Wednesday, June 3

प्रशासन

६३ जना सहसचिवको सरुवा, को कहाँ ?
प्रशासन, समाचार

६३ जना सहसचिवको सरुवा, को कहाँ ?

नेपाल अखबार, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रशासन सेवाका ६३ जना वरिष्ठ सहसचिवहरुलाई प्रदेश कार्यालयहरुमा खटाएको छ । कतिपयलाई काज सरुवा गरिएको छ भने कतिपयलाई कामकाजका लागि भनेर पठाइएको छ । हालै बढुवा भएका २२ जनालाई पनि पदस्थापन गरिएको छ । वरिष्ठ सहसचिवहरुलाई सकेसम्म काठमाडौं बाहिर पठाउने नीति मन्त्रालयको छ । सोही नीति अनुसार राजपत्रांकित प्रथम श्रेणीका ६३ जना सहसचिवहरुलाई बिभिन्न कार्यालयहरुमा खटाइएको मन्त्रालयका एक अधिकारीले बताए । यसअघि वरिष्ठ सहसचिवहरुले पहुँचको भरमा काठमाडौं नछोड्ने र कनिष्ठहरुलाई मात्र काठमाडौं बाहिर सरुवा गरेर पठाउने गुनासो आउने गरेको थियो । यही गुनासोको बीच ६३ जना सहसचिवहरुमध्ये धेरैजसोलाई काठमाडौं बाहिर पठाइएको छ । मन्त्रीयस्तरमा यो निर्णय यही असार १९ गते नै भए पनि मन्त्रालयले आइतबार मात्रै सार्वजनिक गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको ...
गाउँपालिकाले किसानलाई बाँड्यो ९० थान बन्दुक
प्रशासन

गाउँपालिकाले किसानलाई बाँड्यो ९० थान बन्दुक

नेपाल अखबार,तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकाले किसानलाई बाँदर धमाउन निःशुल्क बन्दुक वितरण गरेको छ। गाउँपालिकाका ७ वटै वडाका कृषकलाई गाउँपालिकाले बाँदर धपाउन बन्दुक विरतण गरेको हो। पहिलो चरणमा ९० थान बन्दुक वितरण गरिएको गाउँपालिका अध्यक्ष मायादेवी रानाले जानकारी दिइन्। वालिङ नगरपालिकाबाट दुई लाख ५० हजार मूल्य बराबरको बन्दुक खरिद गरेर कृषकलाई वितरण गरिएको उनले बताइन्। ‘बाँदरले बालीनाली खाएर नोक्सान गर्न थालेपछि कृषकलाई बन्दुक वितरण गरेका हौँ,’ अध्यक्ष रानाले भनिन्। बाँदरले खेतीबाली खाइदिएपछि कृषकहरु गाउँपालिकामा गएर राहत माग्दै आन्दोलन गर्न थालेपछि गाउँपालिकाले बाँदर धपाउन बन्दुक दिएको हो। ‘पहिलो चरणमा क्षेत्र मिलाएर ९० थाल बन्दुक बाँडेका छौँ,’ अध्यक्ष रानाले भनिन्, ‘अझै पनि माग अनुसार वितरण भएके छैन, मगाएर वितरण गर्ने योजना बनाएका छौँ।’ गाउँपालिकाभित्र ८४ वटा टोल विकास संस्था छन्। एक टोल...
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो
प्रशासन, समाचार

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्यो

नेपाल अखबार, काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति (रि-इन्ट्री) दिन थालेको छ । गत फागुन ३० देखि बन्द रहेको वैदेशिक रोजगारको लागि श्रम स्वीकृति दिने प्रक्रिया पुनः सुरु भएको हो । अब विदामा आएका कामदारलाई फेरि फर्किन श्रम स्वकृति दिन थालिएको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारराज दाहलले जानकारी दिए । कामदारले काम गरिरहेको पुरानै रोजगारदाताकोमा काम काम जान दिन अनुमति दिन थालएकिो हो । नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् । कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को असार ७ मा बसेको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि श्रम स्वकिृति दिन सक्ने अधिकार दिएको थियो । अब वैदेशिक रोजगारी खुला भएका सबै देशमा पुन श्रम स्वीकृति लिएर नेपालीहरु जान पाउनेछन् । काठमाडौंमा बिहीबारबाटै र उपत्यका बाहरिका प्रद...
काठमाडौंका ट्याक्सी धमाधम कारबाहीमा
प्रशासन

