जातको कथा : प्रेमका नाममा दलित युवामाथि कुटपिट
नेपाल अखबार, पोखरा । कथित उपल्लो जातकी केटीसँग प्रेम गरेको भन्दै पोखरामा दलित समुदायका एक युवा निर्र्घात कुटिएका छन् ।
आफ्नी छोरीसँग प्रेम गरेको भन्दै केटीका बाबुले गुण्डागर्दी शैलीमा ती युवालाई जङ्गलमा लगेर मरणासन्न हुने गरी कुटपिट गरेका हुन् । गोरखा घर भई पोखरामा पत्रकारिता गर्दै आएका प्रेम नेपाली (नाम परिर्वतन) ती युवतीसँग विगत तीन वर्षदेखि प्रेममा परेका थिए ।
नेपाली समाजमा पछिल्लो समय निकै फैलिएको यो प्रसङ्ग भने वास्तविक नभई पोखरामा हालै सुटिङ सकिएर एडिटिङका क्रममा रहेको लघु चलचित्र ‘जातको कथा’को हो । चलचित्रमा बाबुको भूमिकामा रहेका कलाकार नवराज गिरीकी कान्छी छोरीसँग दलित युवकको प्रेम रहेको देखाइको छ । त्यही कारणले सिर्जित द्वन्द्व नै चलचित्रको मुख्य विषयवस्तु हो ।
गिरीले आफ्नी छोरीसँग प्रेम गरेको भन्दै प्रहरीसँगको मिलेमतोमा कथित तल्लो जातको सो केटोलाई जङ्गलमा लगेर निर्घात कुटेका छन् ।...
