Wednesday, August 5

प्रशासन

स्याङ्जाका एघार अतिरिक्त हुलाक खारेज
प्रशासन, समाचार

स्याङ्जाका एघार अतिरिक्त हुलाक खारेज

नेपालअखबार, स्याङ्जा । स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् । नेपाल सरकारले अतिरिक्त हुलाक (पाँचौँ संशोधन) नियमावली २०८० कार्यान्वयनमा ल्याएसँगै यहाँका ११ अतिरिक्त हुलाक कार्यालय खारेज भएका हुन् । यसअघि ५३ अतिरिक्त हुलाकमार्फत सेवा दिने गरिएकामा ११ वटा खारेज भएका जिल्ला हुलाक कार्यालय प्रमुख गुरुप्रसाद मरासिनीले जानकारी दिए । अतिरिक्त हुलाकमा रहेका कर्मचारी ५८ वर्ष पूरा भएपछि क्रमशः अवकाश हुँदै जाने र उक्त पद स्वतः खारेज हुने नीति सरकारले ल्याएसँगै अतिरिक्त हुलाक खारेजीमा परेका उनले बताए । “यस्ता हुलाकमा हुलाक प्रतिनिधि, डाँकवाहक र वितरक गरी तीन प्रकारका कर्मचारी हुन्छन् । कार्यरत कर्मचारी ५८ वर्ष पूरा भएमा त्यस्तो ठाउँका हुलाक स्वतः खारेज हुने नीतिअनुसार यहाँ पनि ११ अतिरिक्त हुलाक खारेजीमा परेका हुन्”, उनले भने, “धेरै जसो अतिरिक्त हुलाकमा ५८ वर्ष उमेर नपुगेका एक व...
नेपाली सेनालाई स्वर्ण पदक
प्रशासन, विश्व, समाचार

नेपाली सेनालाई स्वर्ण पदक

नेपालअखबार, काठमाडौँ । विश्वका ३७ देशका सेनालाई पछि पार्दै यस वर्षको ‘अभ्यास क्याम्ब्रियन गस्ती २०२४’मा नेपाली सेनाले स्वर्ण पदक प्राप्त गरेको छ । संयुक्त अधिराज्य बेलायतको वेल्स, ब्रेकनमा यही असोज २३ गतेदेखि २५ गतेसम्म भएको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले स्वर्ण पदक प्राप्त गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अधिराज्य बेलायतसहित ३७ राष्ट्रका एक सय २१ अन्तर्राष्ट्रिय टोलीको त्यस अभ्यासमा सहभागिता थियो । सन् १९६० बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको त्यस प्रतियोगितामा नेपाली सेनाले सन् २०१४ देखि भाग लिँदै आएको छ । दुई दिनभित्र हतियारसहित करिब ५० पाउण्ड तौल बराबरका बन्दोबस्ती सामग्रीसहित ५० किलोमिटर दूरीको अभ्यासमा सहभागी टोलीले गरेको लडाइ तयारी, खबर सङ्कलन तथा घाइते–बिरामीको व्यवस्थापनलगायतका दक्षता परीक्षणका आधारमा मूल्याङ्कन ...
सर्वोच्चले पूर्वडीआइजी जोशीको मुद्दा दोस्रो पटक खारेज गर्‍यो
प्रशासन, समाचार

सर्वोच्चले पूर्वडीआइजी जोशीको मुद्दा दोस्रो पटक खारेज गर्‍यो

नेपालअखबार,काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका नेपाल प्रहरीका पूर्व डीआईजी एवं गोर्खा मिडियाका एक सञ्चालक छविलाल जोशीको बन्दी प्रत्यक्षीकरण सम्बन्धी निवेदन सर्वोच्च अदालतले दोस्रो पटक खारेज हुने फैसला सुनाएको छ। न्यायाधीश कुमार रेग्मीको इजलासले गैरकानुनी थुनामा राखेको दाबी गर्दै जोशीका छोरा रोचक जोशीले दर्ता गराएको मुद्दा दोस्रो सुनुवाइमा खारेज हुने फैसला सुनाएको हो । यसअघि असोज २१ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले कारण देखाऊ आदेश जारी गरेको थियो । सर्वोच्चले यसअघि असोज १६ गते रिट खारेज हुने फैसला गर्दै धरौटीमा रिहा गर्ने प्रहरीलाई ध्यानाकर्षणको आदेश गरेको थियो । तर यस पटक भने खारेज हुने फैसला सुनाएको छ। असोज १६ गते न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र अब्दुल अजिज मुसलमानको इजलासले निर्देशनात्मक आदेश गर्दै रिट खारेज गरेको थियो । उक्त ...
दसैँको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने
प्रशासन, समाचार, समाज

