गौरमा भएको पछिल्लोतनावप्रति चिन्ता व्यक्त गर्दै सद्भाव कायम गर्न अपिल:
नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले गौरमा भएको पछिल्लो तनावप्रति चिन्ता व्यक्त गर्दै सद्भाव कायम गर्न अपिल गरेका छन् । शनिबार पत्रकारसँग कुराकानी गर्दै सहसंयोजक नेपालले हिन्दु र मुस्लिम दुवै समुदाय एक अर्काका परिपूरक रहेको टिप्पणी गर्दै संयमता अपनाउन दुवै समुदायलाई आग्रह गरेका हुन् ।
‘हिन्दु होस् वा मुस्लिम, जुनसुकै पनि परिवारको जीवन र सुरक्षा जोखिममा पर्नु हुँदैन,’ नेपालले भने, ‘यस्तो अवस्था कुनै पनि हालतमा स्वीकार्य छैन । म दुवै समुदायलाई संयमता राख्न आग्रह गर्न चाहन्छु ।’
नेपाल रौतहट-१ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार पनि छन् । सोही क्षेत्रबाट उनी लामो समयदेखि संघीय संसद्मा प्रतिनिधित्व पनि गर्दै आएका नेता हुन् ।
सहसंयोजक नेपालले सदियौँदेखि मिलेर बसेका दुवै समुदाय अझ पनि मिलेरै जानुपर्ने बताए । ‘दुवै समुद...










