Tuesday, September 8

प्रविधि

चीन जोड्ने रेलमार्गको विस्तृत अध्ययन थाल्न चिनियाँ टोली काठमाडौंमा
प्रविधि, प्रशासन, समाचार

चीन जोड्ने रेलमार्गको विस्तृत अध्ययन थाल्न चिनियाँ टोली काठमाडौंमा

नेपालअखबार, काठमाडौं । बहुचर्चित काठमाडौं–केरुङ अन्तरदेशीय रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्न चीनबाट प्राविधिक टोली नेपाल आइपुगेको छ । चीन सरकारको चाइना रेल–वे सर्भे एन्ड डिजाइन ग्रुप कम्पनी लिमिटेडका प्राविधिकहरु मंगलबार दिउँसो काठमाडौं आइपुगेका छन् । यो टोलीले प्रस्तावित रेलमार्गको इन्जिनियरिङ अध्ययन प्रतिवेदन तयार गर्नेछ । विभागका महानिर्देशक रोहितकुमार बिसुरालका अनुसार यो टोलीले थालेको ४२ महिनामा अध्ययन प्रतिवेदनमा तयार गर्नेछ । ‘टोलीले आफ्नै खर्चमा अध्ययन गर्छ, सुरक्षा र सहजीकारणको काम हामीले गर्छौं,’ महानिर्देशक बिसुरालले भने, ‘अब परियोजनाको काम छिटो अघि बढ्ने बाटो खुलेको छ ।’ चीनले २४ मंसिर २०७५ मा हस्तान्तरण गरेको केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदनअध्ययन अनुसार विस्तृत अध्ययनको काम यतिबेला सकिनु पर्ने हो । चीनले महामारीको कारण देखाउँदै नेपालसँग भएको ...
आज नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा  डेमो उडान
प्रविधि, प्रशासन, समाचार

आज नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान

नेपालअखबार, पोखरा । नवनिर्मित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज प्रदर्शन (डेमो) उडान हुने भएको छ । आज यति एयरलाइन्सले बिहान १० बजे र बुद्ध एयरले २ बजे यो विमानस्थलमा डेमो उडान गर्दैछन् । दुवै कम्पनीका जहाज पोखरास्थित पुरानो विमानस्थलबाट उडेर नयाँ विमानस्थलमा अवतरण गर्ने छन् ।नवनिर्मित विमानस्थलमा १ जनवरी २०२३ बाट आन्तरिक उडान समेत सर्दैछ । त्यसको तयारीका लागि आज प्रदर्शन उडान गर्न लागिएको हो ।...
टरिगाउँ विमानस्थलमा  हप्ताको पाँच दिन उडान
प्रविधि, प्रशासन, समाचार

टरिगाउँ विमानस्थलमा हप्ताको पाँच दिन उडान

नेपालअखबार, दाङ। दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा अब हप्ताको पाँच दिन उडान हुने भएको छ । यसअघि हप्ताको तीन दिनमात्रै उडान हुने गरेको थियो । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीका अनुसार यसअघि बिहीबार, शुक्रबार र शनिबारमात्रै उडान हुँदै आएको थियो । पछिल्लो समय आइतबार र मङ्गलबार पनि उडान भर्ने गरेको उनले बताए । हवाई इन्धन डिपोबाट इन्धन ‘रिफ्युल’ गर्न थालेपछि उडान पनि थप गरिएको उनले बताए । “यसअघि इन्धन डिपोबाट इन्धन हाल्न सुरु भएको थिएन, अब यहीबाट इन्धन हाल्न थालिएको छ”, उनले भने, “त्यसैले अहिले हप्तामा पाँच दिन उडान थप गरिएको छ ।”  यात्रुको चाप बढेमा प्रत्येक दिन हवाई उडान भर्ने गरी तयारी गरेको उनले बताए । साथै निजी हवाई सेवासँग पनि समन्वय गर्ने गरी तयारी रहेको उनको भनाइ छ । “नियमित भएमा हामीले निजी क्षेत्रका जहाज ल्याउने गरिरहेका छौँ”, उनले भने, “त्यसमा यात्रुको ...
दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क
प्रविधि, समाचार

