Sunday, September 21

प्रदेश ६

नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ
प्रदेश ६, राजनीति, समाचार

नवनियुक्त पर्यटन मन्त्री शाहीले लिए पद तथा गोपनीयताको शपथ

नेपालअखबार, कर्णाली । कर्णाली सरकारका नवनियुक्त उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री वीरबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले प्रदेश प्रमुख तिलक परियारले उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । शाही गत बिहीबार मन्त्रीमा नियुक्त भएका थिए ।  यद्यपी उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठन गर्दा समावेशी सिद्धान्तलाई ध्यान नपुर्याएको भन्दै पत्र लेखेपछि शपथ रोकिएको थियो । नेकपा माओवादी केन्द्रबाट मन्त्री बनेका गैर सांसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएसँगै डोल्पाबाट निर्वाचित सांसद वीरबहादुर शाही मन्त्रीमा नियुक्त भएका हुन् ।  मुख्यमन्त्री जीवनबहादुर शाहीले संविधानको धारा १५८ को उपधारा (९) बमोजिम नियुक्ती, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेका हुन् । यद्यपी मुख्यमन्त्री जीवनबहादुर शाहीले मन्त्रिमण्डल समावेशी नबनाएर नै नवनियुक्त शाहीले शपथ लिएका हुन्...
प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो
प्रदेश ६, राजनीति, समाचार

प्रदेश मन्त्रिपरिषद् समावेशी नहुँदा नवनियुक्त मन्त्रीको शपथ रोकियो

नेपालअखबार,कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीबार नेपालको संविधानको  धारा १६८ ९९० बमोजिम नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य शाहीलाई मन्त्री पदमा नियुक्त गरेका थिए । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले अदालतको पत्रले तत्काल शपथ कार्यक्रम रोकिएको जानकारी दिए । “पहिला अदालतको पत्र आइपुग्यो, मुख्यमन्त्रीले मन्त्री नियुक्त गरेको पत्र बिहीबार साँझ प्राप्त भयो,” उनले भने, “उच्च अदालतको निर्देशनात्मक आदेशका कारण तत्काललाई शपथ रोकिएको छ ।” गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) को कार्यकाल स्वतः सकिएपछि रिक्त मन्त्रालयको जिम्मेवारीमा माओवादी केन्द्रले डोल्पाबाट निर्वाचित प्रदेशसभा सदस्य शाहीलाई सिफारिस गरेको थियो । कार्चेन नियुक्तिविरुद्ध २०७८ माघ अन्तिम साता...
कर्मचारीलाई कोरोना देखिएपछि सुर्खेतमा धमाधम कार्यालय सिल
प्रदेश ६, प्रशासन, समाचार

कर्मचारीलाई कोरोना देखिएपछि सुर्खेतमा धमाधम कार्यालय सिल

नेपाल अखबार, सुर्खेत। सुर्खेतमा कोरोना भाइरसको सङ्क्रमणदर उच्च रहेपछि यहाँका सरकारी कार्यालय धमाधम सिल गरिएको छ । कर्मचारीमा कोरोना देखिएपछि पछिल्लोपटक यहाँका तीन कार्यालय सिल गरिएको हो । वीरेन्द्रनगरस्थित राष्ट्रिय वाणिज्य बैंक, कर्णाली प्रदेशसभा सचिवालय र जिल्ला मालपोत कार्यालय सिल गरिएको छ । सेवाग्राहीको अत्यधिक भीड हुने बैंक तथा मालपोत कार्यालयले आफ्ना कर्मचारीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण अन्य व्यक्तिमा फैलिन नदिन कार्यालय सिल गरिएको जनाएका छन् । प्रदेशसभा सचिवालय र मालपोत कार्यालय एक साताका लागि सिल गरिएको छ भने वाणिज्य बैंकले अर्को व्यवस्था नभएसम्मका लागि कार्यालय बन्द रहने सूचना जारी गरेको छ । कर्मचारीमा कोरोना देखिएपछि वाणिज्य बैंक यसअघि पनि एक साताका लागि सिल गरिएको थियो । बैंकका निमित्त शाखा प्रबन्धक ठोक्रे विष्टले एटिएम सेवा भने सञ्चालन रहने बताए । रासस...
हराएको चार वर्षपछि चन्दननाथ मन्दिरको दाहिने शङ्ख भेटियो
धर्म/संस्कृति, प्रदेश ६, समाचार

