Tuesday, August 4

प्रशासन

खुला मञ्च सञ्चालन व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन शिफारिस
प्रशासन, समाचार

खुला मञ्च सञ्चालन व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन शिफारिस

नेपालअखबार,काठमाडौँ । काठमाडौँ महानगरपालिकाको बिच भागमा रहेको खुला मञ्च प्रयोग तथा व्यवस्थापनको अधिकार वडा नं. २७ लाई दिन प्रमुखसमक्ष शिफारिस गर्ने निर्णय भएको छ । आज राजस्व समितिका संयोजक तथा वडा नं ३२ का अध्यक्ष नवराज पराजुलीको संयोजकत्वमा विषयगत समितिका संयोजक र राजस्व समितिका सदस्यहरुको बैठकले यस्तो निर्णय गरेको हो । विगतमा बिभिन्न संघ संस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालन गर्दा प्रशासन विभाग र महानगर प्रहरी बलको समन्वयमा व्यवस्थापन हुने गरेको थियो । अहिले कार्यक्रम सञ्चालन गर्ने आयोजकले निश्चित सर्त, बन्देज तथा दायित्व पूरा गर्ने गरी संघसंस्था तथा राजनीतिक दलका कार्यक्रम सञ्चालनका लागि खुला मञ्च प्रयोग तथा व्यवस्थापन गर्ने अधिकार वडा नं. २७ लाई दिन प्रमुख समक्ष सिफारिस गर्ने निर्णय भएको हो । बैठकमा प्रवक्ता नविन मानन्धर, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँसहित विषयगत समितिका...
कक्षा १२ को परीक्षा बैशाख १४ देखि, यस्तो छ तालिका
प्रशासन, शिक्षा, समाचार

कक्षा १२ को परीक्षा बैशाख १४ देखि, यस्तो छ तालिका

नेपालअखबार, काठमाडौँ ।  कक्षा १२ को फाइनल परीक्षा बैशाख १४ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले एसईईको परीक्षा तालिका यसअघि नै सार्वजनिक गरिसकेको थियो । तालिका अनुसार एसईईको परीक्षा चैत्र १९ गतेदेखि सञ्चालन हुनेछ । फागुन २१ गतेको निर्वाचनका कारण चैत पहिलो साता हुने एसईई दुई साता पछि सरेको हो ।...
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल
प्रशासन, समाचार

भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल

नेपालअखबार, बुटवल । नेकपा बहुमतले आह्वान गरेको नेपाल बन्दको क्रममा  भैरहवाको लुम्बिनी गेट नजिकै शंकास्पद वस्तु फेला परेको छ । बोराभित्र राखिएको र बाहिर कागजमा नेपाल बन्द सफल पारौं लेखेको हुँदा शंकास्पद वस्तु देखिएपछि केही समय उक्त सडक खण्डमा सवारी आवागमन बन्द भएको थियो । नेपाली सेनाको टोली आएर डिस्पोज गर्दा  क्यान बियरको बोतलभित्र माटो र ढुङ्गा राखेर सर्वसाधारणलाई तर्साउन खोजिएको पाइएको रुपन्देही प्रहरीले बताएको छ । फागुन २१ को चुनाव बहिष्कारको आह्वान गर्दै नेपाल बन्द गरिएको सो पार्टीले जनाएको छ । बन्द आह्वान का कारण जिल्लाका शिक्षण संस्थाहरु बन्द भएका छन् । सवारी साधन चलेका छैनन् भने बजार पनि खुलेका छन् ।...
वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन
अर्थतन्त्र, प्रशासन, समाचार

