Friday, May 22

प्रदेश

भाेलिदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा
प्रदेश २, प्रशासन, समाचार, स्वास्थ्य

भाेलिदेखि वीरगञ्जमा अनिश्चितकालका लागि निषेधाज्ञा

नेपाल अखबार, वीरगञ्ज । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । भोलि शनिबारदेखि अर्को आदेश नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो । संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो । वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचार बाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिवबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ । उनीहरुको पीसीआर परीक्षणपछि जोखिमपूर्ण स्थानमा चेकजाँच गर्ने...
गण्डकीमा १० नयाँ संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा १० नयाँ संक्रमित थपिए

नेपाल अखबार, पोखरा ।  गण्डकी प्रदेशमा कोरोनाका १० नयाँ संक्रमित थपिएका छन् । प्रदेशका ४ जिल्लामा गरि १० संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । निर्देशनालयका अनुसार कास्की, लमजुङ, बागलुङ र तनहूँका १० जनामा संक्रमण पुष्टि भएको छ । थपिएका संक्रमितमध्ये कास्कीको अन्नपूर्ण गाउँपालिकामा एक जना पुरुष र एक जना महिला छन् । यसैगरी, पोखरा महानगरपालिकामा ३ पुरुष रहेका छन् । लमजुङको क्होलासोथर, मध्यनेपाल र बेशिँसहरमा एक, एक गरि ३ जना संक्रमित थपिएका छन् । बागलुङको तमानखोला र तनहूँको शुक्लागण्डकीमा एक एक जना पुरुष संक्रमित थपिएका छन् । संक्रमित व्यक्तिलाई सम्बन्धित जिल्लाको आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए । प्रदेशको कुल संक्रमित संख्या १३६० पुगेको छ ।...
गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकी प्रदेशमा ५ जना कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा पाँच जना कोरोना संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना कोरोना संक्रमित थपिएका हुन् । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन् । यसैगरी कास्कीको पोखरा उपमहानगरपालिकामा २५ र ३८ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।...
पर्सामा थप १७ जनामा कोरोना संक्रमण
प्रदेश २, समाचार, स्वास्थ्य

पर्सामा थप १७ जनामा कोरोना संक्रमण

इफान अलि, बीरगन्ज । पर्सामा पुण्ह १७ जना मानिसमा काेराेनाकाे संक्रमण पुष्टि भएकाे छ । चिकित्सक , अस्पतालमा उपचाररत बिरामी लगायत पर्सा जिल्लामा गए राति मात्र १७ जनामा काेराेना पुष्टि भएकाे पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले फेसबुक पेज मार्फत जानकारी दिनुभएकाे छ । उनका अनुसार कतिपय संक्रमित लक्षण सहित समेत देखिएकाेले निकै गम्भिर अवस्था सृजना भएकाे उनले बताए। फेसबुक पेजमा लेख्दै सहायक प्रमुख बस्नेतले वास्तवमा देशभरी काेराेना संक्रमण घटेकाे हाेइन, परीक्षणकाे दायरा घटेकाेले संक्रमितकाे संख्या घटेकाे जस्ताे देखिएकाे उनको बुझाइ रहेकाे छ। बस्नेतले आफ्नो फेसबुक पोष्टमा लेखेका छन्, ‘पेड टेस्ट शुरू नगरूञ्जेल पर्सामापनि संक्रमित सबै निकाे हुँदै २ जना मात्र बाँकी रहेकाे अवस्था थियाे तर पर्सामा पेड टेस्टसँगै विभिन्न व्यक्तिहरूले स्वेच्छाले जाँच गर्न थालेपछि र्‍यान्डम टेस्ट जस...
कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण
प्रदेश ७, समाचार, स्वास्थ्य

कर्णालीमा ३ बालबालिकासहित थप २२ जनामा कोरोना संक्रमण

नेपाल अखबार, सुर्खेत । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा तीनजना बालबालिकासहित २२ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट बुधबार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका संक्रमित १६ जना दैलेख र ६ जना कालीकोटका हुन् । दैलेखका संक्रमितहरु ठाँटीकाँध गाउँपालिकाको वडानम्बर १, २, ३, ४ र ६ का दुईजना मिहला र १४ जना पुरुष रहेका छन् । यस्तै, कालीकोटको रास्कोट नगरपालिका वडानम्बर २ की एक वर्षे बालिका, १८ महिने र तीन वर्षे बालक, २२ र २४ वर्षीया युवती रहेका छन् भने वडानम्बर ८ का २१ मर्षीय युवक रहेका छन् । यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १७८३ पुगेको छ । यस्तै, कर्णालीमा बुधबार मात्रै १३ जना डिस्चार्ज भएका छन् । यो...
गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा थपिए १६ जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा मं‌गलबार फेरि १६ जना कोरोना भाइरस (कोभिड-१९)का नयाँ संक्रमित थपिएका छन् । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट मंगलबार थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार थपिएका १६ जाना मध्ये ७ जना स्याङजाको पुतलीबजारका ७ जना रहेका छन् । तीमध्ये ३ जना नयाँ पुष्टि भएका हुने भने ४ जना यसअघि गणना हुन छुटेका गल्याङ र वालिङका हुन् । यस्तै, लमजुङका राईनाश का ३ पुरुष, बेशीसहर, सुन्दरबजार र मध्यनेपालका ३ गरी ६ जना पुरुष रहेका छन् । अन्य ३ जना बागलुङको बागलुङ नगरपालिका र जैमिनीका रहेका छन् । मंगलबार बिहानै मात्रै गण्डकीमा  ९ जनामा काेराेना संक्रमण पुष्टिभएको थियो । यससँगै गण्डकीमा मंगलबार मात्रै २५ मा संक्रमण पुष्टि भएको छ भने जम्मा संक्रमित संख्या १३४५ पुगेको छ ।...
गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि
प्रदेश ४, समाचार, स्वास्थ्य

