Monday, December 22

प्रशासन

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’
प्रशासन, समाचार, समाज

बागमतीमा तैरिने फोहर पदार्थ संकलन गर्न ‘ट्रास बेरियर’

नेपालअखबार, काठमाडौं।  सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिले काठमाडौँका नदीहरूमा तैरिने फोहर संकलन गर्न ‘ट्रास बेरियर’ जडान गरेको छ। गुह्येश्वरीबाट ट्रास बेरियर जडान सम्पन्न गरी वाग्मती नदीका पाँच स्थान क्रमशः गोकर्ण ब्यारेज, गुह्येश्वरी, तिलगंगा आँखा अस्पताल, वाग्मती मनहरा दोभान, युएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा एक स्थान गरी जम्मा छ स्थानमा रु ६५ लाखमा ठेक्का सम्झौता गरेर ट्रास बेरियर राख्न थालिएको हो। सहरी विकासमन्त्री कुलमान घिसिङको निजी सचिवालयका अनुसार ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लाष्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहरलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ। काठमाडौँ उपत्यकाका वाग्मती, विष्णुमती, मनोहरा र धोबीखोला नदीहरूमा सहरीकरण, अव्यवस्थित फोहर व्यवस्थापनका कारण ठूलोमात्रामा तैरिने फोहर बग्...
उम्मेदवारले चुनावी प्रचारप्रसारमा दुइटा गाडी र चारवटा घोडा प्रयोग गर्न पाउने
प्रशासन, राजनीति, समाचार

उम्मेदवारले चुनावी प्रचारप्रसारमा दुइटा गाडी र चारवटा घोडा प्रयोग गर्न पाउने

नेपालअखबार, काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले तयार पारेको प्रस्तावित आचारसंहितामा अनुमति नलिइकन कुनै पनि उम्मेदवारले सवारीसाधनको प्रयोग गर्न नपाउने व्यवस्था प्रस्ताव गरिएको छ। अनुमति पाएको सवारीसाधनबाहेक अन्य सवारीसाधन प्रयोग गरी निर्वाचन प्रचारप्रसार गर्न वा प्रचार सामग्री प्रदर्शन गर्न नपाइने व्यवस्था गरिएको छ। अनुमति नलिई सवारीसाधन प्रयोग गरेमा त्यस्ता सवारीलाई नियन्त्रणमा लिई कारबही गरिनेछ। ट्राफिक प्रहरी वा अन्य सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिई सोको जानकारी जिल्ला आचारसंहिता अनुमगन समितिलाई गराउनुपर्ने व्यवस्था गरिएको छ। निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोकेबमोजिम बढीमा दुईवटा दुईपाङ्ग्रे वा तीनपाङ्ग्रे वा चारपाङ्ग्रे विद्युतीय  तथा यात्रिक शक्...
देशभर १० हजार ९६७ मतदान स्थल कायम
प्रशासन, समाचार

देशभर १० हजार ९६७ मतदान स्थल कायम

नेपालअखबार,काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ। निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ। साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए। यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ। मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो। मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटी सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ। यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक स...
निर्वाचन ७५ दिन बाँकी: देशभर १० हजार नौ सय ६७ मतदानस्थल कायम
प्रशासन, राजनीति, समाचार

निर्वाचन ७५ दिन बाँकी: देशभर १० हजार नौ सय ६७ मतदानस्थल कायम

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने भएको छ । निर्वाचन आयोगले सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि १६८ वटा मतदान स्थल थप गरेको छ । साविकमा दश हजार ८९२ मतदान स्थल रहेका थिए । यस्तै, प्रयोगमा नरहेका र समायोजित भएका ९३ वटा मतदानस्थल भने खारेज गरिएको छ । आम मतदातालाई सहज, सहज रूपमा मतदान गर्ने व्यवस्थाका लागि मतदानस्थल तय गरिएको आयोगले जनाएको छ । मतदातालाई अपायक परेका, प्रयोगका नरहेका मतदान केन्द्र खारेज गरी पायक पर्ने स्थानमा थप गरिएको हो । मतदानस्थल पुनरावलोकन गर्ने क्रममा मतदान स्थलको नाम, ठेगानामा रहेको त्रुटि सच्याउने, मतदातालाई पायक पर्ने स्थानमा आंशिक वा सबै मतदातालाई स्थानान्तरण गरिनेछ । यसैगरी, मतदातालाई साविककै अर्को मतदानस्थलमा समायोजनसमेत गरिएको छ । आयोगले यसअघि नै सार्वजनिक सूचनामार्फ...
प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना विरूद्ध भ्रष्टाचारका मुद्दा भए/नभएको स्वघोषणा गर्नुपर्ने
प्रशासन, समाचार

