चाडपर्वका मौलिक पक्षलाई जीवित राखौं : मुख्यमन्त्री गुरुङ
नेपाल अखबार, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सांस्कृतिक चाडपर्व मनाइरहँदा ती चाडका मौलिक पक्षलाई जीवित राख्न र मितव्ययिता अपनाउन आवश्यक रहेको बताएका छन् । हरितालिका तीज पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुःख, शान्ति, समृद्धि सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको शुभकामना समेत व्यक्त गरेका छन् ।
सन्देशमा उनले नेपालमा मनाइने मौलिक चाडपर्वले सामाजिक सद्भाव तथा सांस्कृति सह–अस्तित्व अभिवृद्धि गरी विभिन्न समुदाय र सम्प्रदायबीचको एकतालाई दरिलो बनाउनुका साथै राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पु¥याउँदै आइरहेको चर्चा गरेका छन् । मुख्यमन्त्रीले तीज पर्वले सबै जातजाति र समुदायबीच सद्भाव, सांस्कृतिक सहिष्णुता र सामाजिक एकता र समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा प्राप्त हुने विश्वास लिएको जनाएका छन् ।
...
