सम्मृद्धि ल्याउन शिक्षाको विकास अनिबार्य ः नारायणकाजी श्रेष्ठ
गोरखा । विकासका पूर्वाधार मध्ये पनि शिक्षा पहिलो पूर्वाधार रहेको राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले बताएका छन् ।
गोरखा नगरपालिका ९ लक्ष्मीबजारको महालक्ष्मी माध्यामिक विद्यालयको ४४ औं बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले सम्मृद्धिका लागि शिक्षाको विकास अनिवार्य रहेको बताएका हुन् ।
नेपालले ठूलो राजनीतिक उपलब्धी हासिल गरेको बताउदै उनले अबको पालो आर्थिक सम्मृद्धि रहेको तर्क गरे ।
‘देशमा ठूलो राजनीतिक उपलब्धी हासिल भइसकेको छ, अबको उदेश्य आर्थिक विकास र सम्मृद्धि हो’ नेकपाका प्रवक्ता समेत रहेका श्रेष्ठले भने ‘संविधानको कार्यान्वयनसंगै अब सबै दल एक ठाउँमा आउनुको विकल्प छैन ।’
सरकारी शिक्षालयमा जनताका छोराछोरीले आधुनिक शिक्षा पाउने वातावरण बनाउनुपर्नेमा उनको जोड थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिव केसीको अध्यक्षतामा भएको कार्यक्रममा उनले विकास सबैको साझा रहेक...