दसैँको बेला नयाँ श्रम स्वीकृति दिन बन्द हुने

नेपालअखबार,काठमाडौँ । वैदेशिक रोजगारीमा जानका लागि दिइने श्रम स्वीकृति दसैँ बिदामा बन्द हुने भएको छ । दसैँ बिदामा नयाँ श्रम स्वीकृति बन्द हुने तर, यसअघि नै डेट (टोकन) लिइसकेकाहरूको हकमा भने दिइने वैदेशिक रोजगार विभागले जनाएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्य बहादुर खत्रीले भोलीबाट नयाँ श्रम स्वीकृति नदिइने बताए । दसैँपछि श्रम स्वीकृति दिन थालिने उनको भनाइ छ । यसअघि नै टोकन लिइसकेकाहरूको हकमा भने श्रम स्वीकृति दिने व्यवस्था मिलाइएको बताए । दसैँ तिहार जस्ता चाडपर्वमासमेत नेपालीहरूको वैदेशिक रोजगारको यात्रा भने रोकिँदैन । दसैँको टिकाकै दिन समेत सयौँको सङ्ख्यामा नेपालीहरूमा वैदेशिक रोजगारीमा जाने गरेका छन् । विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको साउन महिनामा वैदेशिक रोजगारीमा जान ५९ हजार ५७५ जनाले श्रम स्वीकृति लिएका थिए । भने भदौमा ५७ हजार ४९३ जनाले श्रम स्वीकृति लिए...
खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने
प्रशासन, समाचार, समाज

खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने

नेपालअखबार,काठमाडौं । वर्षासँगै आएको बाढी क्षतिग्रस्त बनाएको सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल तिहार अघिसम्म निर्माण गरिसक्ने लक्ष्य राखिएको छ । खुर्कोट-मन्थली वारपार गर्न सुनकोशी नदीमाथि पक्की पुल र बेली ब्रिज सञ्चालनमा थिए । तर, ११ र १२ असोजमा सुनकोशी नदीमा आएको बाढीले बेली ब्रिज बगाउनुका साथै पक्की पुलमा समेत क्षति पुर्‍याएको थियो । त्यसपछि अहिले खुर्कोट-मन्थली यातायात ठप्प छ । पैदल यात्रीहरु समेत बाढीले जिर्ण बनाएको झोलुंगे पुलमा जोखिम मोलेर वारवार गर्दै आएका छन् । खुर्कोट-मन्थली पुलमा क्षति पुगेपछि अहिले स्थानीयहरु जोखिम मोलेर सिन्धुलीको गोलञ्जोर गाउँपालिका-६ बलेनी र आनामानेबिचमा रहेको रामेछाप नगरपालिका-९ मा जोडिएको क्षतिग्रस्त झोलुंगे पुलमा जोखिम मोलेर वारपार गर्दै छन् । सिन्धुलीतर्फको वीपी राजमार्ग र रामेछापतर्फको मध्यपहाडी राजमार्ग समेत जोड्ने पुलमा सुनकोशील...
खाजामा कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि
प्रशासन, समाचार

खाजामा कास्की जिल्ला प्रशासन आफैं ठगिएपछि

नेपालअखबार,कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार छ । उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन गर्दै आएको छ । उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की प्रशासन आइतबार आफैँ ठगिन पुगेको छ । प्रशासनले शिक्षा विकास तथा समन्वय एकाइमा लागुऔषधसम्बन्धी अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, कर्मचारीलगायत ४० जनाको सहभागिता थियो । सहभागीलाई खाजाका लागि पोखराको चिप्लेढुङ्गामा रहेको मारवाडी भोजनालयमा माग गरिएको थियो । तर माग गरिएको भन्दा निकै कम परिमाण र खाद्य पदार्थ आपूर्ति गरेर ठगी गरेपछि प्रशासनले सो सेवा भोजनालयलाई रु दुई लाख जरिवाना गरेको छ । भोजनालयले मागबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ ...
बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति
प्रशासन, समाचार, समाज

