Sunday, August 2

राजनीति

गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म
राजनीति, समाचार

गेटामा शिक्षण अस्पताल सञ्चालन गर्न स्वीकृतिदेखि प्राधिकरणमा नियुक्तिसम्म

नेपालअखबार,  काठमाडौँ । सरकारले गेटा अस्पताल कैलालीलाई सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ । त्यस्तै काठमाडौँ उपत्यका विकास प्राधिकरणको आयुक्त पदमा सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणको आयुक्त पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । बैठकले विदेशी शैक्षिक कार्यक्रम नियमन गर्न नियमावली २०८३ स्वीकृत गर्ने, शैक्षिक परामर्श भाषा शिक्षण तयारी कक्षा सञ्चालन र व्यवस्थापन नियमावली स्वीकृत गर्ने निर्णय गरेको छ । त्यस्तै कारागार नियमावली,मानवअधिकारसम्बन्धी छैठाैँ राष्ट्रिय कार्ययोजना र भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति स्वीकृत गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले गोविन्दबहादुर कार्कीलाई मुख्य सचिवमा नियुक्त ...
निजी क्षेत्रका प्रतिनिधिहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री बालेन शाह
राजनीति, समाचार

निजी क्षेत्रका प्रतिनिधिहरूसँग आज छलफल गर्दै प्रधानमन्त्री बालेन शाह

नेपालअखबार, काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन्। प्रधानमन्त्री शाहले आज निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्न लागेका हुन्। गत चैत १३ गते प्रधानमन्त्री बनेका शाहले अहिलेसम्म निजी क्षेत्रका प्रतिनिधिसँग कुराकानी गरेका थिएनन्। शाह प्रधानमन्त्री बनेपछि पहिलो पटक निजी क्षेत्रका प्रतिनिधिहरूलाई छलफलका लागि बोलाइएको हो। नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रतिनिधिलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बोलाइएको हो। व्यवसायीहरूका अनुसार प्रधानमन्त्रीसँग छलफलका लागि खबर आएको छ। नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले प्रधानमन्त्रीले निजी क्षेत्रको कुरा सुन्नको लागि छलफल बोलाएको बताए। ‘छलफलका लागि खबर आएको छ, हामी त्यसमा जाने तयारीमा छौं,’ उनले भने। यसअघि प्रधानमन्त्री शाहका ...
अमेरिकाले इरानमा मिसाइल हान्यो, इरानले मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा
राजनीति, विश्व, समाचार

अमेरिकाले इरानमा मिसाइल हान्यो, इरानले मध्यपूर्वका अमेरिकी सैन्य अड्डामा

नेपालअखबार, काठमाडौँ । अमेरिका र इरानबीच फेरि हानाहान भएको छ। अमेरिकाले इरानी सैन्य लक्ष्यमा मिसाइल प्रहार गरेपछि इरानले मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अड्डामा लक्ष्य गरेर हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। स्ट्रेट अफ हर्मुजमा व्यावसायिक जहाजमाथि आक्रमण गरेको आरोप लगाउँदै अमेरिकाले बुधबार बिहान इरानका विभिन्न स्थानमा हवाई हमला गरेको थियो। त्यसको जवाफमा इरानले बहराइन र कुवेतस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै मिसाइल प्रहार गरेको जनाएको छ। अमेरिकी समाचार संस्था एपीका अनुसार दुई पक्षले अन्तिम शान्ति सम्झौताका लागि छलफल गर्ने तयारी भइरहँदा फेरि हानाहान हुनुले युद्धविराम धरापमा परेको आकलन गरेको छ। इरानका दिवंगत सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि सम्पन्न भएपछि हर्मुज जलडमरूमध्य पूर्ण रूपमा खुलाउने र इरानको आणविक कार्यक्रमबारे अन्त...
सभामुख डोलप्रसाद अर्यालले कोट र लोगो नलगाउने सांसदहरूलाई प्रतिनिधि सभाको रोष्ट्रम प्रयोग गर्न नदिने
राजनीति, समाचार

सभामुख डोलप्रसाद अर्यालले कोट र लोगो नलगाउने सांसदहरूलाई प्रतिनिधि सभाको रोष्ट्रम प्रयोग गर्न नदिने

नेपालअखबार, काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले कोट र लोगो नलगाउने सांसदहरूलाई प्रतिनिधि सभाको रोष्ट्रम प्रयोग गर्न नदिने बताएका छन्। प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिमा सभामुख अर्यालले सांसदहरू अर्मादित ढंगले प्रस्तुत भएको उल्लेख गर्दै दलका प्रमुख सचेतक र सचेतकहरूलाई कडाइ गर्न निर्देशन दिएका हुन्। 'कोही सांसद कोट फुकालेर कुर्सीमा झुण्ड्याउनुहुन्छ,' सभामुख अर्यालले बैठकमा भनेका थिए, 'कोही कोट र लोगो लगाउनुहुन्न। अबदेखि सांस्कृतिक पहिरन नलगाउने वा कोट नलगाउनेलाई रोष्ट्रममा जान दिन्नँ।' प्रतिनिधि सभा नियमावलीले सांसदहरूले मर्यादित पोशाक लगाउनुपर्ने व्यवस्था गरेको छ। साथै पोशाक कार्यव्यवस्था परामर्श समितिको सुझावमा सभामुखले तोक्न सक्ने भनेको छ। सांसदहरूले सांस्कृतिक पहिरन लगाएर भने बैठकमा भाग लिन पाउँछन्। सभामुख अर्यालले सांसदहरूलाई बैठक चलिरहँदा बाहिर भित्र नगर्न सचेत ...
चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो
राजनीति, समाचार

