Tuesday, May 12

प्रशासन

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस भएका ४० जनामाथि उजुरी आह्वान
प्रशासन, समाचार, समाज

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोगमा सिफारिस भएका ४० जनामाथि उजुरी आह्वान

नेपालअखबार,काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगहरू सत्य निरूपण तथा मेलमिला र बेपत्ता छानबिन आयोगको पदाधिकारी र सदस्यमा सिफारिसि भएका ४० जनामाथि उजुरी आह्वान भएको छ। पदाधिकारी सिफारिस समितिले सिफारिस भएका पदाधिकारी र सदस्यमाथि कुनै प्रतिक्रिया भए पाँच दिनभित्र सम्पर्क गर्न आह्वान गर्दै शनिबार सूचना जारी गरेको हो। त्यस्तो प्रतिक्रिया हुनेहरूले आफ्नो विषय पुष्टी हुने आधार र प्रमाणसहित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा प्रमाणसहित लिखित रूपमा दिन सक्नेछन्। दुई आयोगको अध्यक्षका लागि ८ जना र सदस्यका लागि ३२ जनाको नाम छनोट गरेको थियो। अध्यक्ष पदका लागि डिल्लीराज आचार्य, अच्युतप्रसाद भण्डारी, विजय सिजापती, विश्वराज कोइराला, सुदीप पाठक, महेश थापा, शेरबहादुर केसी र काशीराज दाहाल छनोट भएका छन्।  सरकारले गत कात्तिक २ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको अध्यक्षत...
नेपाल प्रहरीले खुलायो ११६५ जवान पदमा नयाँ भर्ना
प्रशासन, समाचार

नेपाल प्रहरीले खुलायो ११६५ जवान पदमा नयाँ भर्ना

नेपालअखबार,काठमाडौँ ।  नेपाल प्रहरीमा जवान पदमा नयाँ भर्ना खुलेको छ। नेपाल प्रहरीको मानवस्रोत विकास विभाग, वृत्ति महाशाखा अन्तर्गतको भर्ना छनौट शाखाले शुक्रबार १ हजार १६५ पदमा भर्ना खुलाएको हो। त्यस्तै ४७ भान्छे र ११ कुचीकार पदमा पनि नयाँ भर्ना खुलेको शाखाले जानकारी दिएको छ। कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगर, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीमा दरखास्त फारम पाइने र त्यहाँ बुझाउन सकिने नेपाल प्रहरीले वजानकारी दिएको छ। त्यस्तै गण्डकी प्रदेश तालिम केन्द्र पोखरा, लुम्बिनी प्रदेश तालिक केन्द्र बुटवल, कर्णाली प्रदेश तालिक केन्द्र बाँके, सुदूरपश्चिम तालिक केन्द्र दियायलमा पनि फारम भर्न र बुझाउन सकिनेछ। यसका साथै काठमाडौं, भक्तपुर, ललितपुर जिल्ला प्रहरी परिसरका अतिरिक्त सबै जिल्ला प्रहरी कार्यायलबाट भारम भर्ने प्रबन्ध मिलाइएको भर...
म्याग्दीको  आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण
प्रशासन, समाचार, स्वास्थ्य

म्याग्दीको आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण

नेपालअखबार,म्याग्दी । जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् । बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताउनुभयो । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सहरी विकास मन्त्रालयको रु एक करोड ५९ लाख र वडा नम्बर ७ चिमखोलामा रु एक करोड ६७ लाख २८ हजार एक सय २६ लागतमा स्वास्थ्य चौकी भवन निर्माण भएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको स्वास्थ्य चौकीमा निलगिरिखोला जलविद्युत् आयोजनाको रु २८ लाख ४९ हजार सहयोगमा निर्माण भएको छकोठे भवनमा प्रसूतिगृह सञ्चालन भएको छ । अन्नपूर्ण–...
प्रधानसेनापति सिग्देल मंसिर २६ गते भारत जाँदै
प्रशासन, समाचार

प्रधानसेनापति सिग्देल मंसिर २६ गते भारत जाँदै

नेपालअखबार,काठमाडौँ । नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देलले यही मंसिर २६ गतेदेखि २९ गतेसम्म भारत भ्रमण गर्ने भएका छन्। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारत भ्रमणमा जाने कार्यक्रम तय गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। भ्रमणका क्रममा उनी भारतका राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित हुने जनाइएको छ। सो अवसरमा प्रधानसेनापति सिग्देलले भारतका उच्च पदस्थ पदाधिकारीसँग भेटघाट गर्नुका साथै भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिको रूपमा सहभागी हुने पनि निर्देशनालयले जनाएको छ।...
टोकियोमा सरकारी कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव
प्रशासन, विदेश, समाचार

टोकियोमा सरकारी कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव

नेपालअखबार,जापान। जापानको राजधानी टोकियामा सरकारी कर्मचारीले हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने प्रस्ताव अघि बढाइएको छ । टोकियोका गभर्नरले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयास अन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि हप्तामा चार दिन मात्रै काम गर्नुपर्ने प्रस्ताव गरेका हुन् । जापानका प्रधानमन्त्री सिगेरु इसिबाले जापानको न्यून जन्मदरलाई ‘शान्त संकटकालीन अवस्था’ को संज्ञा दिँदै लचिलो कार्य समयजस्ता नीति अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । जापानमा पनि कामकाजी आमाहरूले अझै पनि घरायसी बोझ बोक्नुपर्छ, छोराछोरी हुर्काउनुपर्छ र आफन्तहरूको हेरचाह गर्नुपर्छ भन्ने अपेक्षा नै बच्चाको अभावको मुख्य कारक मानिन्छ । आमाबाबुका लागि काम र जीवनको सन्तुलनलाई सजिलो बनाउन गभर्नर युरिको कोइकेले टोकियो महानगरले सरकारी जागिरमा कार्यरत निजामती कर्मचारीलाई अप्रिलदेखि सुरु हुने नय...
गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा
प्रशासन, समाचार

