Monday, August 3

प्रशासन

महालेखाले भन्यो : वैदेशिक सहायतालाई पारदर्शी बनाऊ
प्रशासन, समाचार

महालेखाले भन्यो : वैदेशिक सहायतालाई पारदर्शी बनाऊ

नेपालअखबार,काठमाडौँ  ।  महालेखापरीक्षकको कार्यालयले गैरसरकारी संस्थामार्फत परिचालित हुने वैदेशिक सहायतालाई पारदर्शी बनाउन प्रभावकारी अनुगमन गर्नुपर्ने सुझाव दिएको छ। गैरसरकारी संस्थामार्फत आउने वैदेशिक सहायता खर्चको विषयमा प्रश्न उठिरहँदा महालेखाले उक्त खर्चको अनुगमनमा जोड दिएको हो। ‘राष्ट्रिय तथा अन्य अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत परिचालित हुने वैदेशिक सहायतालाई पारदर्शी, जवाफदेही र उपलब्धिमूलक बनाउन प्रभावकारी अनुगमन गर्नुपर्दछ,’ महालेखाले बुधबार सार्वजनिक गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। वैदेशिक सहायताका सन्दर्भमा महालेखाको ६२औँ प्रतिवेदनले सात बुँदे सुझाव दिएको छ। पहिलो सुझावमा राष्ट्रिय आवश्यकता र प्राथमिकता भएका क्षेत्रमा मात्र वैदेशिक सहायता परिचालन गर्नुपर्ने उल्लेख गरिएको छ। त्यस्तै, प्राविधिक तथा वस्तुजन्य वैदेशिक सहायतालाई राष्ट्रिय बजेटमा समावेश गरी लेख...
भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
प्रशासन, समाचार, समाज

भोगचलन गरेको पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र

नेपालअखबार,काभ्रेपलाञ्चोक । पाँचखाल नगरपालिकाका २६ परिवारले ३५ वर्षपछि आफूले भोगचलन गर्दै आएको जमिनको प्रमाणपत्र प्राप्त गरेका छन् । साविक देवभूमि बालुवा गाविसको करिब ६५ रोपनी जग्गा चन्द्रध्वज खाँडका नाममा भूलवश नापी भएकाले स्थानीय जग्गावालाले जग्गाधनी पूर्जा बनाउन सकेका थिएनन् । जग्गा नापीका बेला अर्काका नाममा दर्ता भएपछि वास्तविक जग्गाधनीले पूर्जा पाएका थिएनन् । “आफ्नो नाममा जग्गा ल्याउन ३५ वर्षसम्म कुर्नपरयो”, स्थानीय रामबहादुर दनुवारले भने । उनले नगरप्रमुख महेश खरेलबाट १४ आना दुई पैसा क्षेत्रफल जग्गाको पूर्जा लिएका हुन् । लालपूर्जाविहीनका लागि स्थानीय अगुवाले वर्षौँदेखि पूर्जा दिलाउन प्रयास गरेका थिए । छब्बीस परिवारलाई नगरप्रमुख खरेलले पूर्जा वितरण गरेका हुन् । खाँडका नाममा दर्ता उक्त जग्गामध्ये हाल करिब २७ रोपनी जग्गाको पूर्जा बनाई वितरण गरिएको उनले बताए । “पहिलो चरणमा बनेको ...
लाइसेन्स छाप्ने तयारीमा जुट्यो सञ्चार मन्त्रालय
प्रशासन, समाचार

लाइसेन्स छाप्ने तयारीमा जुट्यो सञ्चार मन्त्रालय

नेपालअखबार,काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छाप्ने तयारीमा जुटेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढु‌ंगानाबीच आइतबार भएको छलफलमा मुलुकभित्रै सवारी चालक अनुमतिपत्र छाप्नसक्ने विषयमा अनौपचारिक सहमति भएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ । छलफलमा मन्त्रीद्वय, सञ्चारसचिव राधिका अर्याल, यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, केन्द्रका कार्यकारी निर्देशक ढुंगानालगायत कर्मचारीको उपस्थिति थियो । सञ्चारमन्त्री गुरुङले सुरक्षण मुद्रण केन्द्रमार्फत सवारी चालक अनुमपतिपत्र छाप्ने विषय अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यसका लागि प्राविधिक र जनशक्तिको प्रबन्ध गर्ने प्रतिबद्धता जना...
पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौः परराष्ट्र मन्त्रालय
प्रशासन, समाचार

