Sunday, August 2

राजनीति

३ वटा विधेयक अघि बढाउँदै प्रतिनिधिसभा
राजनीति, समाचार

३ वटा विधेयक अघि बढाउँदै प्रतिनिधिसभा

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाले आज तीनवटा विधेयक अघि बढाउँदैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयक ऐमा रुपान्तरित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिन्छ । यसअघि पछिल्लोपटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो । कार्य विधाजन नियमावली मार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन सरकारले नेपाल विशेष सेवा ऐन २०४२ मा संशोधन गर्न लागेको हो । यसअघि पटक-पटक राष्ट्रिय अनुसन्धान विभाग कहिले गृहमन्त्रालय त कहि...
कांग्रेस संस्थापनइतर समूह राष्ट्रिय भेलाको तयारीमा
राजनीति, समाचार

कांग्रेस संस्थापनइतर समूह राष्ट्रिय भेलाको तयारीमा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (सोमबार) १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट गत महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो । बैठक काठमाडौंको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बोलाइएको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा काठमाडौंमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूलाई बोलाइएको छ । गत शुक्रबार निवर्तमान कार्यबाहक सभापति खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो । बैठकपछि नेता मीन विश्वकर्माले सोमबार चुनदवीमा सम्पर्क कार्यालय सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिए...
बुवाको शोक समारोहमा पनि सार्वजनिक भएनन् इरानी सर्वोच्च नेता मोज्तबा खामेनी
राजनीति, विश्व, समाचार

बुवाको शोक समारोहमा पनि सार्वजनिक भएनन् इरानी सर्वोच्च नेता मोज्तबा खामेनी

नेपालअखबार,काठमाडौं ।  इरानका दिवंगत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको शोक यात्रा सुरू भएको छ। शनिबार राजधानी तेहरानस्थित इमाम खामेनी ग्रान्ड मुसल्लाहबाट साताव्यापी शोक यात्रा सुरू भएको हो। खामेनीलाई श्रद्धाञ्जली दिन तेहरानमा हजारौं मानिसहरू सहभागी थिए। श्रद्धाञ्जली कार्यक्रममै सहभागी हुन तेहरानमा एकै दिन २२ लाखभन्दा बढी मानिसहरुले रेल यात्रा गरेको इरानको अर्धसरकारी फार्स समाचार एजेन्सीले जनाएको छ। शोकयात्राको पहिलो दिन विदेशी पाहुनाहरू समेत खामेनीलाई श्रद्धाञ्जली दिन तेहरान पुगेका थिए। इराकका राष्ट्रपति निजार अमिदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ, टर्कीका उपराष्ट्रपति जेभदेत यिलमाजलगायत विभिन्न देशका उच्च अधिकारी शोक समारोहमा सहभागी भएका थिए। इरानको विदेश मन्त्रालयले दबाब र धम्कीका बाबजुद समारोहमा सहभागी भएका विदेशी पाहुनाप्रति आभार व्यक्त गर्दै उनीहरूले इतिहासको ...
प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो
राजनीति, समाचार

प्रधानमन्त्री बालेनलाई संसदमा आउन आङ्देम्बको निम्तो

नेपालअखबार, काठमाडौँ । प्रमुख विपक्षी नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई संसद्मा आउन आग्रह गरेका छन् । संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै संसद् आउन आग्रह गरेका हुन् । तर, आउनुअघि सभामुखलाई जानकारी दिन सुझाएका छन् । ‘तपाईं संसदमा आउनुपर्छ, संसद्को अवमूल्यन गर्न हुँदैन तर आउनुअघि सभामुखलाई चाहिँ जानकारी दिनुहोस्,’ आङ्देम्बेले शुक्रबारको संवैधानिक परिषद् बैठकमा आग्रह गरेको खुलेको छ । जवाफमा प्रधानमन्त्री बालेनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘जानकारी नगराई पनि जान मिल्दो रहेछ ।’ लगत्तै आङ्देम्बेले भने, ‘त्यसरी मिल्ने त सांसदलाई पो त । तपाईं त प्रधानमन्त्री हो नि । जतिखेल बोल्न मन लाग्यो त्यतिखेर कहाँ बोल्न मिल्छ ?’ गत १७ जेठमा प्रधानमन्त्री बालेन संसद् बैठकमा आकस्मिक रूपमा पुगेका थिए । सभामुख डोलप्रसाद अर्याललाई समे...
प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री
राजनीति, समाचार

प्रतिष्ठानका पदाधिकारी नियुक्तिलाई निष्पक्ष र पारदर्शी बनाउन विधेयक ल्याइएको हो : स्वास्थ्य मन्त्री

नेपालअखबार,काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीको छनोट, सिफारिस र नियुक्ति प्रक्रियालाई थप निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउन सरकारले केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक ल्याएको बताएकी छन्। राष्ट्रिय सभामा शनिबार स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएकी हुन्। नागरिकलाई सहज तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा रहेका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको कामकारबाहीलाई थप प्रभावकारी र सुदृढ बनाउन विधेयक आवश्यक परेको उनले स्पष्ट पारिन्। छलफलका क्रममा अधिकांश सांसदले विधेयकको सैद्धान्तिक पक्षभन्दा अध्यादेश जारी गर्ने प्रक्रियामाथि प्रश्न उठाएको उल्लेख गर्दै उनले आगामी दिनमा अध्यादेश ल्याउने सन्दर्भम...
कांग्रेसको समीक्षा- शासकीय सुधारको १०० बुँदे कार्यसूची कार्यान्वयनमा सरकार असफल
राजनीति, समाचार

