मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग
नेपाल अखबार, काठमाडाैं। नेपाल केबल टेलिभिजन व्यवसायी महासंघले ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण बन्द गराउन माग गरेको छ । महासंघका पदाधिकारीहरुले बिहीबार सूचना तथा सञ्चार मन्त्रालय, सूचना प्रविधि विभाग र संसदको विकास तथा प्रविधि समितिमा ज्ञापन पत्र बुझाउँदै नेपालमा ओटीटी/मोबाइल एप्सबाट हुने टेलिभिजन प्रसारण बन्द गराउन माग गरेका हुन्
नेपालमा ओटीटी/मोबाइल एप्स मार्फत प्रभु टिभी र नेट टिभीले टेलिभिजन प्रसारण गर्दै आएका छन् । गत सोमबार संसदको विकास तथा प्रविधि समितिले आगामी कात्तिक ७ गते भित्रमा विज्ञापन बोर्ड गठन गरी विदेशी च्यानलहरुमा विज्ञापन रहित नीति (क्लिन फिड) लागू गर्न नेपाल सरकारलाई निर्देशन दिएको थियो ।
केवल टेलिभिजन व्यवसायीहरुले क्लिन फिड लागू हुनुअगाडि सरकारले केही सुविधा दिनुपर्ने र ओटीटी/मोबाइल एप्समा आधारित टेलिभिजन प्रसारण सेवा प्रदायकलाई बन्द गराउनुपर्ने माग गरेका हु...
