चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन
नेपालअखबार,चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको छ । नियमित सुरक्षा गस्ती, स्वीप र एम्बुसिङ्गसँगै प्रविधिको समेत प्रयोग गर्न थालिएको हो ।
निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार कार्यालयले नियमित रूपमा लामो, मध्यम र छोटो दूरीको गस्ती, सुराकी परिचालन, संयुक्त अनुसन्धान सेल सञ्चालन हुँदै आएका छन् । अहिले निकुञ्ज प्रशासनले चार तालिमप्राप्त कुकुरसमेत निकुञ्जको सुरक्षामा प्रयोग गर्दै आएको छ । यस्तै, रियल टाइम मनिटरिङ, सिसीटिभी क्यामेराबाट मनिटरिङ्, ड्रोन, भेइकल ट्याकिङ रेकड सिस्टमलगायतका प्रविधिबाट निकुञ्जको सुरक्षा गरिएको छ । उनका अनुसार यस बाहेक पैदल, साइकल, हात्ती, डुङ्गा र सवारीसाधनबाट गस्ती गरिँदै आइएको छ ।
प्रविधिको प्रयोगले चोरीसिकारी नियन्त्रणमा महत्त्वपूर्ण सफलता प्राप्त गर्दै आएको उनले बताए । उनले भने, “प्रविधिको प्रयोगसँगै वन्यजन्तु...