काठमाडौंका ट्याक्सी धमाधम कारबाहीमा

नेपाल अखबार, काठमाडौं । प्रहरीले काठमाडौंका सडकमा गुडेका ट्याक्सीलाई कारबाही गर्न थालेको छ । लकडाउन खुकुलो बनाउँदा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाए पनि केही ट्याक्सी आफुखुशी चलेका थिए । दैनिक चारदेखि पाँच सयको संख्यामा सञ्चालनमा आएका ट्याक्सीलाई सडकमै दिनभर रोकेर कारबाही गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बामदेव गौतमले दैनिक चार/पाँच सयको संख्यामा सडकमा भाडाका सवारी साधन सञ्चालनमा आएको र ती सवारी साधनलाई सडकमै दिनभर होल्ड गरेर कारबाही गरिएको बताए । सार्वजनिक यातायातमा पनि सबैभन्दा धेरै ट्याक्सी सञ्चालनमा आएको गौतमले बताए । अत्यावस्यक सेवामा बिरामी बसेको अथवा अस्पताल जानुपर्ने ट्याक्सीलाई भने चेकजाँच गरी जान दिइएको उनको भनाइ छ । बुधबार आफूहरुले पनि व्यवसाय गर्न पाउनुपर्ने माग गर्दै ट्याक्सी  चालकहरु आन्दोलनमा उत्रिएका थिए । यद्यपि सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्ने नि...
अब वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै
प्रशासन

अब वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै

नेपाल अखबार, काठमाडौं । वैवाहिक अंगीकृतलाई चुनिने अधिकार १२ वर्षपछि मात्रै प्राप्त हुने गरी कानुन बन्ने भएको छ । संविधानले नरोकेका पदाधिकारीमा निर्वाचित हुन (चुनिने अधिकार प्राप्त गर्न) अंगीकृत नागरिकले अंगीकृत नागरिकता प्राप्त गरेको पाँच वर्षसम्म निरन्तर नेपालमा बसोबास गरेको हुनुपर्ने संवैधानिक व्यवस्था छ । अंगीकृत नागरिकता प्राप्त गर्नका लागि नै ७ वर्ष कुर्नुपर्ने गरी नागरिकता ऐन संशोधन हुने भएपछि वैवाहिक अंगीकृतले चुनिने अधिकार १२ वर्षपछि मात्रै पाउने छन् । संविधानको धारा २८९ ले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेश सभाको सभामुख र सुरक्षा निकायका प्रमुखको पदमा निर्वाचित, मनोनित वा नियुक्ति हुन वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गरेको हुनुपर्ने स्पष्ट गरेको छ । यीबाहेकका पदाधिका...
जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद
प्रशासन, समाचार

जबर्जस्ती करणी मुद्दामा २४ वर्ष कैद

नेपाल अखबार, दमौली । जबर्जस्ती करणी मुद्दाका एक अभियुक्तलाई तनहुँ जिल्ला अदालतले २४ वर्ष कैद फैसला सुनाएको छ । जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले दुई बालिकालाई जबर्जस्ती करणी अभियोगमा रौतहट गढीमाई नगरपालिका–५ बस्ने नुरमहम्मद अन्सारीलाई २४ वर्ष कैदको फैसला सुनाएको हो । तेह्र र १५ वर्षीय बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा अदालतले निजलाई एउटा मुद्दामा १८ वर्ष कैद, ५० हजार जरिवाना तथा अर्को मुद्दामा १२ वर्ष कैद र २५ हजार जरिवानाको फैसला सुनाएको हो । यद्यपि एउटै व्यक्तिले समान प्रकृतिका दुई कसुर गरेकाले एकीकृत फैसलाअनुसार निजलाई २४ वर्ष कैद र ७५ हजार जरिवानाको फैसला भएको जिल्ला अदालत तनहुँका स्रेस्तेदार विदुर उपाध्यायले जानकारी दिए । पोखरा घर भएका दुई युवतीलाई अभियुक्तले तनहुँमा ल्याई जबर्जस्ती करणी गरेको अभियोगमा परिवारले कास्की प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको थियो । घट...
घरभेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू
प्रशासन, समाचार

घरभेटीलाई स्वास्थ्य मन्त्रालयको आग्रह : कोरोनाको लक्षण नदेखिएका व्यक्तिसँग पीसीआर रिपोर्ट नखोज्नू

