तनहुँ हाइड्रोपावरले जोड्यो बाढीको पूर्वसूचना दिने स्वचालित प्रविधि
नेपालअखबार,तनहुँ । २०८१ असार २२ गते अविरल वर्षासँगै सेती नदीमा भीषण बाढी आयो । तनहुँ जिल्लाको दमौली नजिक निर्माणाधीन १४० मेगावाट क्षमताको जलासययुक्त तनहुँ हाइड्रोपावर आयोजनाको मुख्य बाँधस्थलमा धमाधम काम भइरहेको थियो । तर भौगोलिक कठिनाइको कारण मुख्य बाँध निर्माणका लागि प्रयोग गरिएको अस्थायी बाँधमा बाढीको सतह कति छ भनेर हेर्न सक्ने अवस्था थिएन । जसले गर्दा निर्माण क्षेत्रमा रहेका कामदारहरु बाढीको अवस्थाबारे अन्योलग्रस्त देखिन्थे।
तर यो वर्ष भने तनहुँ हाइड्रोपावर निर्माण क्षेत्रको अवस्था बदलिएको छ । आयोजनाले मनसुन सुरु हुनुअघि नै बाढी पूर्वसूचना प्रणाली जडान गरिसकेको छ।
तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक छबिलाल गैरेका अनुसार अस्थायी बाँधको माथिल्लो क्षेत्रमा बाढी नाप्ने उपकरण जडान गरिएको छ, जसबाट प्राप्त डेटा करिब ४ किलोमिटर तल रहेको साइट अफिसमा वास्तविक समयमा हेर्न सकिने व्यवस्था...










