Monday, May 11

प्रशासन

सरकारले बोलायो वार्तामा आन्दोलनरत शिक्षक महासंघलाई
प्रशासन, शिक्षा, समाचार

सरकारले बोलायो वार्तामा आन्दोलनरत शिक्षक महासंघलाई

नेपालअखबार,काठमाडौँ । काठमाडौंकेन्द्रित आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघलाई सरकारले फेरि वार्तामा बोलाएको छ। चैत २० गतेदेखि माइतीघर-बबरमहल क्षेत्रमा शिक्षक महासंघको आह्वानमा शिक्षकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन्। महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले मंगलबार विज्ञप्ति निकालेर शिक्षक महासंघलाई वार्ता र संवादमा आउन आग्रह गरेका हुन्। विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा छन्। यसअघि मन्त्रालयले चैत २१ र २२ गते छलफलमा बोलाए पनि शिक्षक महासंघ गएको थिएन।...
तीनकुने घटनामा पक्राउ पर्नेको संख्या ७३ पुग्यो
प्रशासन, समाचार

तीनकुने घटनामा पक्राउ पर्नेको संख्या ७३ पुग्यो

नेपालअखबार,काठमाडौँ । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा पक्राउ पर्नेको संख्या ७३ पुगेको छ। दुई जनाको ज्यान गएको उक्त घटनाको १० दिनमा प्रहरीले ७३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए। प्रहरीले त्यस घटनामा संलग्नको आशंकामा विभिन्न व्यक्तिहरूलाई नियन्त्रणमा लिँदै आएको छ। ती व्यक्तिहरूलाई स्क्रिनिङ गरी संलग्न नदेखिएकाहरूलाई छाड्दै आएको हो। प्रहरीले सामाजिक सञ्जालमा देखिएका भिडिओ, फोटो, सिसिटिभी फुटेज लगायतका आधारमा पक्राउ गर्दै आएको हो। तीमध्ये ७३ जनाविरूद्ध भने प्रहरीले पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरेको हो। एसपी बोहराका अनुसार २० जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान भइरहेको हो। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री तथा सांसद धवलशमशेर राणाविरूद्ध पनि...
एनी कुँवर तीनकुने घटनामा पक्राउ
प्रशासन, समाचार

एनी कुँवर तीनकुने घटनामा पक्राउ

नेपालअखबार,काठमाडौँ ।  राजावादी समर्थकले चैत १५ गते तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा एक युवती पक्राउ परेकी छन्। पक्राउ परेकी युवती एनी कुँवर रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले जानकारी दिए। उनलाई अपराध अनुसन्धानको टोलीले आइतबार ललितपुरबाट पक्राउ गरेको हो। उनलाई आज जिल्ला प्रहरी परिसर काठमाडौंलाई बुझाएको एसपी जिसीले जानकारी दिए। उनका अनुसार कुँवर मृतक पत्रकार सुरेश रजक भेटिएकै भवनबाट तल झर्दै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। त्यसैले अनुसन्धान गर्नका लागि पक्राउ गरिएको उनले बताए।...
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
प्रशासन, समाचार, समाज

म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण

नेपालअखबार,म्याग्दी । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा रु २१ करोड ५४ लाखको लागतमा आठ वटा योजना कार्यान्वयन भएको छ । मन्त्रालय अन्तरगतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीका संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो । आयोजना प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली योजना निर्माणाधीन र पाँच बहुवर्षीय योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए ।  बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी, कुश्मा नगरपालिका र जलजला गाउँपालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका बस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको हो । बेनी नगरपालिका–४ तातोपानी स्थित सरस्वती मावी पछाडी म्याग्दी नदी किनारमा रु एक करोड ५५ लाखको लागतमा ६६ मिटर लामो, चार मिटर चौडाइ र तीन÷तीन मिटर अग्...
सात समूहलाई सगरमाथा आरोहणको अनुमति
प्रशासन, समाचार

सात समूहलाई सगरमाथा आरोहणको अनुमति

नेपालअखबार,काठमाडौं । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । उनले अनुमति पाएका आरोही गन्तव्यतिर लागेको बताए । विभागको विवरणमा हालसम्म नेपालसहित विभिन्न देशका आरोहीले आरोहण कुल १९८ आरोहीले हिमाल आरोहणका लागि अनुमति लिएका छन् । अन्नपूर्ण–१ मा ६ आरोही समूहका ६६ जना र अन्नपूर्ण–५ का लागि एक आरोही समूहका आठ जनाले अनुमति लिएका छन् । मकालु आरोहणका लागि एक आरोही समूहका १५, ल्होत्सेमा एक आरोही समूहका १५ जनाले अनुमति पाएका छन् । सगरमाथाको दोस्रो शिविरसम्म बाटो निर्माण जारी सगरमाथा आरोहणका लागि अहिले धमाधम बाटो निर्माण भ...
रविलाई भैरहवा ल्याइयो
प्रशासन, राजनीति, समाचार