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा छौः परराष्ट्र मन्त्रालय

नेपालअखबार, काठमाडौं। परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ। मन्त्रालयले एक विज्ञप्तिमार्फत हालै विकसित घटनाक्रमका सन्दर्भमा नेपालीको सुरक्षा र हित सुनिश्चित गर्न सरकार पूर्णरुपमा सचेत रहेको जनाएको छ। पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेको विद्यार्थी र नेपालीसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ। मन्त्रालयले तत्कालै कुनै सहयोग आवश्यक परेमा नेपाली विद्यार्थी तथा अभिभावकले इस्लामावादस्थित नेपाली दूतावासमा सम्पर्क गर्न भनेको छ। त्यस्तै,  भारतमा अवस्थित नेपाली दूतावासले नेपालीलाई सचेत र सुरक्षित रहन आग्रह गरेको छ। दूतावासले एक विज्ञप्तिमार्फत संकटकालीन अवस्थामा सुरक्षित र आपतकालीन सेवा प्राप्त हुन सक्ने नजिकको स्थानको पहिचान गर्न आग्रह गरेको हो। भारतको जम्मू कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलापछि विक...
म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता
प्रशासन, समाचार, समाज

म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता

नेपालअखबार,बैंकक । अनलाइन स्क्यामिङमा संलग्न गराइएका १२ जना नेपाली नागरिकलाई म्यानमारको मेवाडी क्षेत्रबाट उद्धार गरी स्वदेश फर्काइएको छ। नेपाली राजदूतावास, बैंककले थाइल्याण्ड सरकारको सहयोगमा ती नागरिकहरूको उद्धार गरेको हो। राजदूतावासका अनुसार उद्धार गरिएका मध्ये एक जना महिला र ११ जना पुरुष रहेका छन्। उनीहरूलाई म्यानमारको मेवाडीबाट थाइल्याण्डको टाक इमिग्रेशन अफिस हुँदै बैंकक ल्याइ आज नेपाल पठाइएको हो। हालका वर्षहरूमा दक्षिणपूर्वी एसियाका विभिन्न देशहरू— विशेषगरी कम्बोडिया, लाओस, म्यानमार र थाइल्याण्ड—मार्फत नेपाली नागरिकहरू अनलाइन ठगी कार्यमा जबरजस्ती संलग्न गराउने गिरोह सक्रिय रहेका छन्। राजदूतावासले सबै नेपालीलाई नेपाल सरकारले तोकेको प्रक्रिया अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरेको छ। छिटो र धेरै पैसा कमाउने लोभमा परी अवैधानिक रूपमा वैदेशिक रोजगारमा जान...
२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ?
प्रशासन, समाचार

२ सय ८ जना प्रहरी नायव निरीक्षकहरूको पदस्थापन, को कहाँ ?

नेपालअखबार,काठमाडौँ । प्रहरी नायव निरीक्षक (सई) हरुको पदस्थापन गरिएको छ । प्रहरी महानिरीक्षक दिपक थापा स्तरीय आइतबारको निर्णय अनुसार जनपद प्रहरी समूहतर्फको प्रहरी सहायक निरीक्षक (असई) पदबाट प्रहरी नायव निरीक्षक(सई) पदमा बढुवा भएका २ सय ८ जनाको पदस्थापन गरिएको हो । सचिनकुमार भदैसवारको इलाका प्रहरी कार्यालय धनगढी सिरहामा पदस्थापन गरिएको छ । चन्द्र बहादुर राउतको इलाका प्रहरी कार्यालय बुधबारे जयपुर झापामा पदस्थापन गरिएको छ । यस्तै रोशन प्रसाद राजबंशीको इलाका प्रहरी कार्यालय दमक झापा,अनुसन्धानमा पदस्थापन गरिएको छ । नारायण प्रसाद भण्डारीको इलाका प्रहरी कार्यालय बुटवल रुपन्देही पदस्थापन गरिएको छ ।...
निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन
प्रशासन, शिक्षा, समाचार

