दसैं–तिहारलगत्तै सरकारको प्रतिक्रान्तिकारी षड्यन्त्रका विरूद्ध सडकमा उत्रिन्छौं- प्रचण्ड
नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले दसैं, तिहारलगत्तै सरकारविरूद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।
शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्।
उनले कथाकथित नयाँ भनिएको सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप पनि लगाए।
उनले सरकारका गतिविधि तथा कार्यशैलीविरूद्ध प्रतिपक्षी दलहरूलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको पनि बताए।
उनले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरूद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको बताए।
उनले सरकारका गतिविधि र कार्यशैलीका कारण जनता रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताए।
उनले पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरूको ए...









