Sunday, March 29

प्रदेश ३

दामनमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो
प्रदेश ३, समाज, हाइलाइट-समाचार

दामनमा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुल्यो

काठमाडौं– मकवानपुरको थाहा नगरपालिकाअन्तर्गत पर्ने दामनस्थित एभरेस्ट पानोरमा रिसोर्टमा अचेत अवस्थामा फेला परी उपचारका क्रममा मृत्यु भएका ८ जना भारतीय पर्यटकको पहिचान खुलेको छ । मृत्यु हुनेमा भारत केरेलका रत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका छन् । मंगलबार बिहान अचेत अवस्थामा फेला परेका उनीहरुको उपचारका क्रममा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा मृत्यु भएको हो । मंगलबार बिहान अचेत अवस्थामा फेला परेपछि ८ जनालाई नै हे‍लिकोप्टरमार्फत उपचारका लागि ह्याम्स अस्पताल पुर्‍याइएको थियो । प्रहरीका अनुसार १५ जनाको समूहमा अघिल्लो हप्ता घुम्नका लागि भन्दै उनीहरु नेपाल आइपुगेका थिए । पानोरमा रिसोर्टमा सुत्दा उनीहरुले ग्यास हिटर प्रयोग गरेका थिए । कोठाका...
दलित समुदायलाई आधुनिक औजार
अर्थ, कृषि, प्रदेश ३, समाज

दलित समुदायलाई आधुनिक औजार

राजेन्द्र कोइराला काठमाण्डौ । टोखा नगरपालिका वडा नं. १ झोर महांकालमा रहेका ११ दलित परिवारलाई आधुनिक औजार वितरण गरिएको छ । दलित लक्षित बर्ग कार्यक्रम अन्तर्गत परम्परागत पेशा प्रबर्धनकालागि टोखा नगरपालिकाले एक लाख पचास हजार रुपैया बराबरको आधुनिक औजार वितरण गरेको हो । स्थानियको माग बमोजिम ११ घरपरिवारलाई सिलाई मेसिन २ थान, इन्टरलक मेसिन १ थान, वाइल्डिङ्ग मेसिन ५ थान, ड्रिल मेसिन १ थान, इलेक्ट्रिक आगो फुक्ने मेसिन २ थान वितरण गरिएको वडा नं.१ का वडाध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिए । दलित समुदायको परम्परागत पेशा प्रबर्धन गरि आत्मनिर्भर बनाउने उद्देश्यले औजार बितरण गरिएको वडाध्यक्ष अधिकारीले बताए । सामाजिक विकासका कार्यक्रमलाई प्राथमिकता दिदै आगामी दिनमा अन्य जिविकोपार्जन सम्बन्धि कार्यक्रम ल्याई सामाजिक र आर्थिक रुपमा पछाडी पारिएको बर्गको सशक्तिकरण गर्ने योजना रहेको उनको भनाई छ ।...
काँग्रेस नेता बजगाँईले दिए ५० जना उखु किसानलाई न्यानो ज्याकेट
कृषि, प्रदेश ३, समाचार, समाज, स्वास्थ्य

काँग्रेस नेता बजगाँईले दिए ५० जना उखु किसानलाई न्यानो ज्याकेट

गोरखा । काठमाण्डौमा आन्दोलनरत उखु किसानहरुलाई नेपाली काँग्रेसका नेता राजेन्द्र बजगाँईले न्यानो ज्याकेट वितरण गरेका छन् । चिनी मिलले पैसा नदिएपछि दुई हप्ताअघि सरकार गुहार्न काठमाडौं आएका उखु किसानहरु जाडोमा कठ्यांग्रिएको समाचारहरु बाहिरीएपछि नेता बजगाँईले आन्दोलन भइरहेकै स्थान माइतीघर पुगेर ज्यकेट प्रदान गरेका हुन् । पछिल्लो समय दिनप्रतिदिन चिसो बढ्दै गएपछि उनिहरु काँप्दै आन्दोलन गरिरहेका छन् । जिउमा एकसरो लुगा लगाएर राजधानी छिरेका किसानहरुको माग २ हप्ता बित्दा समेत सम्बोधन हुन सकेको छैन । शुक्रबार काँग्रेस नेता बजगाँईले माइतीघर पुगेर उनिहरुको आन्दोलनमा समेत ऐकेवद्धता जनाएको बताएका छन् । ‘उखुको पैसा नपाएर काठमाण्डौं आएका किसान चिसोले मर्न नपरोस भनेर मैले ५० जनालाई न्यानो डाउन ज्याकेट दिएको हुँ’ सिभिलखबरसंग कुरा गर्दै नेता बजगाँईले भने ‘दुई हप्ता भइसक्यो किसानको आवाजलाई सरकारले सुने...
महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर मृत फेला
प्रदेश ३, समाचार, समाज

महाधिवेशनमा चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष मानन्धर मृत फेला

नेपाल जेसीजको महाधिवेशनका लागि चितवन आएका काभ्रे जेसिजका उपाध्यक्ष कृष्ण कुमार मानन्धर मृत फेला परेका छन् । चितवनको रत्ननगर नगरपालिकाको टाँडीमा भएको जेसिजको ४६ औँ महाधिवेसनका लागि आएका मानन्धरको शव इनारमा भेटिएको प्रहरीको भनाई छ । मानन्धरको शव आइतबार बेलुकी रत्ननगर नगरपालिका १ र ९ को सीमा क्षेत्रको एक इनारमा भेटिएको थियो। हाल उनको शव पोष्टपार्टमका लागि अस्पताल पठाइएको छ । पुस ९ गतेदेखि १२ गतेसम्म भएको रत्ननगरमा जेसिजको ४६ औं महाधिवेशन भएको थियो ।...
मुग्लिन–नारायणगढ सडक २३ गतेबाट मात्रै खुल्ने
प्रदेश ३, समाचार, समाज