दर्जन बढी गाउँमा टिप्दैन मोबाइलको नेटवर्क

नेपालअखबार, कञ्चनपुर। कञ्चनपुरबाट शिक्षण पेसाका लागि चितवनको इच्छाकामना गाँउपालिका–१ को आधारभूत विद्यालय भाराङमा आएकी सरस्वती रायमाझीको घरमा सम्पर्क नभएको एक साता भयो । घरका सदस्य र आफन्तसँग कुराकानी गर्ने मन हुँदाहुँदै पनि उहाँले मोबाइलको नेटवर्क नहुँदा फोन गर्न पाएकी छैनन् । “फोन सम्पर्क नहुँदा मन आत्तिन्छ”, उनले भनिन्”, “यहाँ आएको एक वर्ष भयो नेटवर्कको समस्या उस्तै छ ।” भाराङ आसपासका एक दर्जन गाउँमा मोबाइलको नेटवर्क नहुँदा स्थानीय फोन सेवाबाट बन्चित भएका छन् । कोलभञ्ज्याङकी लालमाया चेपाङ मोबाइलको नेटवर्क नहुँदा विदेशमा भएको श्रीमान्सँग सहजरुपमा कुरा गर्न नपाएको बताउछिन् । “सबै कुराले पछाडि परेका हामी मोबाइल नेटवर्कले झन् पछाडि पारेको छ, गाउँमा गाडी आइपुग्दा पनि घरबाटै मोबाइलमा कुरा गर्न पाइएको छैन”, उनले भने । इच्छाकामना गाउँपालिका–१ को चौकीडाँडा, बङ्घ्याङ, जैथली, विङलाङ, कोलभञ...
विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’
प्रविधि, समाचार, समाज

विज्ञान तथा प्रविधिको सारथी बन्दै गण्डकीको ‘जिपास्ट’

नेपालअखबार, कास्कि। प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो। पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो। सहरमा जताततै प्लास्टिक छन्। सहरको फोहोर व्यस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे छ। तर तिनै फालिएका प्लास्टिकबाट पक्की सडक बनाउन सकिन्छ भने नमूना पनि हो यो सडक। प्लास्टिक सडक सय मिटर मात्र छ। चार वर्षअघि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीका युवाद्वारा प्लास्टिक पेलेर बाटो कालोपत्र गर्ने प्रविधि भुटानमा सिकेर पोखरामा प्रयोग गरिएको हो। कम्पनीका मेकानिकल इञ्जिनियर विमल बाँस्तोला र सिभिल इञ्जिनियर राजिव सुवेदी प्लास्टिकबाट सडक पिच गर्ने प्रविधि सिक्न भुटान गएका थिए। त्यहाँ एकहप्ते तालिम लिएर फर्केपछि उक्त सीपलाई नेपालमा प्रयोग गरिएको हो। यसमा उनीहरू सफल बने। यो ...
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
प्रविधि, समाचार

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

नेपालअखबार, काठमाडाैं । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको  विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
विद्युत् मिटर रिडिङ नगरी जरिवाना असुल
अर्थ, प्रविधि, समाचार

विद्युत् मिटर रिडिङ नगरी जरिवाना असुल

नेपाल अखबार, सर्लाही । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुलीएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रिडिङ नगरी चुप बसेको वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताको गुनासो छ । उनीहरूले वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताउनुभयो । विगत पाँच÷छ महिना मिटर रिडिङ नगरी बसेको सबस्टेशनले लकडाउन अलि सहज भएपछि बिल तिर्न आउन सूचना नै जारी गरेर जरिवानासहित शुल्क असुलेको अर्का स्थानीय रमेश कार्कीको गुनासो छ । विद्युत् वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आमसर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि जरिवाना तिर्न बाध्य भएका छन् । प्राधिकरण...
विद्युत् मिटर रिडिङ नगरी जरिवाना असुल
अर्थ, प्रविधि, समाचार

