विप्लव समूहका कैलाली जनसरकार प्रमुखसहित ६ जना पक्राउ
नेपाल अखबार, कैलाली । प्रहरीले नेत्र विक्रम चन्द (विप्लव) समूहका कैलाली जिल्ला जनसरकार प्रमुखसहित ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका-९ का ४८ वर्षीय दलबहादुर विकसहित ६ जनालाई पक्राउ गरेको जनाएको छ ।
विकसहित पक्राउ पर्नेमा २२ वर्षीय धनगढी-३ का लक्की शाह, वडा नम्बर-२ का ४० वर्षीय डम्बर सुनार, वडा नम्बर-७ का २५ वर्षीय सुवास जोशी छन् । त्यसैगरी त्रिवेणी –८ बाजुराका ३० वर्षीय प्रकाश रावल, खप्तड छान्ना-५ बझाङका ३० वर्षीय बबरजङ्ग सिंह रहेको प्रहरीले जनाएको छ ।
जोशी अखिल क्रान्तिकारी कैलाली जिल्ला अध्यक्ष भएको, रावल धनगढी उपमहानगरपालिकाका इन्चार्ज भएको र सिंह पूर्व क्रान्तिकारीका कैलाली जिल्ला अध्यक्ष एवं जिल्ला कमिटी सदस्य रहेको प्रहरीले बताएको छ ।
विभिन्न मितिमा कैलालीका विभिन्न क्षेत्रमा आपराधिक क्रियाकलाप, राज्यद्रोह, कर्तव्य ज्यान, हातहतियार तथा खरख...