मुग्लिन–नारायणगढ सडक २३ गतेबाट मात्रै खुल्ने

मुग्लिन – नारायणगढ सडक पुस २३ गतेबाट मात्रै खुल्ला हुने भएको छ । पहिरो रोकथामका लागि भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले पुष २२ गतेसम्मका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गराउने भएको हो । यसअघि मंसिर २७ गतेबाट १५ दिनका लागि भनेर यो सडक बन्द हुँदै आएको थियो । तर काम नसकिएपछि बन्दको समय थप गरिएको हो ।...
पोखरा-मुग्लिन सडक स्तरोन्नतिका लागि एडीबीको २२ अर्ब ऋण
अर्थ, प्रदेश ३, प्रदेश ४, समाचार, हाइलाइट-समाचार

पोखरा-मुग्लिन सडक स्तरोन्नतिका लागि एडीबीको २२ अर्ब ऋण

एशियाली विकास बैंक (एडिबी)ले पोखरा–मुग्लिन सडकखण्डको स्तरोन्नतिका लागि २२ अर्ब ३५ करोड उपलब्ध गराउने भएको छ । त्यस्तै चारवटा नयाँ परियोजना कार्यान्वयन गर्न एडिबी नेपाल सरकारलाई ४० अर्ब ४५ करोड ४० लाख रुपैयाँ ऋण सहयोग गर्ने भएकाेछ । बैंकले खाद्य व्यवस्थापन सुधार तथा प्रदूषित बागमती नदी सरसफाइका लागि अतिरिक्त लगानीस्वरुप सात अर्ब ११ करोड ९० लाख, जीविकोपार्जन सुधार तथा साना किसानको आयआर्जन वृद्धिका लागि पाँच अर्ब ६५ करोड र कृषि तथा खाद्य सुरक्षासम्बन्धी नेपाल सरकारका नीतिगत सुधारका कार्यक्रममा सघाउन पाँच अर्ब ६५ करोड रुपैयाँ प्रदान गर्नेछ ।...
वडाध्यक्षलाई नै बोक्सोको आरोप, स्थानीयले लगाए जुत्ताको माला
प्रदेश ३, समाज, हाइलाइट-समाचार

वडाध्यक्षलाई नै बोक्सोको आरोप, स्थानीयले लगाए जुत्ताको माला

चितवनको इच्छाकामना गाउँपालिका-२ का वडाध्यक्ष पञ्चबहादुर प्रजालाई गत शनिबार केही स्थानीय घेरा हाले। उनीहरूका हातमा मोसो थियो। जबरजस्ती मोसो प्रजाको मुखमा दले। उनीहरूले जुत्ताको माला पनि ल्याएका थिए। त्यो माला प्रजाको गलामा हाले। पदीय जिम्मेवारी पूरा नगरेर वा सेवाग्राहीलाई दु:ख दिएकाले प्रजालाई मोसो दलिएको भने होइन। बरू उनी कानुनले बर्जित गरेको कुरिति र अन्धविश्वासको सिकार भए। मोसो दल्ने र जुत्ताको माला लगाउनेले उनीमाथि बोक्सोको आरोप लगाए। स्थानीय उत्तरकुमार गुरुङ र उनको समूहले प्रजालाई पहिलेदेखि नै दुर्व्यवहार गर्थे। नेपाल कम्युनिष्ट पार्टीबाट वडाध्यक्ष चुनिएका प्रजा त्यसलाई खासै वास्ता गर्दैनथे। 'पहिलेदेखि नै अमानवीय व्यवहार गर्थे,' प्रजाले टेलिफोनमा सेतोपाटीसँग भने,'शनिबार भने गुरूङको समूहले मलाई मोसो दलेर जुत्ताको माला लगाइदिए।' गुरूङको समूह लामो समयदेखि गाउँमा गुण्डागर्दी गर्दै आएको प्र...
बुढीगण्डकी प्रभावितले गरे काठमाण्डाै‍मा प्रदर्शन
अर्थ, प्रदेश ३, समाचार, हाइलाइट-समाचार

बुढीगण्डकी प्रभावितले गरे काठमाण्डाै‍मा प्रदर्शन

बुढीगण्डकी प्रभावित क्षेत्रमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै सरोकारवालाहरुले विरोध प्रदर्शन गरेका छन्। बुढीगण्डकी जलविद्युत आयोजना सरोकार समितिले बुधबार राजधानीमा सरकारले तोकेको मुआब्जा कम भएको भन्दै विरोध प्रदर्शन गरेका हुन्। सरोकारवालाहरुले बुढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित आरुघाट आर्खेत (गोर्खा) र विशालनगर खहरे (धादिङ) क्षेत्रको मुल्य निर्धारण पुर्नविचार गर्न माग गर्दै प्रदर्शन गरेका हुन्। पूर्व सांसद चिनकाजी श्रेष्ठले सरोकारवालाहरुको माग विपरित धेरै कम मुल्य निर्धारण भएको बताए। यो भन्दा पहिले सहमति गरेर मुल्य निर्धारण गरिएको भएपनि यसपटक सरकारले गैरकानुनी ढंगबाट मुल्य निर्धारण गरिएको उनले बताएका छन्। पूर्व सांसद श्रेष्ठले तत्काल सम्बन्धित क्षेत्रका स्थानीयहरुसँग वार्ता गरेर मुल्य निर्धारण पुनरावलोकन नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।...