वीरगन्ज भन्सार : सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

नेपालअखबार,वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा रु एक खर्ब ३५ अर्ब ४८ करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आवको सात महिनासम्म रु एक खर्ब ५३ अर्ब ८४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखे पनि सो अवधिसम्म भने लक्ष्यको ८८.०७ प्रतिशत राजस्व सङ्कलन गरेको छ । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवको सात महिनामा कार्यालयको भन्सार सङ्कलनमा उत्साहजनक भएको छ । कार्यालयले साउनमा रु १८ अर्ब ४४ करोड, भदौमा रु २० अर्ब ७३ करोड, असोज महिनामा रु १९ अर्ब नौ करोड राजस्व सङ्कलन भएको थियो । त्यस्तै, कात्तिकमा रु १७ अर्ब ३३ करोड र मङ्सिरमा भने रु २० अर्ब ८० करोड राजस्व सङ्कलन भएको छ । त्यस्तै पुसमा पनि रु २० अर्ब २० करोड राजस्व सङ्कलन गरेको छ । कार्यालयले माघमा मात्र रु २१ अर्ब २९ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु १८ अर्ब ९० करो...
कोशी प्रदेशमा सशस्त्र प्रहरीको ठूलो सफलता : पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
अपराध, प्रशासन, समाचार

कोशी प्रदेशमा सशस्त्र प्रहरीको ठूलो सफलता : पेस्तोल र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

मुस्ताक आलम, इनरुवा । कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपालले सुनसरीमा अवैध हतियार र लागूऔषध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ। सुनसरी जिल्ला अन्तर्गत कोशी गाउँपालिका–३ जमुवा सीमा क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक टेकेन्द्र कार्की नेतृत्व टोलीले एक भारतीय नागरिकलाई पेस्तोल, राउण्ड र ब्राउन सुगरसहित पक्राउ गरेको हो। निर्वाचन क्षेत्र नं. ४ सुरक्षा बेस तथा बी.ओ.पी. श्रीपुरबाट खटिएको चेकप्वाइन्ट टोलीले २०८२ फागुन १ गते साँझ ५:५० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको BR–50 AJ–4229 नम्बरको अपाची मोटरसाइकल रोकी जाँच गर्ने क्रममा चालकले शंकास्पद व्यवहार देखाउँदै भाग्न खोजेपछि तत्काल नियन्त्रणमा लिएको थियो। पक्राउ पर्नेमा भारत, अररिया जिल्ला बेला ग्राम पञ्चायत–४ निवासी ३६ वर्षीय राम थेलन पासवान रहेका छन्। उनको शरीर खानतलासी गर्दा कम्मरमा लुकाएर राखिएको इटालियन ९ एम.एम. स्वचालित पेस्तोल १ थ...
राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री
प्रशासन, समाचार

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक वर्ष २०८०-८१ को वार्षिक प्रतिवेदन’ पेस गर्ने भएकी छन् । मध्याह्न १२ः१५ बजे हुने बैठकमा प्रधानमन्त्रीले उक्त प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले ‘सङ्घीय एकाइहरुबीच विधायिकी अन्तरः सम्बन्ध अध्ययन प्रतिवेदत, २०८२’ र ‘बालबालिकासम्बन्धी ऐन, २०७५ मा रहेका बालसहभागितासम्बन्धी प्रावधानहरुको कार्यान्वयन मापन प्रतिवेदन, २०८२’ पेस गर्नुहुने कार्यसूची छ । बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको अध्यागमन ऐन, २०४९ र सो ऐनअन्तर्गत बनेका प्रत्यायोजित विधायनहरुसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्र...
७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने
प्रशासन, राजनीति, समाचार

७ प्रकारका संस्था र व्यक्तिसँग दल वा उम्मेदवारले चन्दा लिन नपाउने

नेपालअखबार,काठमाडौं । निर्वाचन खर्चका लागि राजनीतिक दल र उम्मेदवारले आर्थिक सहयोग (चन्दा) लिइरहेका छन् । निर्वाचन आयोगका अनुसार, सात प्रकारका संस्था र व्यक्तिसँग राजनीतिक दल वा उम्मेदवारले चन्दा लिन पाउँदैनन् । पहिलो : नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रणमा रहेको संगठित संस्था, दोस्रो : सर्वसाधारणको सेयर रहेको पब्लिक लिमिटेड कम्पनी तेस्रो : कुनै सरकारी वा सामुदायिक विश्वविद्यालय, क्याम्पस, विद्यालय वा प्राज्ञिक वा शैक्षिक संस्था चौथो :  नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको कुनै पनि निकाय वा कार्यालय पाचौं : राष्ट्रिय तथा अन्तर गैरसरकारी संस्था छैठौं : नाम नखुलेको व्यक्ति वा संस्था सातौं : विदेशी सरकार, संस्था वा व्यक्ति यसबाहेक पनि आयोगले चन्दा लिन नपाउने भनेर अन्य संस्था तोक्न सक्दछ । निर्वाचन आचारसंहिता २०८२ को बुँदा नम्बर १६ मा न...
निर्वाचन केन्द्रित छलफल गर्दै सकियो पृतनापति समन्वयात्मक बैठक
प्रशासन, समाचार