निजी विद्यालयलाई छात्रवृत्ति विवरण तय गर्न काठमाडौं महानगरको निर्देशन

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्ना मातहतका संस्थागत (निजी) विद्यालयहरूलाई जेठको पहिलो सातासम्म छात्रवृत्तिको विवरण तय गर्न निर्देशन दिएको छ । महानगरको शिक्षा विभागले सूचना जारी गर्दै कक्षा १ देखि १० सम्मका जेहेन्दार, विपन्न, असहाय, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्वपीडित तथा शहीद परिवारका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्तिको व्यवस्था गर्न विद्यालयहरूलाई निर्देशन दिएको हो । निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०५८ र काठमाडौं महानगर शिक्षा ऐन, २०६८ अनुसार संस्थागत विद्यालयहरूले कुल विद्यार्थी संख्याको कम्तीमा १० प्रतिशतलाई छात्रवृत्ति दिनुपर्ने प्रावधान छ । महानगरले छात्रवृत्तिका लागि विद्यालयस्तरमै समिति गठन गर्न भनिएको छ । सो समितिमा वडा अध्यक्ष (वा तोकिएको प्रतिनिधि), विद्यालयका प्रधानाध्यापक, महानगरको शिक्षा निरीक्षक तथा विद्यालय व्यवस्थापन समितिका एक अभिभावक ...
काठमाडौंका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम
प्रशासन, समाचार

काठमाडौंका १८० नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन तालिम

नेपालअखबार,काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरूलाई ट्राफिक व्यवस्थापन सम्बन्धी तालिम दिएको छ । नगर प्रहरी बलले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा १८० जना नगर प्रहरीलाई ट्राफिक व्यवस्थापन सम्बन्धी सैद्धान्तिक र व्यवहारिक तालिम दिएको हो । १८ फागुन २०८१ देखि सुरु भएको तालिममा ३ समूहमा सञ्चालन भएको थियो । ५३ जना नगर प्रहरी हवल्दार र १२७ जना नगर प्रहरी जवान तालिममा सहभागी थिए । महानगरका अनुसार प्रत्येक समूहलाई १५ कार्य दिनको तालिम दिइएको थियो । हरेक समूहमा ६० जनालाई सहभागी गराइएको थियो । तालिम समापन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेले सवारी आवागमनमा थप सहजता आउने अपेक्षा गरे । ‘हातको संकेतका भरमा थोरै जनशक्तिबाट काम गर्न कठिन भइरहेको थियो । नगर प्रहरी बलमा ट्राफिक व्यवस्थापनको तालिम प्राप्त जनशक्ति थपिएपछ...
३० हजार घुस लिएको अभियोगमा नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा
प्रशासन, समाचार

३० हजार घुस लिएको अभियोगमा नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालअखबार,काठमाडौं । ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्काविरुद्ध विशेषमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुुसार खड्काले भारतबाट भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका लागि सामान ल्याउन दिने भन्दै सेवाग्राहीबाट ३० हजार रुपैयँँ घुस लिएको प्रमाणित भएपछि विशेषमा मुद्दा दायर गरिएको हो । खड्कालाई घुस मागेको सूचना र उजुरी निवेदन परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ रकम सहित नियन्त्रणमा लिएको थियो ।खड्काले घुस लिएको ३० हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम क...
पोखरा महानगरको पत्राचार वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न
प्रशासन, शिक्षा, समाचार

पोखरा महानगरको पत्राचार वैशाख १७ गतेसम्ममा नियमित पठनपाठन सुरु गर्न

पोखरा । पोखरा महानगरपालिकाले नयाँ शैक्षिक सत्र २०८२ को पठन–पाठन वैशाख १७ गतेसम्ममा सुरु गर्न विद्यालयलाई पत्राचार गरेको छ । पोखरा महानगरपालिका, नगर शिक्षा समितिको आइतबार बसेको बैठकले वैशाख १७ गतेसम्ममा पठन–पाठन नियमित रूपमा सञ्चालन गर्न पत्राचार गर्ने निर्णय गरेको हो । विगत केही समयदेखि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण सामुदायिक विद्यालयहरूको पठन–पाठन प्रभावित भएको छ ।...