नेपाल अखबार, काठमाडाैं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिसँग पीरीआर परीक्षणको रिपोर्ट नखोज्न आग्रह गरेको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बाहिरबाट आएका व्यक्तिमा पनि कोरोनाको लक्षण नदेखिए परीक्षण आवश्यक नभएको बताए। उनले बाहरिबाट आएका व्यक्तिहरु दुई हप्तासम्म मापदण्ड बमोजिम क्वारेन्टिनमा बसेको प्रमाण भएमा र कोरोनाको कुनै लक्षण नदेखिएमा उनलाई परीक्षण बिनै घर पठाउन मिल्ने बताए। उनले लक्षण नै नभएका व्यक्तिबाट कोरोना नसर्ने समेत जानकारी दिए। ‘मापदण्ड बमोजिम क्वारेन्टिनमा भएका र कोरोनाको कुनै पनि लक्षण नभएका व्यक्तिलाई पीसीआर परीक्षण नगरी घर पठाउन मिल्छ’, प्रवक्ता गौतमले भने। उनले विभिन्न सञ्चारमाध्यममा क्वारेन्टिमा बसेको प्रमाण हुँदा हुँदै पनि घरभेटीले घर छिर्न नदिएको भन्ने समच...
आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए, प्रति किलो तीन सय रुपैयाँ दिने
प्रशासन, समाचार

आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए, प्रति किलो तीन सय रुपैयाँ दिने

नेपाल अखबार, स्याङ्जा । स्याङ्जाको आँधिखोला गाउँपालिकाले सलह किरा समातेर ल्याए प्रति किलो तीन सय रुपैयाँ दिने घोषणा गरेको छ । भारतबाट नेपालका विभिन्न भू–भाग हुँदै पाल्पाबाट सलह किरा स्याङ्जा प्रवेश गरिसकेको जनाउँदै गाउँपालिकाले सलह छोपेर ल्याउन आह्वान गरेको हो । गाउँपलिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत गेदुराम ढकालले सूचना जारी गर्दै प्रति किलोका हिसाबमा रकम दिने निर्णय भएको उल्लेख गरेका छन् । उनले आँधिखोला गाउँपालिकाको वडा नंं १ पञ्चमुलमा समेत सलहको झुण्ड देखिएको उल्लेख गर्दै सबैलाई सजग रहन भनेका छन् । उनले अगाडि भनेका छन्, ‘क्षति कम गर्न आगो बाल्ने, धुँवा गराउने, हावाको बहाव परिवर्तन गराउने, थाल ठटाउने, ड्रम बजाउने, स्पीकर लगाउने, प्रांकृतिक सिकारीको प्रयोग गर्ने, खरानी तथा धुलीजन्य पदार्थ छर्कने कार्यहरु गरी प्रकोपलाई न्यूनिकरण गर्न गराउनुहुन आँधीखोलावासीमा अनुरोध गर्दछौं ।’  ...
३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर
प्रशासन

३ करोड बढी भ्रष्टाचार गरेको आरोपमा लेखापालविरुद्ध मुद्दा दायर

नेपाल अखबार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यायल सिमरा बाराका तत्कालीन लेखापाल युगलकिशोर ठाकुरविरुद्ध भ्रष्टाचार आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ । ठाकुरले ३ करोड ४ लाख ९४ हजार ३०८ रुपैयाँ गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको  अख्तियारले जनाएको छ । साहले सेवामा रहँदा कार्यालयको खातामा जम्मा गर्नुपर्ने राजश्व रकम व्यक्तिगत खातामा जम्मा गरेर भ्रष्टाचार गरेको अख्तियारको अनुसन्धानबाट खुलेको छ । त्यसैगरी अख्तियारले सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडानम्बर ४ मा प्रशासन सहायक पदमा कार्यरत रत्नबहादुर विकले वडा कार्यालयबाट उठाएको रकम कार्यालयको राजश्व खातामा जम्मा नगरी व्यक्तिगत खातामा जम्मा गरेको पाइएकाले उनलाई नियन्त्रणमा लिएको छ ।...
भिडभाड बढेकोप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर चिन्ता, भौतिक दूरी कायम गर्न पुनः अपील
प्रशासन

भिडभाड बढेकोप्रति स्वास्थ्य मन्त्रालयको गम्भीर चिन्ता, भौतिक दूरी कायम गर्न पुनः अपील

नेपाल अखबार, काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यका लगायत घनाबस्तीहरुमा कोरोनाको जोखिम बढिरहेको उल्लेख गर्दै भौतिक दूरी कायम गर्न पुन अपील गरेको छ । मन्त्रालयले अन्य स्वास्थ्य सुरक्षाका उपाय अपनाउन पनि आग्रह गरेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अहिले सडकहरुमा हिँडडुल गर्नेहरुको भीड बढेको, विवाह व्रतबन्धहरुमा भोज भतेर गरेर भीडभाड भएको कुराहरु देखन थालेको प्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताए । कोरोना संक्रमणको जोखिम कम भएजस्तै गरी भइरहेको गतिविधि प्रति मन्त्रालयले गम्भिर चिन्ता व्यक्त गर्दै सचेतना अपनाउन र अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।...