Tuesday, August 11

राजनीति

माओवादीले  पार्टी एकताबारे निर्णय लिन बोलायो सचिवालय बैठक
राजनीति, समाचार

माओवादीले पार्टी एकताबारे निर्णय लिन बोलायो सचिवालय बैठक

नेपालअखबार,काठमाडौँ । पार्टी एकताबारे निर्णय लिन नेकपा माओवादी केन्द्रले महाधिवेशन आयोजक समितिको सचिवालय बैठक बोलाएको छ । दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ । बैठकमा नेकपा एकीकृत समाजवादी, नेपाल समाजवादी लगायत पार्टीसँग, एकता, पदीय व्यवस्थापन, मोडिलाटी लगायत विषयमा छलफल हुने नेता देवेन्द्र पौडेलले जानकारी दिए । शुक्रबार सम्पन्न एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले माओवादीसँग एकता गर्ने निर्णय गरेको थियो ।...
कांग्रेस पदाधिकारी बैठक बस्दै
राजनीति, समाचार

कांग्रेस पदाधिकारी बैठक बस्दै

नेपालअखबार,काठमाडौं । नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। महाधिवेशनको तिथि-मितिबारे जारी अन्यौलताका बीच कांग्रेसको पदाधिकारी बैठक बस्न लागेको हो। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पदाधिकारी बैठक बोलाइएको र सुरू हुनै लागेको जानकारी दिए । यसअघि शुक्रबार कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।पार्टीमा महाधिवेशनको तिथि-मितिबारे सहमति जटाउन भन्दै कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठक स्थगित गरेका थिए । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।...
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले अर्को पार्टी बनाउने
राजनीति, विचार, समाचार

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता खनालले अर्को पार्टी बनाउने

नेपालअखबार,काठमाडौँ ।  नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले अर्को पार्टी बनाउने बताएका छन्। केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्रसहित समाजवादी मोर्चा घटक दलसँग एकता गर्ने निर्णय गरेपछि सम्मानित नेता खनालले समयले एकीकृत समाजवादी पुनः गठनको माग गरेको बताएका हुन्। 'अब हामी अर्को पार्टी बनाउँछौं। यसको स्वरूप कस्तो हुन्छ, त्यो अहिले नै तय भएको छैन। तर पार्टी पुनः गठन गर्छौं नै,' उनले भने। क्रान्तिकारी चेतना र जागरणसहितको पार्टी बनाउने पनि उनले बताए। अध्यक्ष माधवकुमार नेपालले एकता प्रस्ताव अनुमोदनका लागि आग्रह गरेलगत्तै आफूले बोल्न खोज्दा समय उपलब्ध नगराइएको उनले बताए। 'यस्तो तानाशाही तरिकाले पार्टी चल्दैन। क्रान्तिकारी पार्टी निर्माण गर्ने अवसर आएको छ। हामी त्यो कार्यभार पूरा गर्छौं,' उनले भने। शुक्रबार सकिएको केन्द्रीय कमिटी बैठकले माओवादी केन्द्र, महिन्द्रराय ...
नेकपा एकीकृत समाजवादीले एकताको गर्ने : अध्यक्ष नेपाल
राजनीति, विचार, समाचार

नेकपा एकीकृत समाजवादीले एकताको गर्ने : अध्यक्ष नेपाल

नेपालअखबार,काठमाडौँ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले माओवादी केन्द्र र महिन्द्र राय यादव नेतृत्वको नेसपासँगको एकतालाई अनुमोदन गरेको छ । बुधवारदेखि धुम्बाराहीमा जारी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठकको निष्कर्ष सुनाउँदै पार्टी अध्यक्ष नेपालले एकता प्रस्ताव सर्वसम्मतले अनुमोदन भएको सुनाएका हुन् । यद्यपि, बैठकमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीसहित ६० भन्दा बढी नेताले पार्टी पुनर्गठन र एकताविरुद्ध धारणा राखेका थिए ।...
एमालेमा ६ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने
राजनीति, समाचार

एमालेमा ६ लाख ६० हजार सदस्यबाट प्रतिनिधि चयन हुने

नेपालअखबार,काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि छ लाख ६० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि चयन हुनेछन् । एमाले सङ्गठन विभाग प्रमुख काशीनाथ अधिकारीले महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने ती सङ्गठित सदस्यले २०८२ चैत मसान्तसम्म सदस्यता नवीकरण गरिसकेको बताए। उनले भने, ‘हामीले सबै सङ्गठित सदस्यको प्रमाणीकरण गर्ने काम अन्तिम चरणमा पुर्‍याएका छौँ । करिब छ लाख ६० हजार सङ्गठित सदस्यबाट नै प्रतिनिधि छनोट हुनेछन्।’ भोलि बस्ने सचिवालय बैठकले सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गर्ने मापदण्ड बनाउने विभाग प्रमुख अधिकारीले जानकारी दिए । यसअघि पार्टीको १०औँ महाधिवेशनका लागि आठ लाख ५० हजार सङ्गठित सदस्यबाट प्रतिनिधि छनोट गरिएका थिए। एमालेको १ औ महाधिवेशन आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा तोकिएको छ।...
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने
राजनीति, समाचार

राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाने

नेपालअखबार,काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुने भएका छन् । कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी सम्मेलनमा सहभागी हुन लागेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए । सो औपचारिक भ्रमणका लागि उनी यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गर्ने उनले बताए । राष्ट्रपति पौडेलले सम्मेलनको मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्नेछन् । संयुक्त राष्ट्रसङ्घको महासभाको निर्णयअनुसार हुन लागेको उक्त सम्मेलन सदस्य राष्ट्रका लागि धेरै महत्त्वपूर्ण हुने विश्वास लिइएको छ । भ्रमणबारेमा जानकारी दिन आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सो दोस्रो सम्मेलनको महत्त्व ...
बेलायती राजकुमार एन्ड्रयूको शाही पद खोस्ने प्रक्रिया सुरु
राजनीति, विश्व, समाचार

