एकैपटक १४१ जना डिएसपीको सरूवा
नेपालअखबार, काठमाडाैं। प्रहरी प्रधान कार्यालयले एकैपटक १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरु सरूवा गरेको छ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरको बुधबारको निर्णयानुसार १४१ जना डिएसपीहरूको काज सरूवा गरिएको कार्यालयले जानकारी दिएको छ।
सरूवा भएका डिएसपीहरूले चैत महिनादेखिको तलब, भत्तासमेत सरूवा भएको दरबन्दीबाट लिन पाउनेछन्।
त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका डिएसपी रेवतीरमण पोखरेललाई इलाका प्रहरी कार्यालय बर्दिबास सरूवा गरिएको छ।
उनको स्थानमा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल भैरहवामा कार्यरत डिएसपी अनिल ठकुरीलाई ल्याइएको छ।
त्यस्तै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डिएसपी दुर्गा प्रसाद दाहाललाई सरूवा गरी प्रहरी प्रधान कार्यालय विमानस्थल समन्वय शाखा तानिएको छ। उनको स्थानमा प्रहरी प्रधान कार्यालय जाहेरी शाखामा कार्यरत डिएसपी सुवास हमाल पठाइएको छ।
त्यस्तै सिआइब...