प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारले आफ्ना विरूद्ध भ्रष्टाचारका मुद्दा भए/नभएको स्वघोषणा गर्नुपर्ने

नेपालअखबार,काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारी दर्ता गर्दा आफ्ना विरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भए/नभएको विषयमा स्वघोषणा गर्नुपर्ने व्यवस्था गर्ने भएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले भ्रष्टाचारको कसूरमा अनुसन्धान भए/नभएको विषय स्वघोषणामा उल्लेख गर्न लागिएको बताए। ‘यो व्यवस्थाले उम्मेदवारलाई नैतिक जिम्मेवार बनाउन आयोगले राख्न लागेको हो,’ भट्टराईले भने, ‘मनोनयनपत्र दर्ता गर्दा यो स्वघोषणा साथै राख्नुपर्ने छ। त्यस्तै कुनै सहकारी संस्थाको सञ्चालक पदमा रही कानुन विपरीत आर्थिक हिनामिना गरी त्यस्तो सहकारी संस्थालाई हानि नोक्सानी पुर्‍याए/नपुर्‍याएको पनि स्वघोषणा गर्नुपर्नेछ। प्रतिनिधि सभा सदस्य निर्वाचन तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका २०८९ को दफा १८ को उपदफा ६ अनुसार आयोगले यस्तो स्वघोषणाको व्यवस्था गरेको हो। यो निर्देशिका आयोगले प्...
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै
प्रशासन, समाचार

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

नेपालअखबार,काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिइएको गृह मन्त्रालयले जनाएको छ। गृहमन्त्री ओमप्रकाश अर्यालको सचिवालयका अनुसार जिल्ला प्रशासन कार्यालयहरूले वर्गीकरणको सिफारिस गर्ने र सोही आधारमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रमाणित गर्नेछ। कार्यविधि अनुसार घाइते भएका व्यक्तिको अपाङ्ताको आधारमा वर्गीकरण गर्न स्वास्थ्य मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्राविधिक समिति रहने छ। उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार किसिममा वर...
काठमाडौंका २९ विद्यालयले राखे नेपालीपन झल्किने नाम
प्रशासन, शिक्षा, समाचार

काठमाडौंका २९ विद्यालयले राखे नेपालीपन झल्किने नाम

नेपालअखबार,काठमाडाैँ । यस वर्ष काठमाडौं महानगरपालिकामा सञ्चालनमा रहेका ३९ वटा विद्यालयले नेपालीपन झल्किने गरी विद्यालयको नाम परिवर्तन गरेका छन्। गत वर्षदेखि नै कामपाले गरेको आग्रहलाई मान्दै विद्यालयको नेपालीपन झल्कनेगरी नाम परिवर्तन गरेका कामपा शिक्षा विभागले जानकारी दिएको छ। हाल कामपाभित्र आधारभूत विद्यालय २६, माध्यमिक विद्यालय ५८, विशेष विद्यालय चारवटा,  वैकल्पिक विद्यालय २३, धार्मिक विद्यालय ११, सामुदायिक सिकाइ केन्द्र २८, संस्थागत विद्यालय ४२५ वटा गरेर जम्मा शैक्षिक संस्था ७८४ विद्यालय रहेको कामपा शिक्षा विभागका निमित्त विभागीय प्रमुख केशव ज्ञवालीले जानकारी दिए। त्यसैगरी, कामपाले आफ्नोमातहतका विद्यालयबाट शैक्षिकसत्र २०८१ मा ३० हजार ७७९ जना विद्यार्थीले छात्रवृत्तिमा अध्ययनको अवसर प्रादान गरेको पनि जानकारी दिएको छ। कामपाले छात्रवृत्तिलाई प्रणालीमा आधारित बनाएपछि छात्रा छात्र...
धान्द्रुके बाजेले पाए ८३ वर्षमा नागरिकता
प्रशासन, समाचार, समाज

