पाकिस्तानले ‘फाइटर जेट’ खसालिदिएको कुरा भारतले पहिलो पटक स्वीकार गर्यो
नेपालअखबार, काठमाडौं । भारतले आफ्नो फाइटर जेट पाकिस्तानले खसालिदिएको कुरा पहिलोपटक स्वीकार गरेको छ।
गत महिना पाकिस्तानसँगको संघर्षका क्रममा भारतको फाइटर जेट खसेको कुरा भारतीय सशस्त्र बलका रक्षा प्रमुख अनील चौहानले स्वीकार गरेका हुन्।
चार दिनसम्म भएको भारत-पाकिस्तान संघर्षमा पाकिस्तानले भारतको ६ वटा लडाकू विमान खसालिदिएको दाबी गरेको थियो। त्यसमा भारतले लगातार अस्वीकार गर्दै आएको थियो।
शनिबार चौहानले भने घुमाउरो पाराले पाकिस्तानले भारतको लडाकू विमान खसालिदिएको कुरा स्वीकार गरेका हुन्।
शनिबार सिंगापुरमा एसियाली देशहरूका रक्षा प्रमुखकहरूको प्रमुख मञ्च शांग्रिला डायलगबीच अमेरिकी पत्रिका ब्लुमबर्गका पत्रकारले चौहानलाई भारतको लडाकू विमान खसालेको पाकिस्तानको दाबीबारे सोधेका थिए।
जबाफमा चौहानले पाकिस्तानको उक्त दाबीलाई गलत भने। 'उनीहरूको दाबी हाम्रा लागि महत्त्व राख्दैन,' उनले भने, '...










