Monday, October 5

प्रशासन

जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधि नवगठित जसपामा जान पाउने
प्रशासन, राजनीति, समाचार

जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधि नवगठित जसपामा जान पाउने

नेपालअखबार,काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका जनप्रतिनिधि अशोक राई नेतृत्वमा गठन भएको जनता समाजवादीमा जान पाउने भएका छन्। जसपा नेपालबाट छुट्टिएर राई नेतृत्वमा बनेको जनता समाजवादीलाई सोमबार निर्वाचन आयोगले मान्यता दिएको थियो। निर्वाचन आयोगले मंगलबार सूचना प्रकाशित गरी जसपा नेपालबाट निर्वाचित जनप्रतिनिधि नवगठित जनता समाजवादीमा संलग्न रहने बाटो खुला गरेको छ। आयोगले जनप्रतिनिधिलाई सनाखतका लागि २१ दिनको समय पनि दिएको छ। आयोगले जेठ १३ गतेभित्र सनाखत गरिसक्न भनेको छ।  जसपा नेपालबाट निर्वाचित स्थानीय तह सदस्य वा प्रदेश सभा सदस्यलाई सनाखत गर्नका लागि समय दिइएको हो। प्रदेश सभा सदस्यले प्रदेश निर्वाचन कार्यालयमा प्रदेश निर्वाचन अधिकारीसमक्ष र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा जिल्ला निर्वाचन अधिकारीसमक्ष आफू निर्वाचित भएको सक्कल प...
शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने
प्रशासन, समाचार

शुक्रबारसम्म काठमाडौंका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

नेपालअखबार,काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरुअन्तर्गतका विद्युत वितरण शुक्रबारसम्म अवरूद्ध हुने जनाएको छ। उक्त वितरण केन्द्रहरूमा विद्युतीय वितरण लाइनहरू भूमिगत गर्न सुरु गरिएकाले आइतबारदेखि नै विद्युत् लाइन अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। आइतबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तरर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् अवरुद्ध भएको थियो। सोमबार कुलेश्वर वितरण केन्द्रअन्तर्गत सोल्टीमोडदेखि रविभवनसम्मको क्षेत्र, मंगलबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तर्गत फोर्स बसपार्कदेखि तेजविनायक चोकसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको छ। यसैगरी, बुधबार ताहचाल र चौमती फिडर (कुलेश्वर वितरण केन्द्र) अन्तर्गत छाउनी अस्पताल क्षेत्र, बिहीबार गोठाटार फिडर (जोरपाटी वितरण केन्द्र) अन्तर...
बाँकेमा डढेलो रोक्न अग्नि हेरालु
प्रशासन, समाचार, समाज

बाँकेमा डढेलो रोक्न अग्नि हेरालु

नेपालअखबार,नेपालगञ्ज । बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको ५ हजार १३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । जिल्ला वन कार्यालय, बाँकेका अनुसार नेपालगञ्ज सबडिभिजन कार्यालयअन्तर्गतका १०, नरैनापुर सव डिभिजनअन्तर्गतका नौ, सिक्टा सव डिभिजनका १८, राप्तीसोनारी सव डिभिजजनका ४, कोहलपुर सबडिभिजनका २२ र शम्शेरगञ्ज सबडिभिजनको एउटा चक्ला वनसहित गरी ७६ सामुदायिक वनमा डढेलो लागेको छ । बाँकेमा एक सयको हाराहारीमा सामुदायिक वन छन् । जिल्ला वन कार्यालयका सहायक वन अधिकृत तथा सूचना अधिकारी वीरेन्द्र रोकाले अधिकांश स्थानमा डढेलो नियन्त्रणमा आइसकेको बताए । डढेलो लागेको वनमा ७ सय लिटर ट्यांकी भएको अग्नि नियन्त्रक गाडीमार्फत आगो निभाइएको उनको भनाइ छ । डढेलो नियन्त्रण गर्न ८ जना अग्नि हेरालुसमेत परिचालन गरिएको बताए । डढेलो नियन्त्रण गर्न चक्ला वनमा ३० किलोमिटर र विभिन्न सामुदायिक वनमा २० किलोमिटर अग्नि...
जंगलमा आगो लगाउने  एक व्यक्ति पक्राउ
प्रशासन, समाचार, समाज