चार विधेयक दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयो

नेपालअखबार, काठमाडौं । चार वटा विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइएको छ। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त चार विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो। प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरिन्। त्यसैगरी, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सम्पती शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’ लाई दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गरे। भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री नि...
अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध
राजनीति, समाचार

अन्तर्राष्ट्रिय समितिको बैठकमा पत्रकारलाई निषेध

नेपालअखबार,काठमाडौँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पत्रकारलाई निषेध गरिएको छ । सिंहदरबार स्थित समितिको कार्यालयमा बसेको बैठकमा पत्रकारलाई प्रवेश नदिइएको हो । परराष्ट्र मन्त्रीको भारत र चीन भ्रमणका साथै अन्य समसामयिक विषयहरूमा समितिलाई जानकारी गराइने कार्यसूची रहेको छ। बैठकमा परराष्ट्र मन्त्री शिशिर खनाल र परराष्ट्र सचिव अमृतबहादुर राईलाई आमन्त्रण गरिएको छ।...
टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतले पाए सफाइ
राजनीति, समाचार

टेरामक्स प्रकरणमा मोहनबहादुर बस्नेतले पाए सफाइ

नेपालअखबार, काठमाडौं । विशेष अदालतले नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिदमा पूर्वसञ्चारमन्त्री एवम् कांग्रेस नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ । न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले बस्नेतलाई सफाइ दिए पनि अरु केही आरोपितहरूलाई दोषी ठहर गरेको छ । विशेष अदालतले अरु आरोपितहरू प्राधिकरणका तत्कालीन अध्यक्ष दीगम्बर झा, सदस्यहरू धनराज ज्ञवाली र टीका उप्रेतीलाई दोषी ठहर गरेको छ । उनीहरूलाई ६ महिना कैद र ५० हजार रुपैयाँका दरले जरिबाना हुने ठहर गरेको छ ।विशेष अदालतले उनीहरूलाई बिगो कायम गर्न नमिल्ने भन्दै जरिबानामात्रै ठहर गरेको हो । अदालतले झालाघई थप ६ महिना कैद सजाय सुनाएको छ । उनी नेपाल विद्युत प्राधिकरणको अध्यक्ष भएकोले थप सजायको राय तयार पारेको हो ।...
५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछ- मन्त्री रावल
राजनीति, समाचार

५०० दिनभित्र भूमिहीन र सुकुम्बासी समस्या समाधान गरिनेछ- मन्त्री रावल

नेपालअखबार,काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्यालाई ५०० दिनभित्र चरणबद्ध रूपमा समाधान गर्ने नीति सरकारले अवलम्बन गरेको बताएकी छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि सांसदहरूले उठाएका प्रश्नको जबाफ दिँदै मन्त्री रावलले भूमि समस्यालाई सामाजिक न्यायसँग जोडेर प्राथमिकताका साथ सम्बोधन गरिने प्रतिबद्धता व्यक्त गरिन्। काठमाडौं उपत्यकाका विभिन्न स्थान र नदी किनाराबाट हटाइएका तथा हाल होल्डिङ सेन्टरमा रहेका सुकुम्बासी परिवारहरूको दीर्घकालीन पुनर्स्थापनाका लागि सरकार संवेदनशील रहेको मन्त्री रावलले उल्लेख गरिन्। उनका अनुसार तत्कालको राहत स्वरूप प्रतिपरिवार २५ हजार रुपैयाँ र तीन महिनाको घरभाडा स्वरूप मासिक १५ हजार रुपैयाँ उपलब्ध गराई उनीहरूलाई नियमित जीवनमा फर्काउने सरकारको उद्...
३ वटा विधेयक अघि बढाउँदै प्रतिनिधिसभा
राजनीति, समाचार

३ वटा विधेयक अघि बढाउँदै प्रतिनिधिसभा

नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाले आज तीनवटा विधेयक अघि बढाउँदैछ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले ‘नेपाल विशेष सेवा ऐन २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक २०८३’ प्रस्तुत गर्ने कार्यसूची छ । यो विधेयक ऐमा रुपान्तरित भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको गुप्तचरलाई कानुनमा समेटिन्छ । यसअघि पछिल्लोपटक नेपाल सरकार कार्य विधाजन नियमावली २०८३ मार्फत गृह मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको थियो । कार्य विधाजन नियमावली मार्फत गरिएको संशोधनलाई कानुनी मान्यता दिन सरकारले नेपाल विशेष सेवा ऐन २०४२ मा संशोधन गर्न लागेको हो । यसअघि पटक-पटक राष्ट्रिय अनुसन्धान विभाग कहिले गृहमन्त्रालय त कहि...
कांग्रेस संस्थापनइतर समूह राष्ट्रिय भेलाको तयारीमा
राजनीति, समाचार

कांग्रेस संस्थापनइतर समूह राष्ट्रिय भेलाको तयारीमा

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आज (सोमबार) १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । इतर समूहले निवर्तमान सभापति शेरबहादुर देउवाको प्यानलबाट गत महाधिवेशनमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएको हो । बैठक काठमाडौंको चुनदेवीमा खोलिएको सम्पर्क कार्यालयमा दिउँसो १ बजे बोलाइएको निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार बैठकमा काठमाडौंमा उपलब्ध खड्काले नेतृत्व गरेको समूहमा रहेका पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूलाई बोलाइएको छ । गत शुक्रबार निवर्तमान कार्यबाहक सभापति खड्काको गल्फुटारस्थित निवासमा बसेको शीर्ष नेताहरूको छलफलमा बैठक बोलाउने निर्णय भएको थियो । बैठकपछि नेता मीन विश्वकर्माले सोमबार चुनदवीमा सम्पर्क कार्यालय सञ्चालनमा आउने र बैठक पनि बस्ने जानकारी दिए...