कांग्रेसको समीक्षा- शासकीय सुधारको १०० बुँदे कार्यसूची कार्यान्वयनमा सरकार असफल

नेपालअखबार,काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ । संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा शनिबार दलको कार्यालय सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको निष्कर्ष निकालेको हो । बैठकले मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै सरकार आफ्नै प्रतिबद्धता पूरा गर्न असफल भएको विषयलाई पार्टीका तर्फबाट सशक्त रूपमा संसद्मा उठाउने निर्णय गरेको आङ्देम्बेको सचिवालयले जनाएको छ । ‘शासकीय सुधार सम्बन्धी १०० कार्यसूचीहरूको प्रभावकारी कार्यान्वयन नभएका विषयहरूलाई सशक्त रूपमा संसदमा उठाउने,’ निर्णयमा भनिएको छ, ‘सरकारका कार्यप्रगतिका नियमित अनुगमन गर्ने र सरक...
राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुँदै
राजनीति, समाचार

राष्ट्रियसभामा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुँदै

नेपालअखबार,काठमाडौं । राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो १:१५ बजे बस्ने बैठकमा राष्ट्रपति र प्रधानमन्त्री कार्यालयसहित विभिन्न मन्त्रालयको बजेटमाथि छलफल हुने कार्यसूची छ । संसद सचिवालयका अनुसार सुरुमा राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रिय सभामा टेबल गर्ने कार्यसूची छ । त्यसपछि विनियोजन विधेयक, २०८३ अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय तथा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथि समूहगत छलफल हुनेछ । यस्तै, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा राष्ट्रिय योजना आयोगको सचि...
श्रममन्त्री यादव भन्छन्- ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ
राजनीति, समाचार

श्रममन्त्री यादव भन्छन्- ढुक्क हुनुस्, हामी देश यसैपालि बनाउँछौँ

नेपालअखबार,काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले सरकारले नेपालमै आकर्षक रोजगारीको आधार निर्माण गर्न लागेको बताएका छन् । मन्त्रालयमा बिहीबार आयोजित सम्मान कार्यक्रममा उनले नेपालको श्रम बजारलाई सीपयुक्त, सम्मानजनक र आकर्षक रोजगारीको अवसर सिर्जना गर्ने दिशामा सरकारले काम गरिरहेको बताएका हुन् । विदेश जाने युवाले पनि सीप, प्रविधि र ज्ञान आर्जन गरी थप सक्षम भएर स्वदेश फर्किने वातावरण तयार पारिने उनले बताए । सरकारले आन्तरिक रोजगारी प्रवर्द्धनसँगै वैदेशिक रोजगारीलाई सुरक्षित, सीपमुखी र उत्पादनमुखी बनाउने नीति अवलम्वन गरेको उनको भनाइ छ । उनले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई उद्यमशीलतामार्फत स्वदेशमै स्थापित गर्ने सरकारको नीति रहेको बताए । विदेशबाट फर्किएका उद्यमीहरू अन्य श्रमिकका लागि प्रेरणाको स्रोत भएको उनको भनाइ छ । उनले रास्वपा नेतृत्वको सरकारले पाँच वर्षभित्...
यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
राजनीति, समाचार

यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू

नेपालअखबार,काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने निर्णय गरेको हो । बैठकका निर्णयहरू सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले विशिष्ट संरचना सञ्चालन तथा व्यवस्थापन विकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा धर्मराज खड्का धनकुटालाई नियुक्त गर्ने निर्णय गरेको बताए । सरकारले कमैया श्रम निषेध गर्ने सम्बन्धी पहिलो संशोधन नियमावली, २०८३ स्वीकृत गरेको छ । यसैगरी शिक्षा १०औं संशोधन नियमावली, २०८३ स्वीकृत गर्ने, गोरखापत्र संस्थानको महाप्रवन्धक पदमा कैलालीका हिक्मतबहादुर रावललाई नियुक्त गरेको छ । सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदमा मोरङका देवराज ढुंगानालाई नियुक्त गर्ने...
प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित
राजनीति, समाचार

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरण विधेयक पारित

नेपालअखबार, काठमाडौं । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ लाई पारित गरियोस्’ भनी प्रस्ताव गरेका थिए। बैठकले उक्त प्रस्तावलाई बहुमतले पारित गरेको हो । त्यसअघि बैठकमा उक्त विधेयकमाथि प्राप्त संशोधनहरुमाथि छलफल भइ निणयार्थ प्रस्तुत गरिएको थियो । संशोधनहरु माथि भएको छलफलका प्रश्नको जवाफ दिँदै मन्त्री वाग्लेले सम्पत्ति शुद्धीकरण विभागलाई थप प्रभावकारी बनाउन सरकार गम्भीर रहेको बताए । उनले सम्पत्ति शुद्धीकरण मात्र नभई आर्थिक अपराधविरुद्ध अख्तियार जस्तै शक्तिशाली ’आर्थिक अपराध प्राधिकरण’ बनाउने बिषयमा समेत छलफल गर्ने तयारी भइरहेको बताए । एउटै स्रोतबाट सिर्जना भएको विषयमा फरक–फरक निकायले अनुसन्धा...