धान्द्रुके बाजेले पाए ८३ वर्षमा नागरिकता

नेपालअखबार,बागलुङ । बागलुङ नगरपालिका–१० भकुण्डेमा बस्दै आएका ८३ वर्षीय वृद्धले नागरिकता प्राप्त गरेका छन्। उनी नागरिकताबाट वञ्चित रहेको समाचार प्रकाशित भएपछि बागलुङ नगरपालिकाले लामो प्रयासपछि कार्यपालिकाबाट निर्णय गराई नागरिकता दिलाएको हो। नाम र जन्मस्थान टुङ्गो नलागेका उनी ‘धान्द्रुके बाजे’ उपनामले चिनिन्थे। नागरिकता प्राप्त गरेसँगै उनले पहिलोपटक आठ हजार रुपैयाँ वृद्धभत्ता पनि पाएको बागलुङ नगरपालिकाको पञ्जीकरण शाखाले जनाएको छ। लामो समयदेखि भकुण्डेमा बस्दै आएका उनी बोल्न नसक्ने र परिवारको सम्पर्कसमेत नहुँदा पहिचानविहीन अवस्थामा थिए। नागरिकता नहुँदा राज्यले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताबाट पनि उनी वञ्चित हुँदै आएका थिए। नगरपालिकाको कार्यपालिकाले निर्णय गरेपछि संरक्षक राखी जिल्ला प्रशासन कार्यालयबाट नागरिकता दिलाइएको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए। सानै उमेरमा भकुण्डे आए...
सशस्त्रका ५ जना उद्धारकर्ता र खेलाडीलाई सिधै यूएन मिसनमा अवसर
प्रशासन, समाचार

सशस्त्रका ५ जना उद्धारकर्ता र खेलाडीलाई सिधै यूएन मिसनमा अवसर

नेपालअखबार,काठमाडौं । सशस्त्र प्रहरीका उद्दार र खेलकुदमा उत्कृष्ट काम गर्ने ५ जना कर्मचारीहरुलाई यूएन मिसनमा सिधै सहभागी हुने भएका छन् । सशस्त्र प्रहरी बल नेपालको गोताखोर तथा विपद् व्यवस्थापन तालिम प्राप्त गरी विपद्को समयमा निरन्तर खटिएर उद्धार गर्ने कर्मचारी, २०८१ मा वर्ष जवान घोषित र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधाका प्रतियोगिताहरुमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई अवसर दिइएको हो । सहभागी हुनेहरुमध्ये सशस्त्र प्रहरी सहायक निरीक्षक दीपेन्द्र विष्टले विपद्को समयमा देशका विभिन्न भागमा १९ पटकसम्म खटिएर १० जनाको सकुशल उद्धार गर्नुका साथै ११ वटा शव निकालेका थिए । उनले २ जना पर्यटकको जिवितै उद्धार गरेका थिए । यसैगरी सशस्त्र प्रहरी सहायक हवल्दार भरत काफ्लेले गत चैत्र १३ गते सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थित सेन्टर प्लाजाको चौथो तल्लामा भएको आगलागीमा फसेका ११ जनामध्ये ५ जनाक...
राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा सुनुवाइ हुँदै
प्रशासन, समाचार

राष्ट्रपतिबाट भएको नागरिकता विधेयक प्रमाणीकरण विरुद्धको रिटमा सुनुवाइ हुँदै

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकविरुद्धको रिटमा आज सुनुवाइ हुँदै छ । वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने र डा. सुरेन्द्र भण्डारीले पेस गरेको रिट निवेदनमाथि आज सुनुवाइका लागि पेसी तोकिएको हो । अघिल्लो संसदले पठाएको विधेयक प्रमाणीकरण नभई थन्किएको विधेयक मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेपछि सो विवाद सर्वोच्चमा पुगेको हो । संघीय संसदको दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि पठाइएको विधेयकलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई पटक फिर्ता गरिदिएकी थिइन् । त्यसपछि सो विधेयक राष्ट्रपति कार्यालयमा थन्किएको थियो । अघिल्लो संघीय संसदमा फिर्ता भएको विधेयक तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि सो विधेयक गैरसंवैधानिक हु...