रविलाई भैरहवा ल्याइयो

नेपालअखबार,बुटवल । सहकारी ठगी प्रकरणमा काठमाडौँबाट पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याएको छ । उनलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेको छ। शुक्रबार बूढानीलकण्ठस्थित हेपाली हाइटस्थित निवासबाट पक्राउ परेका लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको  थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले लामिछानेलाई सोमबार अदालत खुलेपछि कारागार पठाउने बताए । शुक्रबार नै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीले सो आदेश गरेका हुन् ।...
भारततर्फ सामान निर्यातको बाटो खुल्यो
अर्थ, प्रशासन, समाचार

भारततर्फ सामान निर्यातको बाटो खुल्यो

नेपालअखबार,काठमाडौँ । भारततर्फ केही नेपाली वस्तु निर्यातमा लगाइएको अवरोध फुकुवा भएको छ । भारतले नेपाली सिमेन्ट, जस्तापाता, प्लाइउडलगायतका सामग्रीको ब्यूरो अफ इन्डियन सर्टिफिकेट (बीआईएस) प्रमाणपत्र नवीकरण गरेपछि निर्यातको बाटो खुलेको हो ।उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही महिनापहिले आफ्नो भारत भ्र्रमणका क्रममा समकक्षी पीयुष गोयलसँग सो विषयमा छलफल गरेका थिए । उनले नेपाली वस्तु भारत निर्यात गर्न र भारतीय बजारमा बिक्री वितरणको सहजीकरणका लागि पहल गरेका थिए । गत पुस २७ र २८ मा भएको नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठकमा बीआईएस प्राप्ति, नवीकरण तथा निर्यात सहजीकरणका विषयमा गहन छलफल भएको थियो । नेपालका तर्फबाट प्राथमिकताका साथ उठाइएपछि भारतीय पक्षले समस्या समाधानका लागि प्रतिबद्धता जनाएको थियो । भारतले सिमेन्ट, जस्तापाता, प्लाइउड, सेनेटरी प्याड, जुत्तालगायतका सामग्री निर्...
स्वास्थ्य मन्त्रालयले भन्यो वायु प्रदूषण बढेपछि सतर्क रहनू, काम नपरी ननिस्कनुस्
प्रशासन, समाचार, समाज, स्वास्थ्य

स्वास्थ्य मन्त्रालयले भन्यो वायु प्रदूषण बढेपछि सतर्क रहनू, काम नपरी ननिस्कनुस्

नेपालअखबार,काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा वायु प्रदूषण बढेसँगै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ। मन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै  विश्वको वायु गुणस्तर मापन गर्ने एयर क्वालिटी इन्डेक्स (एक्यूआई) सूचकाङ्क अनुसार केही दिनदेखि नेपाल अत्यधिक प्रदूषित देशको सूचीमा परेकाले सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको हो। एक्यूआई मापनअनुसार शून्यदेखि ५० सम्म ‘स्वच्छ’, ५१ देखि एक सयसम्म ‘सामान्य’, १०१  देखि १५० सम्म ‘सम्भावित जोखिम’, १५१ देखि दुई सयसम्म ‘अस्वस्थकर’, दुई सय एकदेखि तीन सयसम्म ‘अत्यधिक अस्वस्थकर’ र तीन सय एकभन्दा माथि ‘खतरनाक’ मानिन्छ। हाल काठमाडौँमा वायु प्रदूषणको स्तर ३४८ एक्यूआई पुगी ‘खतरनाक’ श्रेणीमा पुगेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालको वायु प्रदूषणका कारण दम, फोक्सोसम्बन्धी रोग, आँखाको समस...
राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप
प्रशासन, समाचार

राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ ४१ जनालाई ६ दिन हिरासतमा राख्न म्याद थप

नेपालअखबार,काठमाडौं । राजावादी आन्दोदनमा हिंसात्मक प्रर्दशन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका ४१ जनालाई काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि बुधबार उपस्थित गराइएको थियो । उनीहरूलाई थप ६ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप भएको अदालत स्रोतले जानकारी दियो । आपराधिक उपद्रव र संगठित अपराधमा ३० जना र राज्यविरुद्धको कसुरमा ११ जना गरी ४१ जनालाई पहिलोपटक आइतबार पाँच दिनको म्याद थप भएको थियो । उनीहरूलाई शुक्रबार प्रहरीले पक्राउ गरेको थियो । पाँच दिनको म्याद मंगलबार सकिएकाले उनीहरुलाई आज दोस्रो पटक म्याद थप गर्न लगिएको हो । म्याद थप गर्न लैजान लागिएकाहरूमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा राप्रपाका महामन्त्री धवल शमशेर राणासहितका व्यक्तिहरू छन् । मंगलबार मात्रै थप १८ जनालाई पक्...
राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमति
प्रशासन, समाचार, समाज

राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमति

नेपालअखबार,काठमाडौं । तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरा लगायत ११ जनालाई राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि जिल्ला अदालतमा पेस गरेको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार, उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने तयारी भइरहेको हो । ती बाहेक अरु ३१ जनालाई आपराधिक उपद्रव र संगठीत अपराधको अभियोगमा म्याद थप्न अदालतमा पेश गरिएको उनले बताए । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख अपिलराज बोहराका अनुसार, घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरु सूचनाका लागि सार्वजनिक आह्वान भएको छ । सरकारी वकिल कार्यालयका प्रमुख काफ्लेले आरोपितहरूमाथि छानविन चल्दै गर्दा अरु कसुरमा संलग्नता भेटिए त्यसै अनुस...