बाढीबाट बागमती सिँचाइ आयोजनामा १० करोडको क्षति

नेपालअखबार,जनकपुरधाम । यही असोज ११ तथा १२ गते आएको बाढीबाट सर्लाहीको कर्मेयास्थित बागमती सिँचाइ आयोजनामा रु १० करोड ४० लाख बराबरको क्षति पुगेको छ । लालवकैया, लखनदेही, बागमती, चाँदी तथा झाँझ नदीमा आएको बाढीले उक्त आयोजनामा क्षति पुर्‍याएको हो । सर्लाही र रौतहट जिल्लामा करिब ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउँदै आएको उक्त आयोजनामा बाढीले क्षति पुर्‍याउँदा अहिले सिँचाइ कार्यमा असर पुगेको आयोजनाका  डिभिजन प्रमुख अनुभव चौधरीले बताए । बागमतीको बैराज, बैराजको ढोका र त्यसको तलको पक्की सतह तथा तटबन्ध, रौतहटतर्फको पश्चिमी मूलनहर तथा सर्लाहीतर्फको पूर्वी मूलनहर, शाखा नहर, उपशाखा नहर, हेडवक्र्स तथा बाँध र नहर जोड्ने मुख्य तथा सहायक सडक बाढीले क्षति पुर्‍याएको उनले जानकारी दिए । रौतहटतर्फको पश्चिमी मूल नहरको चाँदी साइफान, मानपुर शाखा अन्तर्गतको हजरिया शाखा, प्रेमपुर शाखा, महमोदपुर शाखा,...
नेपाल एयरलाइन्सका एयर होस्टेज काममा फर्किए
प्रशासन, समाचार

नेपाल एयरलाइन्सका एयर होस्टेज काममा फर्किए

नेपालअखबार,काठमाडौँ । दसैँको मुखमा ४५ वर्ष उमेर हदको विषयलाई लिएर आन्दोलन गर्दै आएका नेपाल एयरलाइन्सका एयर होस्टेजहरु काममा फर्किएका छन् । शनिवार संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको छलफलमा उमेर हद ५० वर्ष पुर्‍याउन मन्त्रालय सहमत भएपछि  उनीहरू आन्दोलन स्थगित गरेका हुन् । नेपाल एयरलाइन्सको नियमावलीमा विमानको परिचारिकाका लागि ४५ वर्षको उमेर हद रहने व्यवस्था छ । उक्त उमेर बढाउन उनीहरूले माग गर्दै आएका थिए । आजको छलफलमा उक्त नियमावली परिवर्तन गर्ने प्रक्रिया सुरु गर्न मन्त्रालय सहमत भएको छ । यद्यपि यसबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको र  अन्तरिम आदेश समेत भएकोले महान्यायाधिवक्तासँग परामर्श गरेर अघि बढ्ने मन्त्री बद्री पाण्डेले बताए । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री पाण्डेले क्याबिन क्रु मेम्बरहरुले आफूहरूमाथि भेदभाव भएको, आफूहरूलाई विभिन्न सेवा, स...
त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा
प्रशासन, समाचार, समाज

त्रिशूलीको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा

नेपालअखबार,काठमाडौं ।  गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ। त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो । बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिए। घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो। पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ। 'घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ,'  उनले भने। दसैँ सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारप...
नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड
प्रशासन, समाचार, समाज

नेपालले कार्बन बिक्रीबाट प्राप्त गर्दैछ एक अर्ब ६० करोड

नेपालअखबार ,काठमाडौं।  विश्व बैंकसँग भएको सम्झौताअनुसार नेपालले अबको एक महिनाभित्र कार्बन बिक्रीबाट एक अर्ब ६० करोड प्राप्त गर्दैछ। सन् २०१८ देखि २०२४ सम्म नेपालले तराईका १३ जिल्लाका वनजङ्गलमार्फत कार्बनडाइअक्साइड घटाएबापत सो रकम प्राप्त गर्न लागेको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको रेड कार्यान्वयन केन्द्रले जनाएको छ। नेपालले तराई भूपरिधि कार्यक्रमअन्तर्गत बागमती नदीबाट महाकाली नदीसम्मका तराईका १३ जिल्लामा छ वर्षमा दुई दशमलव चार मिलियन टन कार्बन सञ्चिति गरेबापत सो रकम पाउन लागेको हो। प्रतिटन कार्बनको पाँच अमेरिकी डलरका दरले नेपालले यही अक्टोबरभित्र एक अर्ब ६० करोड प्राप्त गर्ने मन्त्रालयले जनाएको छ। वन मन्त्रालयका प्रवक्ता एवं सहसचिव बद्रीराज ढुङ्गानाका अनुसार विश्व बैङ्कसँग सुरुमा सम्झौता गर्दा उक्त रकम वन विकास कोषमार्फत आउनेगरी सम्झौता भएको थियो। अर्थ मन्त्रालयले मुलुकको का...