विद्युत् मिटर रिडिङ नगरी जरिवाना असुल

नेपाल अखबार, सर्लाही । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लालबन्दीले मिटर रिडिङ नगरिकनै जरिवाना असुलीएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् । कोभिड–१९ नियन्त्रण गर्न भन्दै सरकारले लकडाउन गरेको समयमा उपभोक्ताको मिटर रिडिङ नगरी चुप बसेको वितरण केन्द्रले जरिवाना भन्दै उठेको रकममा थप १० प्रतिशत लिएको उपभोक्ताको गुनासो छ । उनीहरूले वितरण केन्द्रका कर्मचारीको मनलाग्दी खपत शुल्कमा जरिवानासमेत लिने गरेको लालबन्दीका उपभोक्ता श्याम लामाले बताउनुभयो । विगत पाँच÷छ महिना मिटर रिडिङ नगरी बसेको सबस्टेशनले लकडाउन अलि सहज भएपछि बिल तिर्न आउन सूचना नै जारी गरेर जरिवानासहित शुल्क असुलेको अर्का स्थानीय रमेश कार्कीको गुनासो छ । विद्युत् वितरण केन्द्रका कर्मचारीले समयमा मिटर रिडिङ नगरेका कारण आमसर्वसाधारण आफ्नो घरमा रहेको बिजुलीको मिटरमा उठेको रकमको लकडाउनको समयको पनि जरिवाना तिर्न बाध्य भएका छन् । प्राधिकरण...
टिकटक प्रतिबन्ध गर्न ट्रम्पको आदेशमाथि अमेरिकी अदालतको रोक
प्रविधि, विदेश, समाचार

टिकटक प्रतिबन्ध गर्न ट्रम्पको आदेशमाथि अमेरिकी अदालतको रोक

नेपाल अखबार, एजेन्सि। अमेरिकामा एक न्यायाधिसले चीनको भिडियो सेयरिङ एप टिकटकबारे ट्रम्प प्रशासनको आदेशमाथि रोक लगाएको छ । ट्रम्पको आदेशपछि टिकटकको नयाँ डाउनलोडमाथि प्रतिबन्ध लगाइएको थियो । यो प्रतिबन्ध लागू हुने केही घण्टा पहिले वासिङ्टनका एक ‘डिस्ट्रिक्ट जज’ ले टिकटकको मालिक कम्पनी बाइटडान्सको अनुरोधमा अस्थायी रोक लगाउने आदेश जारी गरे । न्यायाधीशले आदेश जारी गर्नुको कुनै कारण बताएनन् तर यसबारे पछि निर्णय दिने जानकारी दिए । सुनुवाईको क्रममा बाइटडान्सका वकिलले प्रतिबन्धलाई अतार्किक बताउँदै भने, ‘आज रातीदेखि यो प्रतिबन्ध लागू गर्नुको अर्थ के हो जबकि यसमाथि अहिले पनि छलफल जारी छ ।’ अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले टिकटक राष्ट्रिय सुरक्षाका लागि खतरा बताउँदै त्यसमाथि प्रतिबन्ध लगाउन आदेश जारी गरेका थिए । कम्पनीले यो आरोप खण्डन गर्छ । टिकटकलाई बाइटडान्स नामको कम्पनीले सन् २०१७ मा लञ्च गरेको थि...
चीनमा किन छैन इमेलको चलन ?
प्रविधि, विश्व, समाचार

चीनमा किन छैन इमेलको चलन ?

नेपाल अखबार, एजेन्सि। म सन् २००८ मे महिनामा चीनको एक सानो इलाकाको येंगशुओमा रहेको एक नीजि अंग्रेजी स्कूलमा पढाउँथे । कोर्स समाप्त भएपछि मेरा एक विद्यार्थीले मलाई क्यूक्यू (QQ) एप डाउनलोड गर्न भने ता कि हामी एक–अर्काको सम्पर्कमा रहन सकूँ । यो एप एमएसएन मेसेन्जरले झैं काम गर्दथ्यो । मैले उनलाई फेसबुकमा मलाई फ्रेन्डलिस्टमा जोड्न भनेँ र उनको ई–मेल एड्रेस मागेँ, त्यतिबेला चीनमा फेसबुक ब्लक थिएन । केही विद्यार्थीले त इमेल एड्रेस दिए तर ती सम्झिनै गाह्रो हुन्थे किनभने ती यस्ता हुन्थे – zwpzjg59826@126  डट कम । मलाई यी इमेल एड्रेस अचम्मको लाग्यो तर त्यतिबेला यस्ता इमेल ठेगाना बनाउनु असामान्य थिएन, बेलायतमा पनि थिएन । केही वर्षपछि म चीनको राजधानी बेइजिङमा एक स्वतन्त्र पत्रकार र कपिराइटको रुपमा काम गर्न थालेँ । म सायदै कोही चिनियाँसँग इमेलमार्फत् कुरा गर्दथेँ । मलाई स्मार्टफोनमा नै चीनको मेसेजिङ ऐप ...