गढीमाई मेलाका अवसरमा मंसिर २३ गते सार्वजनिक बिदा

नेपालअखबार,जनकपुरधाम । बाराको महागढीमाई नगरपालिकामा लाग्ने गढीमाई मेलाका अवसरमा मंसिर २३ गते आइतबार मधेस प्रदेश सरकारले सार्वजनिक बिदा घोषणा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गढीमाई मेलाको विशेष पूजा हुने दिन मंसिर २३ गते सार्वजनिक तथा सरकारी निकायका लागि बिदा घोषणा गरेको हो । मुख्यमन्त्री सतिशकुमार सिंहले प्रति लाखौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको गहिरो आस्था र दृढ विश्वास रहँदै आएकाले बिदा घोषणा गरिएको बताए । उनले प्रदेशको धरोहरको रूपमा स्थापित गढीमाई मेलामार्फत घरेलु पर्यटन विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।...
१० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङलाई सरकारको मान्यता
प्रशासन, समाचार

१० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङलाई सरकारको मान्यता

नेपालअखबार,काठमाडौँ । सरकारले १० भारतीय र एउटा चिनियाँ विश्वविद्यालयको इन्जिनियरिङ उपाधिलाई मान्यता दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सम्बन्धित विश्वविद्यालयका विभिन्न विषयलाई मान्यता दिने उल्लेख गरेको हो । यसरी मान्यता पाएका विश्वविद्यालय र विषयमा गुजरातको पण्डित दिनदयाल विश्वविद्यालयको कम्प्युटर इन्जिनियरिङ, गुजरातकै आरके युनिभर्सिटीको कम्प्युटर इन्जिनियरिङ, गणपत विश्वविद्यालयको सूचना प्रविधि, चरोतर युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी र पारुल युनिभर्सिटीको एग्रिकल्चर इन्जिनियरिङ रहेका छन् । त्यस्तै, उत्तर प्रदेशको इभर्टिस युनिभर्सिटीको कम्प्युटर साइन्स एण्ड इन्जिनियरिङ, मध्य प्रदेशको सरदार पटेल विश्वविद्यालयको इलेक्ट्रोनिक एण्ड कम्युनिकेसन इञ्जिनियरिङको बायोइञ्जिनियरिङ, तमिल नाडुको भेल टेक रंगराजन आर एण्ड डी इन्सिच्युट अफ साइन्स एण्ड टे...
रोल्पा ट्राफिक प्रहरी कार्यालय प्रमुख घुससहित पक्राउ
प्रशासन, समाचार

रोल्पा ट्राफिक प्रहरी कार्यालय प्रमुख घुससहित पक्राउ

नेपालअखबार,रोल्पा। रोल्पा जिल्ला ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललितकुमार बुढाथोकी २५ हजार घुससहित पक्राउ परेका छन्। सोमबार अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रोल्पा नगरपालिका-४ स्थित निवासबाट घुससहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनका अनुसार बुढाथोकीले सवारीसाधनलाई आवतजावत गर्न सहजीकरण गरिदिएबापत घुस माग गरिरहेको भन्ने सूचना प्राप्त भएको थियो। उक्त सूचनाको आधारमा नेपालगन्जबाट खटिएको अख्तियारको टोलीले घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो। उनीमाथि अख्तियारले थप अनुसन्धान अघि बढाएको छ।...
प्रहरीका ८ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
प्रशासन, समाचार

प्रहरीका ८ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान

नेपालअखबार,काठमाडौँ । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका ८ जना डीआईजीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बढुवा समितिको सिफारिसको आधारमा गृहमन्त्रीले ध्रुवराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर विकलाई प्रहरी नायव महानिरीक्षकहरूमा बढुवा गर्ने निर्णय गरेका थिए । उनीहरूलाई सोमबार आईजीपी वसन्त कुँवरले दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । आईजीपी वसन्त कुँवरले नव नियुक्त डीआईजीहरुको पदोन्नतिसँगै जबाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको बताए । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा उनले भने, ‘राज्य र संगठनले तपाईँहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ ।’ समारोहमा पदोन्नति भएका प्र...
रविको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्चमा पेसी चढ्यो
प्रशासन, राजनीति, समाचार

रविको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्चमा पेसी चढ्यो

नेपालअखबार,काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानी किर्ते सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा पेसी तोकिएको छ। न्यायाधीशद्धय हरिप्रसाद फुयाँल र नृपध्वज निरौलाको इजलासमा पेसी रहेको छ। युवराज सफलले महान्यायाधिवक्ताको मुद्दा नचल्ने निर्णय बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । २०७९ चैत २० गते दायर भएको उक्त रिटमा दोस्रो सुनुवाइका लागि पेसी तोकिएको हो । उक्त मुद्दा ३० नम्बरमा पेसी रहेकाले सुनुवाइको पालो पाउने सम्भावना भने न्यून  रहेको छ। यसअघि सर्वोच्चले तीन पटक फाइल मगाउने निर्णय गरेको छ। २०७९ चैत २२ गते कारण देखाऊ आदेश जारी गरेको सर्वोच्चले २०८० जेठ ९ गते फाइल मगाउने आदेश गरेको थियो । दुवै आदेश संयोगवश हरि फुयाँलको इजलासले गरेको हो ।  अदालतले राहदानीसम्बन्धी विवादमा महान्यायाधिवक्ता कार्यालयसँग रवि ...