Tuesday, May 26

पत्रपत्रिका

आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता
अर्थ, पत्रपत्रिका, समाचार, स्वास्थ्य

आइरन चक्की खरिद प्रकरणमा राज्यलाई ११ करोड नोक्सान हुनेगरी सम्झौता

नेपालअखबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले राज्यलाई ठुलो रकम नोक्सानी हुने गरी गर्भवतीले खाने आइरन चक्की खरिद सम्झौता गरेको छ । स्वास्थ्यमन्त्री नभएका बेला विभागले २० करोड रूपैयाँको आइरन चक्की खरिदमा करिब ११ करोड रूपैयाँ राज्यलाई नोक्सान हुने गरी नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेएस मेडिकल फर्मासँग सम्झौता गरेको हो । विभागको व्यवस्थापन महाशाखाअन्तर्गत खरिद एकाइका प्रमुख डा. सुरेन्द्र चौरसियाले प्रक्रिया पूरा गरेर आइरन चक्की खरिद सम्झौता गरेको बताए। मिति त यकिन भएन तर चैतको पहिलो साता नै आइरन चक्कीको खरिदका लागि सम्झौता गरिएको छ । 'असार मसान्तभित्र आइरन चक्की विभागमा वा विभागले तोकेको कार्यालयमा दाखिला गराइसक्नुपर्नेछ,' उनले भने । उनका अनुसार आइरन चक्की ८५ पैसामा खरिद गर्ने सम्झौता भएको हो । अर्थ मन्त्रालयले फागुनको अन्तिम साता आइरन चक्की खरिदका ल...
पानीको मूल्यमा मनपरी !
पत्रपत्रिका, समाचार

पानीको मूल्यमा मनपरी !

नेपाल अखबार, काठमाडौँ । खानेपानी उद्योग तथा व्यापारीले पछिल्लो समय जार र बोतलको पानीको मूल्य आफूखुसी बढाएर बिक्री गर्न थालेका छन् । पानी उद्योगले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुमति लिएर वाणिज्यले तोकेको अधिकतम बिक्री मूल्य ९एमआरपी०का आधारमा मूल्य बढाएको दाबी गरेका छन् । तर वाणिज्य विभागले भने पानीको एमआरपी तोके पनि त्यो कार्यान्वयन गर्ने विषयमा टुङ्गो नलागेको जनाएको छ । विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले एमआरपी कार्यान्वयनको विषयमा विभागले कुनै पनि उद्योगीलाई स्वीकृति नदिएको र आफूखुसी मूल्य बढाउने उद्योगीलाई कारबाही हुने बताए । उनले भने,“व्यापारीले आफूखुसी मूल्य बढाएको भन्ने गुनासो विभागमा पनि आउन थालेको छ । आफूखुसी मूल्य बढाउने व्यापारीलाई विभागले अनुगमन गरेर कारबाही गर्छ । ” विभागका अनुसार पछिल्ला दिनमा जारको पानीमा गुणस्तर सुधार गर्नुपर्ने, महँगो मूल्यमा बेच्ने ग...
एकै दिनमा फेरि तातोपानी नाका बन्द
पत्रपत्रिका, समाचार

एकै दिनमा फेरि तातोपानी नाका बन्द

नेपाल अखबार। व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको समाचार नागरिक दैनिकमा प्रकाशित छ । ध्रव दंगालद्वार लेखिएको समाचारमा नेपाली मजदुरमा कोरोना संक्रमण देखिएपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो । कुनै पनि सामान मंगलबार नाकामा आएनन् । बाढी पहिरोका कारण झण्डै तीन महिना बन्द रहेको नाका सोमबार मात्र सञ्चालनमा आएको थियो । कोरोना सक्रमण रोक्ने सर्तमा दुई देशका अधिकारीबीच गएको मंगलबार नाकाबाट व्यापारिक कारोबार सञ्चालनमा ल्याउने सहमति भएको थियो । सामान ढुवानी र लोड अनलोडमा संलग्न मजदुरमा कोरोना संक्रमण देखिपछि चिनियाँ अधिकारीले तत्काल सामग्री पठाउन नसकिने जानकारी दिएको तोतोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले बताए । नाका सञ्चालनका लागि नयाँ मोडालिटीमा छलफल सुरु भएको छ । ‘त्यो मोडालिटी नबनेसम्म केही दिन नाका सञ्चालनमा...
८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने
पत्रपत्रिका, समाचार, स्वास्थ्य