हराएको चार वर्षपछि चन्दननाथ मन्दिरको दाहिने शङ्ख भेटियो

नेपाल अखबार, कर्णाली । जुम्लाको चन्दननाथ मन्दिरबाट चोरी भएको एक थान बहुमूल्य दाहीने शङ्ख चार वर्षपछि भेटिएको छ । वि.सं. २०७३ मंसिर ११ गते चोरी भएका मूर्तिको अनुसन्धानको क्रममा प्रहरीले दाहीने शङ्ख भेटाएको हो । तीन दिन अघि दुई थान मूर्तिसहित पक्राउ परेका तीन आरोपितको सहयोगमा बुधबार चन्दननाथ नगरपालिका १० बोहोरागाउँ जुम्लाको खोलापानेस्थित एक ओडारमुनि राखिएको अवस्थामा दाहिने शङ्ख फेला पारेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए । ‘मूर्ति चोरीको आरोपमा पक्राउ परेका एक व्यक्तिको सहयोगमा शङ्ख लुकाएको स्थान पत्ता लगायौँ,’ प्रहरी नायब उपरीक्षक काफ्लेले भने, ‘उक्त स्थानमा रातो प्लाष्टिकभित्र सेतो प्लाष्टिक र सेतो प्लाष्टिकभित्र फाईवरको क्वालिटी रङ्गको झोलामा बेरेर राखेको अवस्थामा दाहिने शङ्ख भेटाएका छौँ ।’ अनुसन्धान प्रक्रियालाई घनिभूत ढङ्गले अ...
स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता
प्रदेश ६, समाचार, स्वास्थ्य

स्वास्थ्यकर्मीले पाएनन् जोखिम भत्ता

नेपाल अखबार, जुम्ला। कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अग्रभागमा खटिएका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका छन् । जुम्लाको पातारासी गाउँपालिकाका स्वास्थ्यकर्मीले जोखिम भत्ता नपाएको गुनासो गरेका हुन् । गाउँपालिकाको पटमारा स्वास्थ्य चौकीका इन्चार्ज कृष्ण बुढाका अनुसार सङ्घ, प्रदेश र स्थानीय सरकारले कोरोना महामारीमा जोखिम भत्ता दिन्छौँ भनेर हौस्याएर काममा खटाएको तर अहिलेसम्म जोखिम भत्ता उपलब्ध गराउने विषय कुनै चासो देखाएको छैन । यस गाउँपालिकाअन्र्तगत चारवटा स्वास्थ्य चौकीका ४२ स्वास्थ्यकर्मी र ६७ महिला स्वयंसेविका कोेरोना महामारीमा आफ्नो ज्यान जोखिममा राखेर खटिए पनि जोखिम भत्ता उपलब्ध नभएको इन्चार्ज बुढाले बताए । कोरोना माहामारी रोकथाम तथा नियन्त्रणमा खटिएबापत प्रतिमहिला स्वयंसेविका एकमुष्ट रु एक हजार ५०० उपलब्ध गराउने गाउँपालिकाले निर्णय गरेको थियो तर अहिलेसम्म उपलब्ध नभएक...
कालापहाड जान नपाएपछि जडीबुटी खोज्न पाटन हिँडे युवा
अर्थ, प्रदेश ६, समाचार, हाइलाइट-समाचार

कालापहाड जान नपाएपछि जडीबुटी खोज्न पाटन हिँडे युवा

नेपाल अखबार, खलङ्गा । जुम्लाको तिला गाउँपालिका-९ राँस गाउँका दानबहादुर रावत अहिले १३ जना समूहको नेतृत्व गर्दै जडीबुटी सङ्कलन गर्न पाटनतिर लाग्नुभएको छ । हरेक वर्ष कालापहाडको कमाइबाट परिवारको खर्च जुटाउने उनी यसपालि कोरोनाले भारत तथा अन्य ठाउँमा जान नपाएपछि अहिले पाटनतिर हिँडेका हुन् । रावत केही युवाको समूह लिएर जडीबुटी सङ्कलनमा जुटेका छन् । ‘आम्दानीको कुनै स्रोत छैन’, उनले भने, ‘परिवारको गुजारा चलाउन हम्मेहम्मे भइरहेको छ । लगाएको खेतीबालीले छ महिना पनि खानै पुग्दैन ।’ त्यसैले पैसा कमाउनका लागि जडीबुटी सङ्कलन गर्न पाटनतिर गएको उनको भनाइ छ । रावतजस्तै अहिले जुम्लाका थुप्रै विपन्न नागरिक जडीबुटी सङ्कलनमा निस्किएका छन् । उनीहरू यो समयमा सेतोचिनी (खिरौला) र पदमचाल जस्ता जडीबुटी सङ्कलन गरी खर्च जुटाउन पाटनतिर लागेका हुन् । तिला गाउँपालिकाकै खाम्म रावत पनि १४ जनाको टोलीमा जडीबुटी सङ्कलन गर्न हिँ...
नदी तर्न मासिक ३ सय शुल्क
प्रदेश ६, समाचार, समाज