निर्वाचन केन्द्रित छलफल गर्दै सकियो पृतनापति समन्वयात्मक बैठक

नेपालअखबार,काठमाडौं । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन केन्द्रीत छलफल गर्दै पृतनापति समन्वयतात्मक बैठक सम्पन्न भएको छ । सैनिक मुख्यालय जंगी अड्डामा सुरु भएको बैठक आज बुधबार सम्पन्न भएको हो । बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले पृतनास्तरमा भएका प्रभावकारी कार्यहरूका लागि पृतनापतिहरूलाई धन्यवाद दिए । एकीकृत सुरक्षा योजना २०८२ अनुसार अन्य सुरक्षा निकायसँग समन्वय गरी निर्वाचन लक्षित सुरक्षामा खटिन पनि प्रधानसेनापतिले निर्देशन दिएका थिए । चुनावलाई सुरक्षित तवरले सम्पन्न गर्न उनको निर्देशन थियो । बैठकमा वर्तमान परिस्थितीको विश्लेषण, तालिमहरूको समीक्षा, बन्दोबस्तीका पक्षहरूमा पनि छलफल भएको थियो ।...
जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक, समसामयिक सुरक्षामा छलफल
प्रशासन, समाचार

जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक, समसामयिक सुरक्षामा छलफल

नेपालअखबार,काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा भद्रकालीमा पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ । मंगलबारबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुहरु र पृतनापतिहरुको सहभागितामा पृतनापति समन्वयतात्मक बैठक सुरु भएको हो । नियमित अर्ध वार्षिक रुपमा हुने बैठक रहेको जंगी अड्डाले बताएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतित्थ्यमा कार्यक्रम उद्घाटन भएको थियो । कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत मन्तव्य राखेका थिए । बैठकमा आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिती, सम्पादन गरेका कार्यहरुको समीक्षा एंव सुझावहरु प्रस्तुत गर्नुका साथै समसामयिक विषयमा छलफल हुने बताइएको छ कार्यक्रममा रक्षा सचिव केदारनाथ शर्मा, बलाधिकृत रथी, रथीहरू लगायत रक्षा मन्त्रालय तथा नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।...
आचारसंहिता उल्लंघनबारे आयोगले ३४ जनालाई सोध्यो स्पष्टीकरण, बुझाए २४ जनाले
प्रशासन, समाचार

आचारसंहिता उल्लंघनबारे आयोगले ३४ जनालाई सोध्यो स्पष्टीकरण, बुझाए २४ जनाले

नेपालअखबार,काठमाडौं ।  आचारसंहिता उल्लंघन  गरेको अभियोगमा निर्वाचन आयोगले स्पष्टीकरण सोधेकामध्ये २४ उम्मेदवारले जवाफ बुझाएका छन्। आयोगले ३४ जनालाई स्पष्टिकरण सोधेको थियो। त्यसमध्ये अझै १० उम्मेदवारले जवाफ दिएका छैनन्। आयोगले कूल ३४ राजनीतिक दल र स्म्वद्ध उम्मेदवारलाई स्पटिकरण सोधेकामध्ये २४ जनाले बुझाए पनि अन्यले जवाफ नआएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगले आचारसंहिताको प्रभावकारी परिपालना गराई उल्लंघनका घटनालाई न्यूनीकरण गर्न आयोगले प्राप्त उजुरीमा आवश्यक जाँचबुझ र कारवाहीको प्रक्रिया अघि बढाइरहेको छ। आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि केन्द्रीय आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुगमन समिति, जिल्ला आचारसंहिता अनुमगन अधिकृत तथा सम्बन्धित निर्वाचन कार्यालय क्रियाशील रहेका छन्। जिल्लास्तरमा आचारसंहिता अनुमगनलाई प्रभावकारी बनाइ कार्यान...