Wednesday, July 29

प्रशासन

आज रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाइ
प्रशासन, राजनीति, समाचार

आज रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा प्रारम्भिक सुनुवाइ

नेपालअखबार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको हो । अमेरिकी नागरिक रहेकै अवस्थामा नेपाली नागरिकता दुरुपयोग गरेर राहदानी लिए पनि लामिछानेविरुद्ध मुद्दा नचल्ने भनी महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णय बदर हुनुपर्ने र उनीमाथि अनुसन्धान गरी मुद्दा चलाउने आदेश हुनुपर्ने माग रिट निवेदकले गरेका छन् । नागरिकता दुरुपयोग गरेको भनी परेको उजुरीमा अनुसन्धान गरेको प्रहरीले लामिछानेमाथि मुद्दा नचल्ने रायसहित प्रतिवेदन पेश गरेको थियो । त्यही प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भनी गरेको निर्णयलाई महान्यायाधिवक्ता कार्यालयले सदर गरेको थियो । नागरिकता दुरुपयोगको उजु...
बुटवल-तानसेन सडक अनिश्चितकालका लागि दैनिक ९ घण्टा बन्द हुने
प्रशासन, समाचार

बुटवल-तानसेन सडक अनिश्चितकालका लागि दैनिक ९ घण्टा बन्द हुने

नेपालअखबार, बुटवल । सिद्धबाबा सुरुङ मार्गको पूर्वतयारीको काम गर्न सिद्धार्थ राजमार्गको बुटवल-तानसेन सडक मंगलबारदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । राजमार्ग सुरक्षा समितिको बैठकले चैत २१ गतेदेखि अर्को सूचना नभएसम्मका लागि हरेक दिन बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र रातको १० बजेदेखि बिहान ४ बजेसम्म सडकमा आवागमन बन्द गर्ने निर्णय गरेको हो । निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने रामापिथेकस पार्क नजिकको क्षेत्रमा सडक डाइभर्सनको काम फागुन दोस्रो हप्तादेखि जारी राखेको छ । सो क्रममा माथि पहरोबाट खुकुला ढुंगाहरु खस्दा दुर्घटनाको जोखिम भएकाले अर्को सूचना जारी नभएसम्म उक्त सडक खण्डमा सवारी साधन आवागमन बन्द रहने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले जानकारी दिए । एम्बुलेन्सलगायत अत्यावश्यकीय सवारी साधनहरु सञ्चा...
श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने
प्रशासन, समाचार

श्रम स्वीकृतिको आवेदन स्थानीय तहबाटै दिन सकिने

नेपालअखबार, काठमाडाैं । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ। श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै स्थानीय तहबाट आवेदन दिन मिल्ने व्यवस्था गर्न लागेको हो। स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमार्फत आवेदन फारम भर्न सकिने मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरले जानकारी दिए। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त निर्णय गरेका हुन्। अब स्थानीय तहबाटै वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्‍याउने  र वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन गर्न सकिने मन्त्रालयको भनाइ छ। आगामी वैशाख अगावै रोजगार सेवा केन्द्रका कर्मचारीको क्षमता अभिवृद्धिको कार...
बैंकिङ कसुर मुद्दाका फरार पुरुष पक्राउ
प्रशासन, समाचार

बैंकिङ कसुर मुद्दाका फरार पुरुष पक्राउ

नेपालअखबार, काठमाडाैं । बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–११ बस्दै आएका ६५ वर्षीय महेन्द्रनारायण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटा नगरपालिका–६ स्थायी घर भएका श्रेष्ठलाई उच्च अदालत पाटनको २०७९ माघ २० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा चार दिन कैद र १४ लाख ४८ हजार जरिवाना ठहर गरेको थियो। अदालतको उक्त फैसलापछि श्रेष्ठ फरार थिए। श्रेष्ठलाई केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जको टोलीले  ललितपुरको भैँसेपाटीबाट पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएकामा अदालतको आदेशले कैद भुक्तानका लागि नख्खु कारागार ललितपुर पठाइएको प्रहरीले जनाएको छ।...
नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न
प्रशासन, समाचार

नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

नेपालअखबार, काठमाडाैं । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आज दर्ज्यानी चिह्न लगाएका छन् । उनलाई गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहले आज आईजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । गत शुक्रबारको मन्त्रिपरिषद बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।नवनियुक्त आईजीपी कुँवरल  प्रहरीकाे आन्तरिक शुदिकरण आफ्नाे प्राथमिकता  हुने बताएका छन् ।...
मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न ९ बुँदे सम्झौता
प्रशासन, समाचार

मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न ९ बुँदे सम्झौता

नेपालअखबार, काठमाडाैं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ। सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्यांकीबाट पानी वितरण गर्ने गरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो। रासस...
राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३-३ लाख दिने प्रधानमन्त्रीको घोषणा
खेलकुद, प्रशासन, समाचार

राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३-३ लाख दिने प्रधानमन्त्रीको घोषणा

नेपालअखबार, काठमाडाैं । युएईलाई हराउँदै जिम्बाब्वेमा हुने विश्वकप क्रिकेट छनोटमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई सरकारले जनही ३ लाख रूपैयाँसहित सम्मान गर्ने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विजयी नेपाली क्रिकेट टोलीलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटार बोलाएर टोलीका प्रत्येक खेलाडीलाई सम्मानस्वरूप सरकारले ३-३ लाख रुपैयाँ दिने घोषणा गर्दै आगामी यात्राका लागि शुभकामना दिएका छन्। विश्वकप क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको नेपाली क्रिकेट टोलीलाई सम्माननीय प्रधानमन्त्री प्रचण्डले बधाइ ज्ञापन गर्नुहुँदै जनही रू. ३ लाख राशीको पुरस्कार घोषणा गर्नुभएको छ। pic.twitter.com/YuvujMmc8D खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले हिजोको प्रदर्शनबाट आफू अत्यन्तै खुसी भएको प्रतिक्रिया दिए। ‘मलाई अत्यन्त खुसी लागेको छ। हिजो तपाईहरूले जसरी प्रदर्शन गर्नुभय...
उपराष्ट्रपति चुनावको तयारी पूरा, भोलि बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म मतदान
प्रशासन, समाचार

उपराष्ट्रपति चुनावको तयारी पूरा, भोलि बिहान १० बजदेखि अपराह्न ३ बजेसम्म मतदान

नेपालअखबार, काठमाडाैं । उपराष्ट्रपति चयनका लागि हुने निर्वाचनको तयारी पूरा भएको छ। निर्वाचन आयोगका अनुसार शुक्रबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म उपराष्ट्रपति निर्वाचनका लागि मतदान हुनेछ। प्रतिनिधि सभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सभा सदस्यले उपराष्ट्रपति चयनका लागि मतदान गर्न पाउँछन्। उपराष्ट्रपतिका लागि जसपाबाट रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झा उम्मेदवार छन्। सत्ता गठबन्धनले एक मात्र उम्मेदवार बनाउन छलफल गरिरहेको छ।...
सामान्य प्रशासन मन्त्रालयले माग्यो कर्मचारीको विवरण
प्रशासन, समाचार

सामान्य प्रशासन मन्त्रालयले माग्यो कर्मचारीको विवरण

नेपालअखबार, काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सङ्घीय कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ । मन्त्रालयले सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरूलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण बुझाउन भनेको छ । मन्त्रालयका उपसचिव कमानसिंह थापाद्वारा हस्ताक्षरित परिपत्रमा भनिएको छ,‘ मन्त्रालय-संवैधानिक आयोगको स्वीकृति सङ्गठन संरचना बमोजिम कर्मचारीको पदपूर्तिसम्बन्धी ढाँचामा कर्मचारीको विवरण तीन दिन भित्र मन्त्रालयको कर्मचारी महाशाखामा बुझाउन निर्णयअनुसार अनुरोध छ।’ मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरण माग गरेको हो ।...
सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु
प्रशासन, समाचार

सुकुम्बासीलाई व्यवस्थित गर्न महानगरद्वारा छलफल सुरु

नेपालअखबार, विराटनगर  । विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ । विराटनगर क्षेत्रभित्र रहेका भूमिहीनलाई बोलाएर महानगरले व्यवस्थित गर्ने विषयमा छलफल गरेको हो । सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्ने उद्देश्यका साथ छलफल गरिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए । उनले सम्बन्धित सुकुम्बासीकै कुरा सुनेपछि समाधान गर्न सहज हुने भएकाले छलफल आयोजना गरेको प्रस्ट पारे । प्रमुख कोइरालाले आफ्नो कार्यकालमा सम्भव भएसम्म सुकुम्बासीलाई व्यवस्थित गर्ने प्रतिबद्धता जनाए । उनले बिजुली, खानेपानी, विद्यालय, खेलकुद मैदान, स्वास्थ्यचौकीलगायतका आधारभूत सुविधासहितको एकीकृत वस्ती निर्माण गरेर सुकुम्बासीलाई व्यवस्थित गर्ने योजना रहेको सुनाए । “हामीले व्यवस्थित गर्ने कोसिस गरेका छौँ”, प्रमुख कोइरालाले भने, “घरसहित व्यवस्थित गर्ने योजना छ । यसमा तपाईंहरुको पनि स...