्ध नभएका व्यक्तिलाई बुवाको परिचय दिलाई स्वीकार गर्न कसैलाई पनि बाध्य पार्न नमिल्ने व्याख्या गरेको छ । नेपालको संविधानमा उल्लेखित नागरिकता प्राप्तिको सवालमा बुवा पहिचान नभएको सन्दर्भमा व्याख्या गर्दै सर्वोच्चले पहिचानलाई भौतिक उपस्थिति, वात्सल्य प्रेम र हेरविचार तथा जिम्मेवारीसँग जोडेको छ । कुमारी आमाबाट जन्मिएकी कृष्टिना महर्जनलाई बुवाको ठेगानामा गएर जन्मदर्ता र नागरिकताको प्रक्रिया सुरु गर्न ललितपुरको महालक्ष्मी नगरपालिका–६ ले गरेको दरपिठविरुद्धको रिटमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो । न्यायाधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासले कसैले परिचय दिएकै आधारमा भौतिक र भावनात्मक सम्बन्ध नभएका व्यक्तिलाई बुवा स्वीकार गर्न लगाउनु न्यायसङ्गत नहुने व्याख्या गरेको हो । साउन २३ गते भ...