८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने

नेपाल अखबार, काठमाडौँ । शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो । परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १२० जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको र हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कुल सङ्ख्या ६२ हजार ७४० पुगेको छ । यस्तै देशभरका क्वारेन्टाइनमा चार हजार २७३ जना छन् । होम आइसोलेसनमा ११ हजार ५२९ तथ...
८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने
पत्रपत्रिका, समाचार, स्वास्थ्य

८० प्रतिशत कर्मचारीमा कोरोना संक्रमण हुन सक्ने

नेपाल अखबार, काठमाडौँ । शनिबार नेपालमा थप दुई हजार १२० व्यक्तिमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । एक दिनअघि दुुई हजार ७२२ जनामा कोरोना सङ्क्रमण भएको थियो । परीक्षण गरिएकामध्ये १६ प्रतिशतमा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ९७८ जनाको पीसीआर परीक्षण गर्दा दुई हजार १२० जनामा सङ्क्रमण देखिएको हो । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा कुल सङ्क्रमितको सङ्ख्या ८४ हजार ५७० पुगेको र हालसम्म देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २१ हजार ३०२ रहेको जानकारी दिए । प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ४४ जना निको भएका छन् । योसहित नेपालमा कोरोना निको हुनेको कुल सङ्ख्या ६२ हजार ७४० पुगेको छ । यस्तै देशभरका क्वारेन्टाइनमा चार हजार २७३ जना छन् । होम आइसोलेसनमा ११ हजार ५२९ तथ...
सम्झनाको शव उठेन
पत्रपत्रिका, समाचार, समाज

सम्झनाको शव उठेन

नेपाल अखबार, काठमाडाैं। मष्टा गाउँपालिका–२ खिकाला गाउँमाकी १२ वर्षीया सम्झना विक गाउँकै मष्टा आधारभुत विद्यालयमा ६ कक्षामा पढ्दै थिइन्। कोरोनाका कारण विद्यालय बन्द भएकाले सम्झना घरायसी काम सघाउँदै आएकी थिइन्। उनका आमाबुबा रोजगारीका क्रममा भारत गएको चार वर्ष भयो। सम्झनाले दुईदिनअघि मात्रै भारतमा रहेका बुबाआमासँग कुरा गरेकी थिइन्। उनले यसपालिको दसैंमा घर आउँदा आफूलाई राम्रो लुगा, मोबाइल र झोला ल्याइदिन भनेको उनकी हजुरआमा हासु कामीले बताइन्। सम्झनाले सामान मागेको हप्तादिन नपुग्दै उनले सधैंका लागि संसार छाडेकी छन्। बुधबार दिउँसो करिब १२ बजेको थियो। परिवारका तीन बहिनी र हजुरआमा (बज्यै)सँगै बसेर दिउँसोको खाना खाए। यो खाना नै उनको परिवारसँगै बसेर खाएको अन्तिम खाना भयो। घरमा खाना खाएर सम्झना घरभन्दा आधा घण्टा टाढा रहेको गोठमा गएकी थिइन्। तर उनी गोठ नपुग्दै बीच बाटोबाटै अपहरणमा परिन। नजिकैको मन्दिर...
मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप
कृषि, पत्रपत्रिका, समाचार

मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप

नेपाल अखबार, जोमसोम ।  मुस्ताङमा स्याउजस्तै मुख्य ब्रान्ड बनेको छ आलु। जिल्लाबाहिरका व्यापारी कोरोना कहरकै बीचमा आलु खरिद गर्न मुस्ताङमा आएका छन्। उनीहरू किसानको घरदैलोमा पुग्ने गरेका छन्। गत वर्ष आलु पाथीको १ सय ३० रुपैयाँमा बिक्री भएको थियो। यसपटक २५ प्रतिशत बेसी मूल्यमा बिक्री गरिरहेको जोमसोमका किसान अजित थकालीले बताए। आफूले यो वर्ष २० मुरी आलु फलाएको उनले सुनाए। व्यापारीले पाथीको १ सय ८० रुपैयाँभन्दा बढी मूल्यमा बारीबाटै आलु उठाएको उनको भनाइ छ। आलुले अप्रत्याशित भाउ पाएपछि उनी उत्साहित बनेका छन्। जानकारका अनुसार एक मुरीमा ६० किलो हुन्छ। २० पाथीको एक मुरी हुन्छ। थासाङ–१ टुकुचेका राजन शेर्पाले त एउटै आलु एक किलोभन्दा बढी तौलको फलाए। आफूले ३० मुरी उत्पादन गरेको उनले सुनाए। कोरोना कहर भए पनि मुस्ताङको आलु खरिद गर्न व्यापारीको हानथाप भइरहेको उनको भनाइ छ। मुलुक संघीयतामा जानुअघि कृषिउपजको...
ई–पासपोर्ट छपाइ : अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी
पत्रपत्रिका, प्रशासन, समाचार