बेलायती राजकुमार एन्ड्रयूको शाही पद खोस्ने प्रक्रिया सुरु

नेपालअखबार, लन्डन । बेलायतका राजा चार्ल्सका भाइ राजकुमार एन्ड्रयूलाई राजकुमारको उपाधिबाट वञ्चित गर्ने प्रक्रिया सुरु गरिएको छ । योसँगै उनलाई विन्डसरको रोयल लजबाट हटाइने भएको छ । बकिङ्घम दरबारले बिहीबार राति यससम्बन्धी एउटा विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिका अनुसार राजा चार्ल्सले एन्ड्रयूका सबै शाही पद, उपाधि र सम्मान औपचारिक रूपमा हटाउने प्रक्रिया सुरु गरेका छन् । एन्ड्रयूले यो महिनाको सुरुमा ड्यूक अफ यर्क समेतका सबै शाही पद छाडेका थिए । अमेरिकी व्यापारी जेफ्री एप्स्टिन प्रकरणसँग उनको नाम जोडिएपछि उनी विवादमा आएका थिए । यसैबिच चार्ल्सले यो कदम चालेका हुन् । यस महिनाको सुरुमा प्रकाशित भएको भर्जिनिया गिफ्रेको मरणोपरान्त संस्मरणमा उनले किशोरावस्थामै हुँदा आफूले राजकुमार एन्ड्रयूसँग अलग–अलग तीन अवसरमा यौनसम्पर्क गरेको आरोप दोहोर्‍याएकी थिइन् । एन्ड्रयूले सधैँ ती दाबीहरूलाई अस्वीकार ...
सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतले गरे भेट
राजनीति, समाचार

सञ्चारमन्त्री खरेलसँग भारतीय राजदूतले गरे भेट

नेपालअखबार,काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा आज भएको भेटमा दुई देशबीचको सम्बन्ध, सहकार्य, वर्तमान अवस्थाका विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । भेटमा सञ्चारमन्त्री खरेलले नेपाल र भारतबीच रहेको ऐतिहासिक सम्बन्ध, नेपालमा भारतको सहयोगमा सञ्चालित विकास आयोजनालगायत विभिन्न कालखण्डमा नेपालको सामाजिक तथा राजनीतिक विकासमा भारतबाट सहयोग एवम् सद्भावको सराहना गरे। मन्त्री खरेलले नेपालको विद्यमान परिस्थितिका बारेमा उल्लेख गर्दै स्वतन्त्र तथा निष्पक्ष रुपमा निर्वाचनलाई सम्पन्न गर्ने, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन नै सरकारको प्रमुख प्राथमिकतामा रहेको बताए। सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री खरेलले तोकिएको मितिमा नै निर्वाचन गराउनका लागि सरकारले राजनीतिक ...
एकीकृत समाजवादी बैठक : प्रतिनिधिमूलक बोल्ने पालो सकियो
राजनीति, समाचार

एकीकृत समाजवादी बैठक : प्रतिनिधिमूलक बोल्ने पालो सकियो

नेपालअखबार,काठमाडौं । नेकपा एकीकृत समाजवादीको दोस्रो दिनको बैठक जारी छ । दोस्रो दिन शीर्ष नेताहरुले प्रतिनिधिमूलक रुपमा बोल्ने क्रम सकिएसँगै केन्द्रीय सदस्यहरु बोल्न थालेका छन् । बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीतिक प्रतिवेदन र पार्टी एकताबारे भइरहेको प्रगति विवरणमाथि केन्द्रित रहेर सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, वरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष जगन्नाथ खतिवडाले धारणा राखेका छन् । धारणा राख्ने क्रममा नेता हमालले एकता वार्ताका क्रममा तीनवटा कुरालाई प्रधानताका साथ उठाएर माओवादीसँग वार्ता भइरहेको जानकारी गराएको एक केन्द्रीय सदस्यले बताए । ‘समाजवादी क्रान्तिको बाटो र शान्तिपूर्ण क्रान्तिको बाटोमा जान माओवादी र हाम्रो पार्टीबिच सिद्धान्तत: सहमति जुटेको छ’, हमालले बैठकमा गराएको जानकारी दिँदै ती नेताले भने, ‘दोस्रो सम...
मन्त्रिपरिषद् बैठकका ११ निर्णय यस्ता छन्
राजनीति, समाचार

मन्त्रिपरिषद् बैठकका ११ निर्णय यस्ता छन्

नेपालअखबार,काठमाडौं । मन्त्रिपरिषद्ले पछिल्लो पटक गरेको निर्णयहरू सार्वजनिक गरिएको छ । हिजो (बुधबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक बसेको थियो । उक्त बैठकका निर्णय सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयमा बिहीबार एक पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो । सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलका अनुसार, गृह मन्त्रालयको सिफारिसमा मंसिर ८ देखि ११ गतेसम्म मोरक्कोमा हुने ९३ औँ इन्टरपोल महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीलाई स्वीकृति दिने निर्णय भएको छ । उनका अनुसार बैठकले राष्ट्रिय सभा सदस्यको रिक्त पद पूर्तिका लागि २०८२ माघ ११ गते आइतबारका लागि निर्वाचनको मिति तोकेको पनि जानकारी गराए । विभिन्न सरकारी निकायका सेवाहरूलाई प्रचलित कानूनले तोकेको सुरक्षा मापदण्ड पूरा गरेको प्रमाणित गरी विद्युतीय प्रणालीमार्फत राष्ट्रिय परिच...