जंगलमा आगो लगाउने एक व्यक्ति पक्राउ

नेपालअखबार, पोखरा । जंगलमा आगो लगाएको आरोपमा कास्कीका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका वडा नम्बर–३ मराम्चेस्थित सामुदायिक जंगलमा आगो लगाएको आरोपमा स्थानिय मराम्चे निवासी ३९ वर्षिय अगन्धर पौडेललाई कास्की प्रहरीले पक्राउ गरेको हो । वनमा आगलागी भएपछि आगो लगाउने व्यक्तिको खोजी गर्न वडा प्रहरी कार्यालय बगरबाट एक टोली खटिएको थियो । सोहि प्रहरी टोलीले स्थानियलाई सोधपुछ गर्दा उनीहरुले पौडेलले आगो लगाएको आरोप लगाएका थिए । ततपश्चात प्रहरीले उनलाई पक्राउ गरी सोधपुछ गर्ने क्रममा आगो लगाएको स्वीकार गरेको कास्की प्रहरीले आईतबार जारी गरेको सूचनामा उल्लेख छ । यद्वपी पौडेलले वनमा आगो लगाउने उद्देश्यले नभई आफ्नो खरबारीमा सुकेका घसेटामा लगाएको आगो अनियन्त्रित भई सामुदायिक जंगलमा फैलिएको जिकीर गरेका छन् । प्रहरीले आरोपी पौडेललाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवा...
अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई काठमाडौं महानगरले १०/१० लाख अनुदान दिने
प्रशासन, समाचार

अग्नि प्रभावित इस्मा र राजपुर गाउँपालिकालाई काठमाडौं महानगरले १०/१० लाख अनुदान दिने

नेपालअखबार,काठमाडौँ । काठमाडौं महानगरपालिकाले अग्नि प्रभावित लुम्बिनी प्रदेश, गुल्मी जिल्लाको राजपुर गाउँपालिका र दाङ जिल्लाको इस्मा गाउँपालिकालाई प्रति स्थानीय तह १०/१० लाख रुपैयाँ अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ। महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आगलागीका कारण घर, गोठ, पशु चौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयको संकटपूर्ण जीवनमा तत्काल राहत उपलब्ध गराउन, खाद्यान्न, औषधोपचार, खानेपानी अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको हो। यो रकम महानगरपालिकाको विपद व्यवस्थापन कोषबाट पठाइनेछ। महानगरपालिकाले यसअघि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ जरलहवा टोलका आगलागी पीडितलाई १० लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ।...
४८ उपसचिवको सरुवा
प्रशासन, समाचार

४८ उपसचिवको सरुवा

काठमाडौँ ।  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४८ जना उपसचिवलाई एकैपटक सरुवा गरेको छ । मन्त्रालयले बिहीबार उनीहरुलाई सरुवा गर्ने  निर्णय गरेको हो । यसरी सरुवा हुनेमा अधिकांशलाई स्थानीय तहमा सरुवा गरिएको छ । जसमध्ये मन्त्रालयका अतिरिक्त समुहमा रहेका २३ जना उपसचिवहरु सरुवामा परेका छन् । हेर्नुहोस् विवरण-...
मनोरञ्जन कर असुल्न एलओडीसहित क्लब र दोहोरी साँझलाई महानगरको ताकेता
प्रशासन, समाचार