ई–पासपोर्ट छपाइ : अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी

नेपाल अखबार, काठमाडौं ।  परराष्ट्र मन्त्रालयअन्तर्गत राहदानी विभागले विद्युतीय पासपोर्ट छपाइका लागि गरेको अन्तर्राष्ट्रिय बोलपत्र आह्वान रद्द गर्ने तयारी गरेको छ । बोलपत्रको मागअनुसार आवेदन नपरेपछि विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) छपाइको टेन्डर दोस्रो पटक रद्द गर्न लागेको हो । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको पासपोर्ट छपाइ टेन्डरमा चार कम्पनीको आवेदन परे पनि मागअनुसार निवेदन नपरेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । गत आइतबार पासपोर्ट छपाइका लागि कुन कम्पनीलाई दिने भन्ने विषयमा मूल्यांकन समितिको बैठक बसेको थियो । तर, टेन्डर हाल्ने कम्पनीले मापदण्ड पूरा गरेर मागअनुसार आवेदन हालेको नपाइएपछि बोलपत्र रद्द गर्न लागिएको हो । ‘कुनै पनि कम्पनीले राहदानी विभागले बोलपत्र आह्वान गरेको नियमअनुसार मापदण्ड पुर्याएको  देखिएन,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, ‘माग भएअनुसार चारै कम्पनी...
बाढीपहिरोको कहालीलाग्दो शृंखला, मुख्य कारण जथाभावी खनिएका सडक
पत्रपत्रिका, समाचार

बाढीपहिरोको कहालीलाग्दो शृंखला, मुख्य कारण जथाभावी खनिएका सडक

नेपाल अखबार, काठमाडौँ ।  यस वर्षको मनसुन अवधिमा हालसम्म मुलुकभर बाढीपहिरोका कारण २ सय ८५ जनाले ज्यान गुमाएका छन् । बाढीपहिरोका ५ सय ७ घटनाको मुख्य कारण नै अव्यवस्थित रुपमा निर्माण गरिएका ग्रामीण सडक भएको पाइएको छ । स्थानीय तहले बिनाइन्जिनियरिङ डोजर लगाएर निर्माण गरेका ग्रामीण सडक नै पहिरोको मुख्य कारण भएको भूगर्भविद्ले बताएका छन् । यस वर्षको मनसुन गत १२ जुनमा भित्रिएलगत्तै मुलुकभर सक्रिय भएको वर्षाले ठूलो मात्रामा जनधनको क्षति गरेको छ । गृह मन्त्रालयले आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार यस वर्षको मनसुन अवधिमा पहिरोबाट २ सय ४९ र बाढीबाट ३६ जनाको ज्यान गएको छ । यो समाचार आजको राजधानी दैनिकमा सविन शर्माले लेखेका छन् ।  ...
राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च
अर्थ, पत्रपत्रिका, समाचार

राज्यको ढुकुटीबाट चिया–नास्तामै २० अर्ब खर्च

नेपाल अखबार, काठमाडाैं। राज्यको ढुकुटीबाट पछिल्लो ३ वर्षमा चियापान, भोजलगायतका नाममा २० अर्ब रुपैयाँ खर्च भएको छ। खर्च रकम वर्गीकरण र व्याख्याअनुसार विविध शीर्षकबाट मनोरञ्जन, चियापान, भोज, कार्यालय सुरक्षा, अतिथि सत्कारलगायतमा खर्च बेहोर्ने व्यवस्था छ। तर, विनियोजित बजेटभन्दा ८ सय प्रतिशतसम्म बढी खर्च हुने गरेको पाइएको छ। महालेखा परीक्षक कार्यालयले अनुत्पादक खर्च नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। ‘यसप्रकारका अनुत्पादक खर्च नियन्त्रण गर्नुपर्नेमा थप रकमान्तर गरी खर्च गर्न मनासिब देखिएन’, महालेखाको ५७औं प्रतिवेदनमा लेखिएको छ, ‘यसप्रकारको खर्चमा नियन्त्रण गर्नुपर्छ।’ महालेखाका अनुसार विनियोजित रकम सकेर विकास बजेटसमेत रकमान्तर गरी खर्च गरेको पाइएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।...