नदी तर्न मासिक ३ सय शुल्क

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ । बर्खामा खोला बढेपछि दक्षिणी क्षेत्रका बासिन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । पुनर्वास नगरपालिका, बेलौरी नगरपालिका र बेल्डाँडी गाउँपालिकाका बासिन्दा बल्मा नदीमा दैनिकरुपमा आवतजावत गर्दै आएका छन् । दैजीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दक्षिणी क्षेत्र जान यो बाटो छोटो दूरीको छ । अहिले यस क्षेत्रमा हुलाकी राजगमार्ग निर्माण भइरहेको छ । बल्मा खोलामा चार वर्षअघि पुल निर्माणका लागि ठेक्का भए पनि अहिलेसम्म निर्माण सकिएको छैन । खोला बढेर तर्न नसकेपछि अहिले सर्वसाधारणले शुल्क तिरी खोला वारपार गर्दै आएका छन् । मानिस, सवारीसाधन र सामान तार्न रु १०० देखि रु ३०० सम्म तिर्नुपर्ने अवस्था छ ...
जाजरकोटमा डाक्टरलाई कोरोना देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द
प्रदेश ६, समाचार, स्वास्थ्य

जाजरकोटमा डाक्टरलाई कोरोना देखिएपछि अस्पतालको ओपीडी सेवा बन्द

नेपाल अखबार, सुर्खेत । चिकित्सकमा कोरोना संक्रमण देखिएपछि जाजरकोट अस्पतालको आकस्मिक बाहेकका सेवा (ओपीडी) बन्द गरिएको छ । अस्पतालमा कार्यरत चारजना चिकित्सक र एकजना स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएपछि आकस्मिकबाहेकका सेवा बन्द गरिएको अस्पतालका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा. सुनिल पुनले बताए । ‘अस्पतालमा अग्रपंक्तिमा रहेर काम गर्ने सम्पूर्ण चिकित्सक र स्वास्थ्यकर्मीको पीसीआर परीक्षण गर्दा चिकित्सकसहित पाँचजनामा संक्रमण देखिएको छ,’ डा. पुनले भने, ‘कतिपएको रिर्पोट आउँन अझै बाँकी नै छ । तेतिन्जेल आकस्मिक बाहेकका सेवा अर्को सूचना नहुन्जेलसम्मका लागि बन्द गरेका छौं ।’ अस्पतालका अनुसार डिभिजन वन कार्यालयका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको छ । चार दिनअघि मात्रै राष्ट्रिय बाणिज्य बैंक, नेपाल प्रहरी, नेपाली सेना र भेरी नगरपालिकाका कर्मचारीलाई पनि कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय...
कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु
प्रदेश ६, समाचार, स्वास्थ्य, हाइलाइट-समाचार

कञ्चनपुरमा उच्च ज्वरोबाट ३ जनाको मृत्यु

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको महाकाली नगरपालिकामा उच्च ज्वरोको लक्षण देखिएका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया पूजा बोगटी, ६५ वर्षीय गम्भीर भण्डारी र २१ वर्षीय प्रेमबहादुर चन्द रहेका छन् ।  बोगटीको दोधारा स्वास्थ्य केन्द्रमा उपचार हुन नसक्दा थप उपचारका लागि कैलालीको धनगढी पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख जय बहादुर महराले बताए । भण्डारीमा मधुमेह, उच्च रक्तचाप र ज्वरोका कारण उपचारका क्रममै मृत्यु भएको हो उनले भने, “प्रेमलाई परिवारजनले स्वास्थ्य केन्द्रमा उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको छ ।” उच्च ज्वरो देखिएका चार जनालाई कैलालीको धनगढी उपचारका लागि पठाईएकोमा केही निको भएर घर फिर्ता भएको र केही उपचारका क्रममा रहेको शाखा प्रमुख महराले जानकारी दिए । उनका अनुसार मृत्यु भएका र ज्वरोको समस्या देखिएका सबै जनाको रगतको नमूना...
कोरोना रिपोर्ट नआउँदा १८ घण्टादेखि उठाइएन शव
प्रदेश ६, समाचार

कोरोना रिपोर्ट नआउँदा १८ घण्टादेखि उठाइएन शव

नेपाल अखबार, कैलाली । कैलालीमा कोरोना संक्रमण परीक्षणको रिपोर्ट नआउँदा एक महिलाको शव १८ घण्टादेखि उठाइएको छैन । सोमबार राति ८ बजे आइसोलेसन सेन्टरमा मृत्यु भएकी घोडाघोडी नगरपालिका–११ कि महिलाको शव जहाँको त्यहीँ छ । उनको मृतक श्रीमान र छोरामा पनि कोरोना संक्रमण पुष्टि भए पनि उनको भने मृत्युपछि मंगलबार विहान १० बजे मात्र स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको छ । घोडाघोडी नगरपालिका– १० मा पनि मंगलबार विहान आत्महत्या गरेका युवकमा पनि कोरोना परीक्षण नभएकाले शव उठाइएको छैन । उनको शव ६ घण्टादेखि घरभित्रै छ । उनका परिवारको ५ सदस्यमा कोरोना संक्रमण पुष्टि भइसकेकाले आफन्त र गाउँलेले शव उठाउन मानेका छैनन् । ती युवकको बाबु, आमा, छोरी र दुई भतिज गरी ५ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु साउन २५ गते भारतबाट आएका थिए, र उनीहरुको परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक युवक भने गाउँमै रह...