प्रेममा धोका पाएपछि मागी विवाह गरेका बलिउड सेलिब्रेटी
नेपाल अखबार, एजेन्सी । बलिउड उद्योगमा यस्ता कलाकारहरु छन् जो आफ्ना प्रेमसम्बन्धका कारण निकै चर्चामा छन् । उनीहरु प्रेमसम्बन्धका कारण मात्र होइन ब्रेकअप, विवाहलाई लिएर पनि निकै चर्चामा आए । यति मात्र होइन प्रेमसम्बन्ध टुटेपछि कतिपयको त विवाह पनि मागी भयो ।
यी हुन् ती कलाकारः
शाहिद कपूर
शाहिद कपूर र करीना कपूरको प्रेम सम्बन्ध निकै चर्चामा थियो । तर उनीहरुको ब्रेकअप भयो । ब्रेकअपपछि शाहिद कपूरले सन् २०१५ मा मीरा राजपूतसँग मागी विवाह गरे ।
विवेक ओबरोय
विश्व सुन्दरी ऐश्वर्या रायको कारण निकै चर्चामा रहे विवेक ओबरोय । ऐश्वर्यासँग प्रेमसम्बन्धपछि सलमानसँगको टकरावले झनै उनको चर्चा भयो । तर ऐश्वर्या र विवेकको सम्बन्ध टुट्यो । त्यसको धेरै वर्षपछि विवेकले प्रियंका अल्वासँग मागी विवाह गरे । प्रियंका कर्नाटक भारतीय नेता जीवाराज अल्वाकी छोरी हुन् ।
गोविन्दा
विवाहअघि थुप्रै अभिनेत्रीहरु नाम जोडि...