गण्डकीमा थप ९ जनामा कोरोना पुष्टि

नेपाल अखबार, पोखरा । गण्डकीमा थप ९ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या १३२९ पुगेको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार म्याग्दी, बागलुङ र स्याङ्जामा गरि ९ संक्रमित थपिएका हुन् । आज थपिएका संक्रमितमध्ये म्याग्दीको अन्नपूर्णमा २ र बेनीमा १ पुरुष संक्रमित थपिएका छन् । यसैगरी, स्याङ्जाको फेदीखोलामा र बागलुङको ताराखोलामा ३, ३ जना संक्रमित थपिएका छन् । संक्रमितमध्ये १ हजार २० जनाले कोरोना जितेर घर फर्कि सकेका छन् । ४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।...
भोजपुरमा पहिरोको कारण  क्षति
प्रदेश १, समाचार

भोजपुरमा पहिरोको कारण क्षति

नेपालअखबार, भोजपुर। लगातारको वर्षाका कारण पहिरो जाँदा भोजपुर जिल्लाका विभिन्न ठाउँमा क्षति भएको छ । पहिरोका कारण पौवादुङमा गाउँपालिका–५ सानोदुम्मा टीकाराम तामाङको घर पूर्णरुपमा क्षति भएको छ भने सोही वडाका चौहानबारीका जङ्गबहादुर तामाङको भान्साघर पुरिएको प्रहरीले जनाएको छ । टीकारामको घरको गाह्रो भत्किँदा तामाङको पाँच कुखुरा मरेका छन् । घर भत्किएपछि उनको परिवार स्थानीय गजेन्द्र तामाङको घरमा गई बसेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप लामाले जानकारी दिए । यस्तै वर्षाका कारण आम्चोक गाउँपालिका–१० पाङ्चामा रहेको लक्ष्मी माध्यमिक विद्यालयको पर्खाल भत्किँदा विद्यालयको शौचालयको सेफ्टीट्याङ्की पूर्णरूपमा क्षति भएको छ । त्यस्तै रामप्रसादराई गाउँपालिका–६ वैकुण्ठेमा रहेको स्वास्थ्यचौकीको पनि पर्खाल लडेको छ । पर्खाल लडेपछि प्रहरी चौकी वैकुण्ठे जाने भित्री सडक अवरुद्ध भएक...
पूर्वी पहाडका विद्युत् उत्पादनमा समस्या
प्रदेश १, प्रविधि, समाचार

पूर्वी पहाडका विद्युत् उत्पादनमा समस्या

आइतबारदेखि निरन्तर परेको वर्षाका कारण पूर्वी पहाडी जिल्लामा सञ्चालित केही आयोजनाबाट बिजुली उत्पादन बन्द भएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीका कारण इलामसहित पाँचथर र ताप्लेजुङबाट सञ्चालित अधिकांश जलविद्युत् आयोजनाबाट बिजुली उत्पादन ठप्प भएको हो । जम्मा भएर आएको भेलका कारण कतै विद्युत् उत्पादनगृहभित्र नै पानी पसेर समस्या आएको छ भने कतै पहिरोका कारण पाइपमा समेत क्षति पुगेको काबेली करिडोर प्रसारण लाइन आयोजनाले जानकारी दिएको छ । कतिपय आयोजनाबाट विद्युत् उत्पादन बन्द भएको र केही आयोजनाको कम मात्रै बिजुली उत्पादन हुन थालेको छ । इलामको पुवाखोला जलविद्युत् आयोजनामा सबै पानी पसेर समस्या भएको छ । त्यस्तै पाँचथरमा सञ्चालित विभिन्न आयोजनाबाट उत्पादन भएको बिजुली घटेको छ । पाँचथरमा ३७ मेगावाट विद्युत् उत्पादन हुँदै आएको थियो तर हाल घटेर करिब आठ मेगावाट मात्रै उत्पादन भएको काबेली करिडोरले जानकारी दिए...
प्रदेश १ः इलाममा बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार
प्रदेश १, समाचार

प्रदेश १ः इलाममा बाढीमा फसेका दुईको नेपाली सेनाद्वारा उद्धार

नेपाल अखबार, इलाम। गएराति माईखोलामा आएको बाढीमा फसेका दुई जनालाई नेपाली सेनाले उद्धार गरेको छ । इलाम सदरमुकामस्थित पशुपतिप्रसाद गणबाट खटेको नेपाली सेनाको टोलीले माइजोगमाईका दुई जनाको उद्धार गरेको हो । माइजोगमाई गाउँपालिका–५ का ६५ वर्षीय लोकबहादुर नेम्वाङ र ३० वर्षीय जोजो लिम्बूलाई नेपाली सेनाको टोलीले गएराति उद्धार गरेको हो ।माइजोगमाईको सिरिसे र इलाम नगरापालिका–५ जोड्ने झोलुङगे पुलभन्दा केही माथि रहेको गोठमा दुवैतिरबाट बाढी आएपछि दुवै जना फस्नुभएको थियो । सो खबर पाएलगत्तै पुगेको नेपाली सेनाले उनीहरुको सकुशल उद्धार गरेको थियो । भङ्गालो फाटिएर दुईतिर भएपछि बीचमा रहेको गोठमा उाीहरु आपतमा परेका थिए । साँझमा बाढीमा फसेका उनीहरुलाई राति सकुशल उद्धार गरिएको थियो ।...