गलत र भ्रमपूर्ण सामग्री प्रसारण गर्ने नौवटा सामाजिक सञ्जाल काउन्सिलले कारबाही गर्ने
नेपालअखबार,काठमाडौं ।प्रेस काउन्सिल नेपालले गलत र भ्रमपूर्ण अभिव्यक्ति प्रसारण गरी अराजकता फैलाएको भन्दै विभिन्न ९ वटा सामाजिक सञ्जाललाई कारबाही गरेको छ।
काउन्सिलका सहप्रशासकीय अधिकृत एवं सहप्रवक्ता रामशरण बोहराले आज एक विज्ञप्ति जारी गरी दर्ता र सूचीकरणबिना चलेका, मिडियासँग आबद्ध नभएका तीन सञ्जाललाई आवश्यक अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको र मिडियाअन्तर्गत आबद्ध भएका एक फेसबुक पेजसहित अन्य च्यानललाई अप्रमाणित र एकपक्षीय सामग्री तत्काल हटाउन वा स्थगन गर्न निर्देशन दिइएको जानकारी दिए।
काउन्सिलले पछिल्लो समय कार्यविधि बनाई कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल र फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको अनुगमन गरिरहेको जनाएको छ।
'यही क्रममा केही सामाजिक सञ्जालबाट हालै प्रधानमन्त्री केपी शर्मा ओलीका विषयमा अपुष्ट, ...