मनोरञ्जन कर असुल्न एलओडीसहित क्लब र दोहोरी साँझलाई महानगरको ताकेता

नेपालअखबार, काठमाडौं । एलओडी क्लबसहित रात्रिकालीन क्लब, डान्सबार तथा दोहोरी साँझबाट मनोरञ्जन कर असुल्न काठमाडौं महानगरपालिकाले ताकेता गरेको छ । महानगरको राजश्व विभागले ग्यारेज इन्टरटेन्मेन्ट, एनएम प्रोडक्सन, गोपीकृष्ण मुभिजलगायतलाई मनोरञ्जन कर तिर्न बुधबार ३५ दिने सूचना निकालेको हो । जारी गरेको सूचनामा ग्यारेज इन्टरटेन्मेन्टले ९ मंसिर ०८० मा होटल हायातमा सांगीतिक कन्सर्ट गरेको उल्लेख छ । महानगरले यसअघि १६ फागुन ०८० मा रात्रिकालीन क्बल, डान्सबार, दोहोरी साँझलाई कर तिर्न पत्राचार गरेको थियो । तोकिएको अवधिमा कर दाखिला नगरे आर्थिक ऐन, २०८० को दफा २१ बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।...
पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त
प्रशासन, शिक्षा, समाचार

पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा थपलिया र मध्यपश्चिममा गौतम नियुक्त

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले पूर्वाञ्चल र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्राडा बिजुकुमार थपलिया र मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्राडा ध्रुवकुमार गौतमलाई नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार उपकुलपतिका लागि सिफारिसमा परेका३÷३ जना मध्ये १÷१ जनालाई नियुक्त गरेका हुन् । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री सुमना श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति बनेको थियो । उक्त समितिले वैशाख १२ र १३ गते उम्मेदवारहरूको प्रस्तुति तथा अन्तर्वार्ता लिएर ३ जनाको नाम सिफारिस गरेको थियो । त्यस्तै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राडा देवराज अधिकारीको संयोजकत्वमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफार...
आजदेखि रिडी–तम्घास सडक एक महिनासम्म बन्द हुने
प्रशासन, समाचार, समाज

आजदेखि रिडी–तम्घास सडक एक महिनासम्म बन्द हुने

नेपालअखबार, गुल्मी । आजदेखि गुल्मीको रिडी–तम्घास सडकखण्ड एक महिनासम्म बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी रिडी–तम्घास सडकखण्ड बन्द हुने भएकाले वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न आग्रह गरेको छ । सडकका केही ठाउँमा कडा चट्टान फोर्नुपर्ने र ग्रेड मिलाउनुपर्ने भएकाले वैशाख १७ गतेदेखि जेठ १५ गतेसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म र राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक बन्द हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । मदन भण्डारी राजमार्गअन्तर्गत रिडीदेखि बलेटक्सारसम्मको २५ किलोमिटर क्षेत्रमा सडक स्तरोन्नतीसँगै कालोपत्रे गर्ने काम हुँदै आएको छ । गुल्मी जिल्ला सदरमुकाम तम्घास आउने यो मुख्य सडक निकै साँघुरो र जिर्ण थियो । यसलाई विस्तार गरेर ७.७५ मिटर चौडाइको बनाइने छ । सडक चौडा पार्न गत चैत महिनामा पनि करिब एक महिनासम्म सवारी आवागमन बन्द गरिएको थ...
लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद
प्रशासन, समाचार

लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद

नेपालअखबार, काठमाडौँ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई तीन वर्ष कैद सजाय भएको छ । विशेष अदालतले उनलाई तीन वर्ष कैद निर्धारण गरेको हो । सम्पत्ति शुद्धीकरण विभागले दायर गरेको मुद्दामा विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले उनलाई २५ करोड ६९ लाख ७५ हजार जरिवाना पनि सुनाएको छ । विभागले उनलाई १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोग लगाएको थियो । गत चैत २५ मै उनी अदालतबाट दोषी ठहर भएपनि सजाय निर्धारणका लागि आइतबारको पेशी तोकिएको थियो । न्यौपाने नेपाल इन्‍जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ म‌ंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए ।...